ट्रेंडिंग:

>> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन

ग्रील तथा स्टिल व्यवसायीलाई अनावश्यक दुःख नदिन प्रहरीसंग आग्रह

१३ चैत्र २०७९, सोमबार
१३ चैत्र २०७९, सोमबार

बुटवल,१३ चैत । ग्रील तथा स्टिल व्यवसायीहरुले प्रहरी प्रशासनबाट अब्यवहारिक तर्क अघि सारेर दुख दिने र बढी जरिवाना असुल्ने काम भएको भन्दै त्यसो नगर्न आग्रह गरेका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख र इलाका प्रहरी कार्यालय बुटवलका प्रमुखको स्वागत तथा सम्मानमा ग्रील तथा स्टिल व्यवसायी संघ रुपन्देहीले गरेको कार्यक्रममा व्यवसायीहरुले कोरोना महामारीको असर र आर्थिक मन्दीका कारण व्यवसाय संकटमा परेको गुनासो गर्दै व्यवसायीहरुका व्यवहारिक पक्षलाई हेरेर सहयोग गरिदिन अनुरोध समेत गरेका छन् ।
सो अवसरमा संघका संस्थापक अध्यक्ष अशोक वर्माले विशेष गरी ग्रील व्यवसायमा तयारी सामान र कच्चा पदार्थ ढुवानीमा ट्राफिक प्रहरीबाट समस्या हुने गरेको गुनासो गर्दै यसको स्थायी समाधान चाहेको बताए । ग्रीलजन्य सामानको लम्बाई धेरै तर ढुवानी गर्ने साधनको बनोट सानो हुंदा ट्राफिक प्रहरीले रोकेर बढी जरिवाना असुल्ने, ओभरलोड बोकेको गलत आरोप लगाएर दुख दिने जस्ता समस्या रहेको हुंदा ट्राफिक प्रहरीले व्यवहारिक पक्ष हेरेर सहजिकरण गरिदिनुपर्ने अनुरोध गरे । यस्तै संघका अध्यक्ष मोहन भट्टराई, सल्लाहकार भुवन ज्ञवाली,महासचिव ध्रुवमणि ज्ञवालीले पनि व्यवसायीले भोग्नु परेका समस्यामा प्रहरी प्रशासनको सहयोग र सहकार्यको अपेक्षा गरे ।
सो अवसरमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईले ओभर लोड, मापसे र तीब्र गति दुर्घटनाको मुख्य कारण भएको उल्लेख गर्दै पिक आवरमा ढुवानी नगर्न र ढुवानीका साधन भन्दा बाहिर आउने सामानमा रातो कपडा अनिवार्य राख्न सुझाव दिए ।

व्यवसायीहरुका व्यवहारिक कठिनाईमा लचक हुन तयार रहेको तर ट्राफिक नियम र कानुनलाई बेवास्ता गर्न नमिल्ने बताए । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी दानबहादुर थापाले व्यवसायीले काम गर्दा ग्राहकसंग सम्झौता गरेर वा चेक लिएर काम गरे कारोबार सुरक्षित हुने सुझाव दिए । अपराध नियन्त्रण र व्यावसायिक बाताबरण बनाउन व्यवसायीसंग सहकार्य गर्न तयार रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?