ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो

राउटे भन्छन्: भोकै मर्छौ तर संस्कृती छोड्दैनौ

१ श्रावण २०७५, मंगलवार
१ श्रावण २०७५, मंगलवार

सदियौं देखी जंगलमा घुमन्ते फिरन्ते जिबन बिताउंदै आएका राउटे समुदाय संस्कृतीमा कट्टर हुुन्छन् । संस्कृतीमा कट्टर भएकै कारण उनीहरु आजपनी जंगलमा घुमन्ते फिरन्ते जिवन विताईरहेका छन् । उनीहरुको दैनीकीमा सामान्य परिवर्तन आएपनी जिवनशैली भने उस्तै छ । पैसाछोए पापलाग्छ भन्ने राउटे समुदायले आजभोली पैसाको कारोबारो त गर्छन् तर स्थायी रुपमा बसोबासको कल्पना सम्म पनी गर्न सक्दैनन् उनीहरु । राउटेसमुदायका लागी सरकारले दिने गरेको लोपोन्मुख सामाजिक सुरक्षा भत्ता स्थायी बसोबासका लागी हो भने भोकै मर्ने बताउंछन् राउटे समुदायका मुखीया वीरबहादुर शाहि । उनी भन्छन्‘ पुर्खादेखी जंगलमा घुमन्ते जिबन विताउंदै आएका छौ त्यो संस्कार हामीले धान्नै पर्छ । एकै ठाउंमा हामी बसोबास गर्दैनौ बरु भोकै मछौैै । हामी ढुङ्गा जस्तो बांच्ने होईन एकदिन मर्नैपर्छ किन संस्कती नजोगाउने ।’
राउटेसमुदायलाई सरकारले दिने सेवा सुविधा घुमन्ते जिबनबाट मुक्त गराउनका लागी हो भने बरु त्यो सेवा सुविधा समेत नलिने राउटे मुखीया वीरबहादुर बताउंछन् । उनी थप्छन् ‘ हामीले खानको लागी कोशी सन्दुक बनाएर गाउंमा बेचेकै छौ । त्यतिले पनी पुगेन भने जंगली जनावरको शिकार गरेर खान्छौ । तर पुर्खाले कमाएको संस्कृती स्थायी बसोबास गरेर विर्गार्दनौ ।’ ‘सक्छ भने सरकारले हामीलाई खाद्यन्न देओस् तर खेतीपाती गरेर हामी बस्दैनौ विरबहादुरले भने ।’
राउटे समुदायका युवा प्रकाश शाहि पनी सरकारले राउटे समुदायलाई खाद्यन्नको व्यवस्था गरिदिनुपर्ने बताउंछन् । उनी भन्छन् ‘ नेपाल सरकारले राउटेसमुदायलाई खाद्यन्नको व्यवस्था गरिदिए राम्रो हुनेथियो । ’तर स्थायी रुपमा बसोबास गर्ने र जग्गा उपलब्ध गराउने कुरामा भने प्रकाशको पनी सहमती छैन । दैलेखको गुरांस गाउंपालीका ८ गर्चे खोला (पात्लेखोला) मा राउटे समुदायका ४२ घरपरिवारका १ सय ४९ जना राउटे बस्दै आएका छन् ।
गुरांस गाउंपालीकाले ती समुदायलाई स्थायी परिचयपत्र समेत वितरण गरिसकेको छ । सोहि परिचयपत्रका आधारमा राउटे समुदायले सामाजिक सुरक्षा भत्ता लिन सजिलो हुने गाउंपालीकाका अध्यक्ष खेमराज वली बताउंछन् । उनी भन्छन् ‘ सदियौं देखी जंगलमा घुमन्ते फिरन्ते जिवन बिताउंदै आएका राउटे समुदायलाई गाउंपालीकाले पहिलो पटक स्थायी परिचयपत्र वितरण गरेको छ । जसका कारण उनीहरुलाई सामाजीक सुरक्षा