© २०२३
२७ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश नम्बर ५ को आयोजानमा बुटवलमा पनि मनाईने भएको छ । आज ९सोमबार० बुटवलको राजमार्ग चौराह बाट अपाङ्गता भएका व्याक्ति, संघ संस्थाहरूको सहभागीतामा ¥याली आयोजना गरी राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नम्बर ५ को कार्यालय नयाँ बसपार्क अगाडि आएर कोण सभा आयोजना गरिने भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश ५ समितिले आईतबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी २७ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस को तयारी पुरा भएको जनाएको हो ।
प्रदेश अध्यक्ष देवी दत्त अचार्यले प्रदेश ५ मा हाल डेढ लाख अपाङ्गता भएका व्यक्तिहरू रहेको जानकारी दिँदै अपाङ्गता अधिकारको लागि सदैभ लडाइँ लड्ने गरिएको बताएका थिए ।
पत्रकार सम्मेलनमा प्रदेश सचिव हुमनाथ अधिकारीले सबैको साझा पहलबाट नै अपाङ्गता अधिकार सुनिश्चित हुने भन्दै यसमा साथ दिनको लागि आग्रह गरे । यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ रूपन्देहीका सह सचिव विनोद परियार, राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश ५ सदस्य सावित्र घिमिरे लगायतले बालेका थिए । नेपालमा यो दिवस सन १९९३ देखि मनाउन थालिएको हो जुन हरेक वर्ष नेपाल सरकारको नेतृत्वमा सबै सरोकारवालाहरूको सहभागितामा विभिन्न कार्यक्रमहरू गरि मनाउने गरिन्छ ।