© २०२३
नेपाली काँग्रेसले मँहगाई बिरुद्ध आन्दोलन अगाडी बढाई रहेको बेला सत्तारुढदल कम्युनिष्ट पार्टीले पनि काँग्रेस माथि पलटवार गर्न थालेको छ । रूपन्देहीमा काँग्रेस माथि उलट वार गर्दै नेकपाका युवानेता खिमलाल भट्टराईले नेपालमा काँग्रेसको अस्तित्व समाप्त भएको बताएका छन ।
सो कुरा उनले सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी रूपन्देही द्वारा दशै,तिहार तथा छठपर्बको अवसरमा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ७ भरवलियामा आयोजित कार्यकर्तालाई सम्बोद्धन गर्दै बताएका हुन । कम्युनिष्ट नेता भट्टराईले जनताले काँग्रेसलाई बहुमतका साथ सत्तामा पुरयाउदा पनि काँग्रेसले मुलुक स्थिरता र बिकासका गति नदिई राष्ट्रलाई हरि कंगाल बनाएको कारण जनताबाट टाढिदै गएको दावी गरे ।
दुई तिहाई बहुमत प्राप्त कम्युनिष्ट नेतृत्व सरकार जनता समक्ष चुनावी घोषणापत्र बमोजिम समग्र बिकास गतिबिधि ईमानदारी पूर्बक अघि बढाउन थाले पछि जनताले काँग्रेसको साथ छाडी कम्युनिष्ट पार्टीलाई सत्ता सुम्पेर समग्र बिकासमा सहभागिता जनाएको बताए । काँग्रेसले आफनो शाषनकालमा गर्न नसकेको पानी जहाज,रेलसेवा ,स्मार्टसिटी, बृहत्तर लुम्बिनी बिकास परियोजना तथा गौतमबुद्ध बिमान स्थल निर्माण कार्यमा तीब्रता जस्ता २२ वटा राष्ट्रियमहत्वका योजनाहरू अघि सारेको देखेर काँग्रेस अस्तित्व जोगाउन कर आन्दोलन गरेको उनले स्पष्ट समेत पारे । सो अवसरमा बिधायक तुलसीचौधरी, स्थानीय नेता जगदीश यादव, लक्ष्मीमिश्रा, कल्पनाहरिजन, हजरतबेलाल फकीर निषार अहमद खान लगायतले मक्तब्य ब्यक्त गरेका थिए ।à