भत्ता प्राप्त गर्न सहज हुनेछ । ’ ‘नेपाल सरकारको कुनैपनि परिचयपत्र प्राप्त नगरेका राउटे समुदायले हामीले वितरण गरेको परिचयपत्रको सुरक्षा गर्छन् भन्ने कुरामा हामी विस्वस्थ छैनौ । त्यसैले परिचयपत्रको एकएक प्रती गाउंपालीकामानै राखेका छौ अध्यक्ष वलीले बुटवल टुडेकर्मीसंग भने । ’ तर गुरांस गाउंपालीकाले दिएको परिचयपत्रमा पनी उनीहरु सन्तुष्ट छैनन् । महामुखिया महिनबहादुर शाहि भन्छन् ‘ यो परिचयपत्र लगेर हामीले के गर्ने । हाम्रा जनता भोकै छन् बरु चामल दिनुपर्छ ।’ राउटेसमुदायको चाहाना परिचयपत्रमा भन्दा चामलमा छ । उनीहरु सरकारले खाद्यन्न दिओस् भन्ने चाहान्छन् ।
संस्कृतीको परिबन्धमा राउटे बालबालीकाहरु
खोलाको नजिकै साना–साना झुपडी अनी झुपडिमा कलीला मुनाहरु संस्कृतीको परीबन्धमा छन् । माटोसंगै उनीहरुले मितेरी लगाएका छन् । हिउंद –वर्षा, हावा–हुरी उनीहरुका लागी सामान्य हुन् । रोग र भोकमा पनी उनीहरुले संघर्ष गरीरहेका छन् । संस्कृतीमा यतीसम्म उनीहरु कठोर छन्की समुदायका मुखीयाले मर भनेपनी मर्नुपर्छ । बुवाआमाले जस्तो लगाउन र खान दिन्छन् त्यस्तै लगाउने अनी नियममा बांधिएका राउटे समुदायका युवायुवती तथा बालबालीका का आंखामा भने परिवर्तनको चाहाना पनी देखीन्छ । बाहिरी दुनियांमा उनीहरु रमाउन चाहान्छन् तर उनीहरुलाई संस्कृतीले जेलेको छ । राउटे समुदायका नारीहरुलाई त आºनो नाम बताउंन पनी अनुमती छैन ।
राउटे समुदायमा कोहि गयो भने बालबालीकाहरु दौडिएर कुरा गर्न आईपुग्छन् तर उनीहरुका अभिभावकले बोल्न दिंदैनन् । त्यो देख्दा लाग्छ उनीहरुमा परिवर्तनको चाहाना त छ तर संस्कृतीले उनीहरुलाई परिबन्धमा पारेको छ । राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपाल की अध्यक्ष सत्यदेवी खड्का (अधिकारी ) विगत १४ वर्षदेखी राउटे समुदायमा काम गर्दैआएकी छन् । राउटेकी भान्जि भनेर चिनीने उनको पनी अनुभव यस्तै छ । उनी भन्छिन्‘ राउटे समुदायमा दुई खालको संस्कृती छ । बुढाबुढिहरु संस्कृती छोड्नै चाहादैनन् तर बालबालीका तथा युवायुवती भने पढ्न, लेख्न र स्थायी बसोबास समेत गर्न चाहान्छन् । ’ उनी थप्छिन् ‘उनीहरुमा परिवर्तनको चाहाना भएपनी संस्कृतीले परिबन्धमा पारेको छ । पछिल्लो समएका युवाहरुमा कोशी, सकन्दुक बनाउने सिप समेत लोप भएर गएको छ । ’ नेपालको लोपोन्मुख जातीको रुपमा रहेको राउटे समुदायका युवाहरुमा मा पहिले भन्दा धेरै परिवर्तन आएको छ । उनीहरु बाहिरी संसारमा रमाउन चाहान्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?