© २०२३
लैङ्गिक हिंसा प्रभावित महिला तथा बालबालिकालाई आश्रय प्रदान गर्दै आएको साथी संस्था द्वारा सञ्चालित घरेलु हिंसा प्रभावित महिला आश्रय गृहमा बिभिन्न सामग्री प्रदान गरिएको छ । लैङ्गिक हिंसा बिरुद्धको १६ दिवसिय अभियानका अवसरमा कपिलवस्तु नगरपालिका, मायादेबी महिला बचत तथा ऋण सहकारी संस्था र भृकुटी महिला तथा बचत ऋण सहकारी संस्था लगायतले खाधान्न, लत्ता कपडा, स्टेशनरी लगायतका सामाग्री हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा कपिलवस्तु नगरपालिकाले १५ हजार बढिका खाधान्न र सामग्री, भृकुटी तथा मायादेबी महिला बचत तथा ऋण सहकारी संस्थाले खाद्यान्न लत्ता कपडा र पिडितका लागी पौष्टिक सामग्री, घरघरमा शिक्षा तथा आत्मनिर्भर बिकास संस्थाले स्टेशनरी, चन्द्रघण्टा दुर्गा मन्दिर समिती, वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश गैरेद्वारा नगद र बिभिन्न समाजसेवीले खाद्यान्न सहितका सामग्री प्रदान गरेका थिए ।
कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिमलराज आचार्य, वडा अध्यक्ष प्रकाश गैरे, कपिलवस्तु बाल गृहका अध्यक्ष राजु प्रसाद अर्याल तथा महिला सहकारीका पुष्पा रेग्मी, थानकला पाण्डे सहितका समुदायका अगुवाले आश्रय गृह प्रमुख बिमला घिमिरेलाई सामाग्री हस्तान्तरण गरेका थिए । आश्रय गृह प्रमुख घिमिरेले आश्रय गृहले १० बर्षको अबधीमा १ हजार ६ सय बढि हिंसा प्रभावितलाई सेवा दिएको भए पनि श्रोत अभावले आश्रय गृह सञ्चालनमा समस्या रहेको जनाईन ।
कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिमलराज आचार्यले संबिधानले सबैको मानब अधिकारको संरक्षणको सुनिश्चितता गरेकाले हिंसा प्रभावितका लागी सञ्चालित आश्रय गृहको निरन्तरताका लागी आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।