© २०२३
आफु जन्मेको स्थल धेरैले बिर्सन्छन । तर, इतिहासको खलपात्रका रूपमा उभ्याइएका र अमीट नाम खोपेका जंगबहादुर राणाले प्रधानमन्त्री भएपछि आफु जन्मेको ठाउ“लाई दरबारै बनाए । कलात्मक रूपमा निर्माण गरिएको बीसखुट्टे दरवार नेपालमै नौलो मानिन्छ । राणाशासन रहदासम्म रेखदेर र संरक्षण पायो । त्यसपछि बेसारिसे छ । जिल्लाका विभिन्न कार्यक्रममा दरबारलाई संरक्षण गरी पर्यटकीय स्थल बनाउने कुरा बारम्बार उठने गरेपनि मर्मत संभार गरी जोगाउनतर्फ कसैले पाइला चालेको छैन ।
जंगबहादुरका वावु बालनरसिंह आर्मी अफिसर थिए । उनी बारुदखाना प्युठानको प्रमुख थिए । १८६० को दसकमा जुम्लाको सिंजा प्रान्तमा गुठीको जग्गा विवाद बढयो । समाधान गर्न बालनरसिंहलाई जुम्ला खटाइयो । उनी श्रीमती लिएर गए । पत्नि त्यही गर्भवती भइन । त्यो समय गर्भवती भएपछि माइती घर जाने चलन थियो । उनी तत्कालिन प्रधानमन्त्री भीमसेन थापाकी बहिनी थिएन । जुम्लाबाट माइतीघर गोरखा जाने क्रममा अर्घाखा“चीको वांगलाको मथुरा जंगलमा विरामी परिन । १८७४ मा जंगबहादुर सात महिनामै जन्मिए । चौपारीमै बास बसेपछि मथुराका पाण्डे थरका स्थानीयले स्याहार सुसार गरी पारिपट्टीको बल्कोट चौपारीमा लगेर विधिपूर्वक बल्कोटका खनाल थरका ब्राहमणहरूले न्वारन गराएर बालकको नाम वीरनरसिंह राखेको बल्कोटका संस्कृतको अध्ययन गरिरहेका नारायण भट्टराइको भनाई छ । पछि दरिली भएपछि छोरालाई लिएर आमा रिडी, स्याङजा, पोखरा लमजुङको बेशीसहर हु“दै माइती गोरखा पुगेकी थिइन । पछि वीरनरसिंह जंगे स्वभावका भएकाले उनको नाम जंगबहादुर रहेको उनको भनाई छ ।
वांगलाका स्थानीय एवं जिल्ला समन्यव समिति प्रमुख पाका उमेरका पिताम्बर शर्माका अनुसार जंगबहादुर कालान्तरमा मुलुकको प्रधानमन्त्री बनेपछि आफना जेठान सहनसिंह कर्नेललाई मथुरामा पठाए र आमाको सम्झनामा मथुरा लामपाटीमा बीसखुट्टे दरबार निर्माण गराए । आमा बास बसेका स्थान बल्कोटमा पौवा, पोखराको दर्शनढुंगामा पौवा, लमजुङको बेशीसहरमा ढुंगे गुफा नजिकै रानीपोखरी पौवा निर्मँण गराए । सबै पौवामा कलात्मक एउटै डिजाइन भएपनि आफु जन्मिएको मथुरामा बीसखुट्टे दरवार बनाएको विभिन्न ग्रन्थहरूमा उल्लेख छ ।
उनले काठमाडौ, ललितपुर, पनौती लगायतका स्थानमा पौवा र दरबार बनाए । तर, मथुरामा बीसखुट्टे दरबार भएको प्रवचनमा योगी नरहरिनाथले समेत उल्लेख गरेका थिए ।
