ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

रेसुंगामा एक महिने साउने मेला शुरु

२ श्रावण २०७५, बुधबार
२ श्रावण २०७५, बुधबार

गुल्मीको धार्मिक क्षेत्र रेसुंगामा मंगलवारदेखि एक महिनाभर साउने मेला शुरु भएको छ । विगतका वर्षहरु जस्तै यस पटक पनि रेसुंगा संरक्षण समितिको आयोजनामा मेला शुरु भएको हो । उमेरले पाका बनेका वृद्धवृद्धा र भर्खरका वालवालीका र युवायुवतीदेखि धर्मकर्ममा आस्था राख्ने धेरै मानिसहरु साउन महिनामा रेसुंगामा जान गर्दछन् ।
साउन महिनाको पहिलो दिन मंगलवार विहानैदेखि धर्मकर्मका लागि रेसुंगामा जाने मानिसहरुको संख्या विगतमा जस्तै बाक्लो देखिएको छ । रेसुंका क्षेत्रमा जाने श्रद्धालुहरुकोे यो पटक देखिएको सहभागिताले यस क्षेत्रको महत्व र प्रचारप्रसारका लागि समेत ठूलो टेवा पुग्ने बताईएको छ । विगत वर्षहरुको तुलनामा यो पटक विहानैदेखि नै साउन महिनामा रेसुङ्गा स्थीत पोखरीमा नुहाउन र पोखरी माथि रहेको यज्ञशाला मन्दिरमा पुजाआजा गर्नेहरुको भीडभाड बढेको छ । विशेष गरि साउन महिनाभर रेसुंगा संरक्षण समितिले यस क्षेत्रमा एक महिने धार्मिक मेला समेत संचालन गर्ने भएको हुनाले मानिसहरु टाढाटाढादेखि यस क्षेत्रमा आउने गर्दछन् । जसका कारण साउन महिनाभर धेरै मानिसहरुको रेसुंगा क्षेत्रमा बाक्लो उपस्थिति हुने गर्दछ ।
साउन महिनाभर रेसुङ्गामा विशेष पुजाआजा गर्ने र धार्मिक मेला लाग्ने भएका कारण यस अवशरमा रेसुङ्गा क्षेत्रमा रहेको पोखरीको पानीले स्नान गर्ने र पोखरीमा स्नान गरेपछि त्यस नजिकै रहेको यज्ञशाला मन्दिरमा पुगेर पुजाआजा गर्ने प्रचलन छ । यही प्रचलनका कारण यस क्षेत्रमा पुगेपछि चारधाम जान नपर्ने र आफुले अन्जानमा गरेका संम्पुर्ण पापहरु नष्ट भई संवृद्धि प्राप्त हुने धार्मिक विश्वास समेत रहिआएको छ ।
यही विश्वासका आधारमा रेसुंगा क्षेत्रमा आउने धार्मिक पर्यटकहरुको संख्यामा समेत वृद्धि हुँदै गएको छ । ‘त्रेता युगदेखि यस क्षेत्रको महत्व हालसम्म पनि कायम रहेको हुँदा यस क्षेत्रमा एक पटक टेकेर फर्केपनि आफुले चिताएको मनोकामना पुराहुँने भएका कारण यसको महत्व अझ बढ्दै गएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष शुरेसचन्द्र भुसालले बताए ।
सोही आस्थाका कारण यस क्षेत्रमा गुल्मी लगायत पाल्पा, वाग्लुङ्ग, अर्घाखाँची, स्वाङ्जा, रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ लगायतका जिल्लाहरुवाट समेत श्रद्धालुहरुको वर्षेनी घुँईचो लाग्ने गर्दछ । साउन महिनाभर रेसुङ्गा संरक्षण समितिले रेसुङ्गा स्थीत यज्ञशाला मन्दिरमा दिनहु यज्ञशालामा होमन गर्ने, रुद्रि, गिता, चण्डी पाठ गर्ने, रातभर भजन किर्तन गरेर वस्ने भएका कारण कतिपय मानिसहरु रातभर यज्ञशालामा वसेर किर्तनमा रमाउने गर्दछन् ।
साउन महिनाभर संचालन गरिने एक महिने धार्मिक मेलाले रेसुङ्गा क्षेत्रमा धेरै भन्दा धेरै आन्तरिक एवं वाह्य धार्मिक पर्यटकहरुलाई भित्राउने लक्ष्य राखिएको संरक्षण समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?