ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

बुटवलको नमुना आटो भिलेज नगरपालिका आफैले बनाउने

२ श्रावण २०७५, बुधबार
२ श्रावण २०७५, बुधबार

नेपालकै नमूना भनिंदै आएको बुटवलको अटो भिलेज परियोजनाबाट एशियाली विकास बैंकले हात झिकेपछि बुटवल उपमानगरपालिकाले आफै बनाउने भएको छ । एशियाली विकास बैंकले फिर्ता भएपछि बुटवल उपमानगरपालिकाले सार्वजनिक साझेदारी कार्यक्रम अन्र्तगत आफै बाउने भएको हो ।
स्थानीय व्यवसायीहरु विभाजित हुँदा एशियाली विकास बैंकले २७ करोड ३३ लाख रुपैयांँको परियोजनाबाट एशियाली विकास बैंकले हात झिकेको थियो ।
मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजना अन्तर्गत बुटवल–२ मैनाबगरस्थित १४ बिघा क्षेत्रफलमा रहेको अटो भिलेजमा अटो भिलेज पूर्वाधार, संचालन तथा व्यवस्थापन परियोजना शुरु गर्न आधा दशक लामो पहल भएपनि व्यवसायीहरु एकमत नहुँदा स्थानीय सहभागिता सन्तोषजनक नभएको भन्दै दातृ निकाय एडीबीले हात झिकेको हो ।
बुटवल उपमहानगरपालिकामार्फत सार्बजानिक निजी साझेदारी मोडेलमा सम्पन्न गर्ने भनिएको आयोजनाका लागि कम्पनी गठन र दर्ता हुन नै लामो समय लागेको, कम्पनी दर्ता भएपनि लागत सहभागिता न्यून भएको र परियोजनाका लागि म्याद थप्दा पनि काम शुरुवात हुन नसकेपछि एडीबीले फिर्ता भएको हो ।
सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार स्थानीय सहभागिता ३० प्रतिशत हुनुपर्ने र कम्पनीमार्फत किस्ता किस्तामा गरेर ८ करोड रकम उठ्नुपर्नेमा १ करोड २ लाख मात्र संकलन भएकाले परियोजना अघि बढ्न नसक्ने भएपछि एडिविले हात झिकेको थियो ।
सन् २०१५ मा पूरा गर्ने भनिएकोमा ५ वर्षसम्म काम शुरु नै हुन नसकेपछि उपमहानगरपालिकाले एशियाली विकास बैंकसंग अनुरोध गरी २ वर्ष समय थप गरेर परियोजना अघि बढाउन प्रयास गरेको थियो ।
परियोजना अन्तर्गत अटो भिलेजमा बहुउद्देश्यीय चारतले अटो सेवा केन्द्र भवन, सडक, ढल, पार्किङ, प्रवेश गेट, पेट्रोल पम्प, तालिम हल, विद्युत, फोहोरमैला व्यवस्थापन लगायतका कामहरु हुने भनिएको थियो ।
परियोजनाको कुल लागतमध्ये ५० प्रतिशत रकम एशियाली विकास बैंकको अनुदान, ३० प्रतिशत रकम नगर विकास कोषमार्फत ऋण र २० प्रतिशत लगानी व्यवसायीले गर्नुपर्ने प्रावधान थियो ।
एडिबि फिर्ता भएपछि बुटवल उपमानगरपालिकाले ६०–४० को अवधारणमा अटोभिलिेज बनाउने भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीका अनुसार अटो भिलीलमा एडिबिको योजनामा रहेको बहुउदेश्य भवनको अवधारणा हटाएर पहिलो चरणमा नाली, सडक, तथा अन्य आधारभुत पुर्वाधार निर्माण गरिने जानकारी दिए । उनले भने–‘व्यवसायीहरुको ६० प्रतिशत र बुटवल उपमानगरपालिकाको ४० प्रतिशत गरी योजना अव अगाडी बढ्छ । ’
आटो भिलिज कम्पनी निर्माण गरी एकिकृत रुपमा व्यवस्थित अटो व्यवसायको लागि यस्तो प्रकृतिको अवधारण आगाडी बढाइएको मेयर सुवेदीको भनाई रहेको छ ।
यता, बुटवल आटो ईन्जीनियर एशोसियसनका अध्यक्ष सन्तोष पाण्डेले अटो भिलेजमा भएको आम्दानीको ७० प्रतिशत अटो भिलेजकै विकासमा लागनी गर्ने गरी आएको अवधारणा राम्रो बताएको बताएका छन् ।
एशोसिएशनका निवर्तमान अध्यक्ष तथा मैनावगर अटो भिलेज संघर्ष समितिका अध्यक्ष विश्वराज गैरे ेले अटो भिलेजमा व्यवसायिको धेरै लगानी भएकाले लगानीको सुरक्षा हुनुपर्ने बताए । लगानी असुरक्षित भए व्यवसायी विस्थापित हुने भएकाले सम्पतिको कर तिर्ने व्यवस्थाको माग गरेका छन् ।
उनले व्यवसायीलाई लगानी नगरपालिकाले छुट दिएका कारण धेरै लगानी भैसकेकाले उक्त लगानीको सुरक्षा हुनुपर्ने र त्यसका लागि एकीकृत सम्पति कर तिर्न पाउनु पर्ने बताए । नगरपालिकासंग भएको सम्झौताको मिति सकिएको लामो समयसम्म पनि सम्झौता नभएको बताउंदै एडिवीकोे लगानीले मात्र अटो भिलेजको विकास हुन्छ भन्ने मानसिकतालाई त्याग्नु पर्ने बताए । उनले भने–‘मैनाबगर व्यावसयीको हक हित संरक्षण हाम्रो दाहित्व हो , नगरपालिले कानुन बनाए सम्पतीको स्थायित्व पाउनु पर्छ’ । उनले व्यवसायीको लगानी डुवेको कसैलाई चिन्ता नहुने र एडिबीको मात्र चिन्ता गर्नुले पछि साना व्यवसायी समस्या पर्ने र विस्थापित हुन सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?