ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

सिण्डिकेट तोडेपछि गाडी थप्नेको होडबाजी

१२ मंसिर २०७५, बुधबार
१२ मंसिर २०७५, बुधबार

शुरुमा पश्चिम नेपाल बस व्यवसायी संघले सन्धिखर्क–बुटवल र काठमाडौं दैनिक बस सञ्चालन ग¥यो । त्यतिबेला एकछत्र बस चले । दस वर्ष अघि देउराली यातायात व्यवसायी समितिले जिप चलायो । बस जान नसक्ने गाउ“का कच्ची बाटोमा जिप चल्दा संघलाई त्यति चासो थिएन । देउरालीले सन्धिखर्क–बुटवल जिप सञ्चालन गर्न खोज्दा संघले अवरोध पु¥यायो । यात्रु बोकेर सन्धिखर्कबाट बुटवल हिँडेको गाडी बीच बाटोमै रोकिए । एक वर्षको संघर्षपछि जिप चले । यात्रुको चाप धेरै भएपछि हाइस थप्यो । त्यो पनि चल्न नदिन संघले बाटो छेक्ने काम ग¥यो ।
चार वर्षअघि सन्धिखर्क नगरपालिका भएपछि नगर बस सञ्चालन गर्न व्यवसायी सरोज पौडेलको नेतृत्वमा पा“च वटा मिनि बस भित्रिए । गठन भएको समिति जिल्ला प्रशासनमा दर्ता हुनै सकेन । सन्धिखर्क भित्रिएका संघ र देउरालीले नगर बस चल्न दिएनन । छुट्टै समिति दर्ता गरेर चलाउन नसकेपछि पौडेलले संघस“ग समझदारी गरेर बस चलाए ।
सडकका हिसाबले अर्घाखा“ची देसकै नमूना जिल्ला हो । टोलैपिच्छे सडक सञ्जाल छ । सहजै रूपमा गाउ“मा साना गाडी चल्न सक्ने बाटो भएपछि २०७० सालमा ट्याक्सी सञ्चालनमा आए । शुरुमा दस वटा ट्याक्सी भित्रिए । महिनौ दिनसम्म यत्तिकै थन्किए । संघ र देउरालीले ट्याक्सी चल्न नदिन बाटा छेक्ने, यात्रु ओराल्ले काम गरे । जिल्ला प्रशासनले दर्ता गरिदिएन ।

बुटवल ट्याक्सी व्यवसायी समिति र श्रीनगर यातायातले समेत चल्न नदिन साथ दियो । नेपाल राष्ट्रिय यातायात महासंघले रुट परमिटको लागि जिल्ला प्रशासनलाई सिफारिस नै गरेन । समितिमा दर्ता गर्न नसकेपछि ०७२ मा अर्घाखा“ची ट्याक्सी व्यावसायी प्रा.लि. मा दर्ता भएर पनि अवरोध कायमै रहयो । ‘सिण्डिकेट तोडेर ट्याक्सी चलाउन तीन वर्ष संघर्ष गर्नु परो,’ अध्यक्ष महेन्द्र भुसालले भने, ‘बाटो छेक्ने, यात्रुलाई ओराल्ने काम भयो । अति नै दुःख पाइयो ।’ सिण्डिकेट तोडिएपछि चल्न सहज भयो । चार वर्षको अवधिमा एक सय ९ वटा (कालो प्लेट) का ट्याक्सी कम्पनीमा दर्ता भएर चलेका छन । पा“च वटा थपिँदै छन् । जिल्लाका सबै वडा र गाउ“ तहका कच्ची बाटोमा ट्याक्सी सजिलै जाने भएपछि माग अत्यधिक रहेको उनले बताए । रातो प्लेटका ट्याक्सी पनि ६० वटा गुडेका छन् । तीनले पनि यात्रु नै बोकेका छन । ट्याक्सी चलेपछि बस र जिपले यात्रु पाइदैन भनेर संघ र देउरालीले चल्न नदिने प्रयास गरेका थिए, उनले भने । हालै सरकारले सिण्डिकेट तोडेको घोषणा गरेपछि धेरै राहत भएको उनले बताए । ट्याक्सीमा चार यात्रु अट्छन । ‘हामीले एम्बुलेन्सको काम गरेका छौं,’ उनले भने, ‘गाउ“मा पुगेर विरामी ल्याएका छौं । बस र जिप भन्दा ट्याक्सी छिटो गन्तव्यमा पुग्छ ।’ ट्याक्सीको माग बढदो भएकाले अझै गाडी थपिने उनले बताए ।