‘नेपाली राजनीतिमा जंगबहादुरको चर्चा हुन्छ, उनी जन्मेपछि बनाएको दरवार अहिले जीर्ण छ,’ प्रमुख शर्माले भने, ‘यो इतिहासलाई संरक्षण गर्नुपर्छ । भावी पुस्ताले पनि अध्ययन गर्ने थालो होस ।’ दरबार नजिकै मथुराधाम मन्दिर पनि छ । यहा“ पिकनिक मनाउने आउने गर्छन । ‘यो पर्यटकीय स्थल हो,’ उनले भने, ‘लामपाटी दरवार र बल्कोट पौवालाई संरक्षण गरी पर्यटकीय गन्तव्य बनाउनुपर्छ । राजनीतिप्रति चासो राख्नेले जंगबहादुरलाई स्मरण गर्छन ।’
मथुरा सन्धिखर्क नगरपालिका र बल्कोट पौवा छत्रदेव गाउ“पालिकामा पर्छ । राजा रणबहादुर शाहलाई हत्या गर्ने शेरबहादुर शाहलाई तत्कालै काटेर मार्ने बालनरसिंहका छोरा जंगबहादुर कुस्ती खेल्ने, बन्दुक चलाउने, धुन बजाउने, घोडा सवार गर्ने र राजा राजेन्द्रविक्रम शाह सिकार खेल्न जा“दा जिउ“दो हात्ती समातेर चर्चामा आएका थिए ।
शक्तिशाली मानिने भारदारहरू र तत्कालिन राजाको शक्तिलाई निस्तेज पारी आफुलाई ‘श्री ३ महाराज’ घोषणा गरी आफनै वंशमा राज्यको शासन व्यवस्था सीमित गराउने जंगबहादुर वि.स. १९३४ मा देहान्त भएपछि उनको जन्मस्थलको सम्झनामा निर्मँण गरिएको घरमा अहिले कोही बस्दैनन । स्थानीय गाउ“लेले घा“स, दाउरा राख्ने गर्छन । भवन, गारो जीर्ण बन्दै गएपछि ऐतिहासिक दरवारको अस्तित्व गुम्ने संभावना छ । २००८ सालभन्दा अगाडी दरबार नजिकै पोखरी र थुप्रै जमिन थियो । अहिले जग्गा छैन । राजा महेन्द्रले जिल्ला भ्रमणमा आउ“दा उक्त दरवारमा रात बिताएका थिए । जंगबहादुरकै पालामा विस १९१०। १९११ र १९१३ मा हस्तलिखित जनगणना भएको थियो । त्यतिबेला पाटन दरवार क्षेत्र, भत्तपुर दरवार क्षेत्र र काठमाडौ लगायत ३३ जिल्लाको जनसंख्याको विवरण संकलन भएको थियो ।
ऐतिहासिक लामपाटी दरवार र बल्कोट पौवा संरक्षण अभावमा जीर्ण बन्दै गएको वांगलाका स्थानीय ऋिषव अधिकारीले बताए । ऐतिहासिक संरचना लोप हुन दिनु ह“ुदैन, उनले भने ।
कलात्मक बल्कोट पौवामा केही समय अघिसम्म मन्दिरको संरक्षण गर्ने, फुलपाती टिप्ने, लिपपोत गर्ने र दैनिक विहान बेलुका बाजा बजाउने व्यवस्था थियो । अहिले पुजाआजा भएपछि बाजा बजाउने कार्य हटेको छत्रदेव गापा– २ का वडाध्यक्ष राजेश पंथीले बताए । पौवालाई संरक्षण गर्न बजेट विनियोजन गरिएको उनले बताए । कलात्मक पौवाका काठमा यौन अंग र विभिन्न यौन आसन देखाइएको थियो । निर्माण गरेका कालीगढका हात राणाकै पालामा काटिएको स्थानीय बुढापाका बताउ“छन ।
सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार विकले जंगबहादुर जन्मेको दरबारलाई संरक्षण गर्न अध्ययन गरी डिपीआर तयार पार्न लागिएको बताए । ‘संरक्षण गरी पर्यटकीय स्थल बनाउन योजना बनाउ“दैछौं,’ उनले भने, ‘दरबारलाई मर्मत संभार गर्ने र जंगबहादुरको जन्मे देखि प्रधानमन्त्री भएसम्मका क्रियाकलाप एवं मृत्युसम्मका इतिहास उतारेर राख्छौं ।’
à