© २०२३
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले दुई तिहाई बहुमत भएको सरकरा असफल भैसकेको आरोप लगाएका छन् ।
करको दायरा फाराकिलो बनाउने बहानामा दुनियाँमा नै नभएको विभिन्न दरहरू बढाएको भन्दै जसले सरकारकै उपहास गरेको उनको भनाई रहेको छ । देशमा भएका विभिन्न समयमा समाधान गर्नुको सट्टा सरकारले सेवा सुविधा बढाउन तर्फलागेको भन्दै उनले सरकार नै फेल भएकोे दावि रहेको छ । निर्मला पन्त हत्या काण्डमा सरकार पुणरूपमा नै असफल भएको नेता गजुरेलको दावि रहेको छ । अव विस्तारै यो घटनलाई अन्तराष्ट्रियकरण हुन थालेको भन्द यसमा देशको अवस्था के कस्तो भन्ने विषयमा जनताले बुझ्ने बेला आएको बताए ।रिपोर्टस क्लव प्रदेश ५ले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले सरकारले शिक्षामा माफियाकरण गरेको भन्दै गोविन्द केसीको माग पुरा गर्न नसक्नु आफैमा लज्जाको विषय भएको बताए । उनले भने –‘माफियाहरूकै कब्जामा देश रहेको छ, दलाल र नोकरसाही पुँजीपतीको कब्जामा देश गैसक्यो । ’
बाईट वडी विमान खरिदमा भएको भष्ट्राचारल पञ्चायतमा पञ्चेहरूले गर्ने भष्ट्राचार भन्दा पनि बढि भष्ट्राचार भएको उनको दावि रहेको छ । मन्त्रीहरूकै संलग्नतामा भएको भष्ट्राचारलेले देश कंगालीकरण तर्फ अगाडी बढेको उनको भनाई रहेको थियो । राष्ट्रपतीले १८ करोडको गाडी किन्नु गरिब जनतालाई उपहास गर्नु बाहेक केही नभएको नेता गजुरेलको भनाई रहेको छ । अस्पतालमा विरामीहरूको विजोग रहेको बेला जनताको सेवा भन्दा पनि सेवा सुविधा वृद्धिमा लागेको भन्दै उनले हेलीप्याड सहितको राष्ट्रपती निवास बनाउन खोज्नु आफैमा लज्जाको विषय भएको आरोप लागाए ।
अहिले सरकार नयाँ युगको कुरा गर्दै पोल पोलमा फोटो राख्ने गरिएको अव श्री ५ केपी ओली लेख्न मात्रै बाँकीरहेको उनको भनाई रहेको छ । उनले भने–दुई तिहाई बहुमत देशलाई अभिसाप भएको छ ।’
नेपाली काग्रेसले पनि प्रतिपक्षको भुमिका देखाउन नसक्दा भिजेको विरालो जस्तै भएको उनको तर्क रहेको छ । उनले ओली सरकारले जतिसुकै गम्भिर गल्ती गरेपनि दुई तिहाईको सरकारका कारण हट्न नसक्ने अवस्था रहेकोले जनतामा निरासा छाएको बताए ।
९ महिनामा सरकारले नै देशमा राष्ट्रिय स्वाधिनताको उपहास गरेको भन्दै जसले बितृष्णा जगाउने काम गरेको बताए । उनले भने–‘ बामपन्थी पनि होइन,प्रतिक्रियाबादीहरूको सरकार बन्यो । ’सरकारले राष्टियताको उपहास गरेको भन्दै नक्सामा कालापानी गायव गर्नु राष्ट्रको नाममा गद्धार गरेको उनको अरोप रहेको छ ।
सक्षात्कार कार्यक्रममा बोल्दै नेता गजुरेलले अव वृहत आन्दोलनको आधिवेहेरीको आवश्याकता बढ्दै गएको बताएका छन् । अहिलेको सरकारले गरेका विभिन्न गैरनैतिक कुरालाई दबाब दिनको लागि पनि आन्दोलनको आधिवेहेरीको आवश्याता रहेको बताए । उनले देशभक्त गणतान्त्रीक मुक्ती मोर्चा नै बनाएर लागिरहेको भन्दै अव संघर्षको आन्दोलनको तयारी गरिएको बताए । स सनो संघर्षबाट अगाडी बढ्दै गएर जनआन्दोलनको तयारी गरिएको बताए । अहिलेको सरकार ५ बर्ष सम्म टिक्न दिन नहुने भन्दै ओलीको विकल्प अर्कोै नेता नभएको भन्दै अहिलेको शासन सत्ता लाई नै परिर्वतन गर्नु आवश्यकता रहेको बताए । अवको विकल्प भनेको क्रान्ती भएको भन्दै उनले क्रान्तीकारी शक्तीनै अहिलेको विकल्प भएको बताए । उनले भने–‘ स साना कामबाट नै क्रान्तीकोको सुरुवात गरिएको भन्दै जसले सार्थकता छिट्टै पाउने छ । ’जनआन्दोलन, जनसरकार र अर्को आन्दोलनको आवश्याता रहेको भन्दै अव संघर्षलाई एउटा पाटो बनाएर संघर्षको संखघोष गरिएको नेता गजुरेलको दावि रहेको छ । à