बस र जिप जाने सडकमा ट्याक्सी त गै हाल्ने भए । टोलसम्म पुगेका सा“धुरा बाटामा पनि जाने उनले बताए । कम्पनीमा दर्ता गरेपछि यातायातले लुम्बिनी अञ्चलका छ जिल्लामा चल्न रुट परमिट दिएको उनले बताए । प्रदेसभरीका जिल्लामा चल्ने अनुमतिका लागि पहल भएको उनले बताए । केही समय भित्रै दस वटा नया“ गाडी थप्ने तयारी रहेको उनले सुनाए । सन्धिखर्क–बुटवल र काठमाडौ चल्न ठूला गाडी भित्राउन पहल भएको छ । सन्धिखर्क–दिल्लीसम्म पनि गाडी चलाउने तयारीमा छौं, उनले भने । बजारमा सर सामान किन्न सदरमुकाम झरेका गाउ“ले फर्कने बेला तीन÷चार जना मिलेर ट्याक्सी रिर्जब गरेर लैजाने गरेको चालक चन्द्रबहादुर थापाले बताए ।

जिल्लाका सबै ठाउ“मा गाडी लैजान सकिन्छ । जिप र बस नचल्ने सा“धुरो कच्ची सडकमा पनि ट्याक्सी जाने उनले बताए । काठमाडौबाट सन्धिखर्क वगैचामा बस र हाइसबाट ओर्लेपछि ट्याक्सी रिर्जब गर्ने यात्रु पाइने उनले बताए । दुई÷तीन घण्टाको घण्टाको समयमै जिल्लाको दुरदराजको बस्तीमा पुग्न सकिने थापाको भनाई छ । बन्द र गाडी बिग्रेको बेला बाहेक कहिल्यै खाली बस्नु पर्दैन, उनले भने । शीतगंगा नगरपालिकाका सीमलपानी, सिद्धारा, जलुके, जुकेना बाहेक अरू गाउ“ र अरू पालिकाका सबै टोलसम्म सहजै साना गाडी जान्छन । पछिल्लो समय ट्याक्सीको संख्या धेरै भएपछि रकम घटाएर लैजानुपर्ने र रिजर्ब अलि कम भएको उनले बताए । ट्याक्सी चलेपछि होटलमा बस्ने पाहुनामा कमी भएको व्यावसायीको गुनासो छ । बस र जिपमा पनि यात्रुको संख्या घटेको छ । जिल्ला सदरमुकामबाट वाङला–बल्कोट–ठूलापोखरा हु“दै गुल्मीको तम्घास, सन्धिखर्क–धारापानी–असुरकोटबाट प्युठान सदरमुकाम, सन्धिखर्क–पोखराथोक हु“दै पाल्पाको तानसेन र सन्धिखर्क–दाङको भालुङसम्म कच्ची बाटो बस चल्छन । बसमा वर्षाको बेला यात्रु खासै पाइदैनन, हिउ“दमा सन्तोषजनक छ, पश्चिम नेपाल बस व्यावसायी संघका सन्धिखर्क शाखा प्रमुख कमल भट्टराइले भने ।
सन्धिखर्क–बुटवल–काठमाडौ र सन्धिखर्क–दिल्ली सहित जिल्लाको गाउ“सम्म एक सय ३० बस, आठ वटा डिलक्स र एउटा नगर बस चल्ने उनले बताए । केही दिन अघि एउटा सुविधासम्पन्न बस थपिएको उनले बताए । अझै बस थप्ने सकिने उनको भनाई छ । तर, पहिलेको जस्तो कमाई नभएको व्यावसायीको गुनासो छ । पहिले सन्धिखर्कबाट बुटवल–काठमाडौ जा“दा÷आउ“दा बस भरी यात्रु कोचाकोच हुन्थे, आम्दानी तेब्बर हुन्थ्यो, अहिले किस्ता बुझाउन पनि कुनै महिना नपुग्ने चालक रामु विकले बताए ।
देउरालीमा पनि एक सय दस जिप, ३० वटा हाइस र ५ वटा मिनिबस सञ्चालित छन । हाइस सन्धिखर्क–बुटवल–काठमाडौ–दाङ–कृष्णनगर र पोखरा चल्छन । अध्यक्ष योगेन्द्र खडकाले सरकारले समिति अंग गर्ने भनेपछि अलमल भएको बताए । गाडी थप्ने योजना त छ, तर समिति रहने वा नरहने अन्योलता रहेको उनले बताए । अन्योल हटेपछि थप्न सकिने उनले बताए । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?