© २०२३
नेपाल तरुण दलको ६५ औ स्थापना दिवस पारेर बुटवल उपमहानगरपालिका समितिले दोस्रो रनिङ्ग वडा स्तरिय फुटसल प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगिताको एक कार्यक्रमका बिच रूपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दीर्घ बहादुर केसी, नेपाली काग्रेसका नगरसभापति खेलराज पाण्डेले उद्घाटन गरेका छन ।
आईतबार भएको पहिलो चरणको उद्घाटन खेलमा वडा नं. ११ ले वडा नं. २ लाई ७–२ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । वडा नंं ११ को जितमा प्रकाश थापाले ४, रंजित थापाले २ र केशव दलार्मीले १ गोल गरेका थिए । वडा नं. का विशाल शाक्य र रबिन थापाले १–१ गोल गरेका थिए ।
यसैगरि अर्को खेलमा वडा नंं १३ ले वडा नंं १९ लाई ३–१ गोल, वडा नंं १७ ले वडा नं. १४ लाई ५–२ गोल, वडा नं.५ ले वडा नं. ९ लाई ३–१ गोल, वडान नं. ३ ले वडा नं. १५ लाई ११–२ गोल, वडा नं. १६ ले वडा नं. १ लाई ५–३ गोल, वडा नं. ६ ले वडा नं. १२ लाई ४–२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेका छन । उपाधिका लागि १९ वडा र आयोजक भिड्ने छन ।पहिलो संस्करणमा वडा न ८ विजेता रहेको थियो । नेपाल तरुण दल नगर सभापति सुजन पुनले खेलमार्फत युवामा सुमधुर सम्बन्ध र एकता कायम गर्न प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगिताको रूपन्देही जिल्ला फुटवल संघका अध्यक्ष दीर्घ बहादुर केसीले फुटसल युवापुस्ताको रोजाई बन्दै गएको भन्दै ब्यवसायीक खेलाडी उत्पादनमा जोड दिएको बताए ।कार्यक्रममा नेपाल तरुण दलका पूर्व जिल्लाअध्यक्ष चिरन्जिवी पौडेल, बिमल भट्टराई, ज्योति भण्डारी, राजु गुरुङ्ग, हसन्त लामा, अन्जना केसी, होम बहादुर क्षेत्रीले युवाहरू सामाजिक क्षेत्रमा समेत अघि बढ्न सुझाव दिए । प्रतियोगिताको उपाधि विजेतालाई ट्रफीका साथमा नगद २० हजार, मेडल, प्रमाणपत्र तथा उपविजेतालाई ट्रफीसहित नगद १० हजार, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक सरोज दर्लामीले बताए ।