© २०२३
बुटवल, २८ फागुन । तिलोत्तमाको जानकीनगरमा ३० लाख लागतमा चेरिस नर्सरी खुलेको छ ।
स्थानीय लिला क्षेत्री सञ्चालक रहेकी नर्सरीको समाजसेवी पशुपति घिमिरेले औपचारिकरुपमा उद्घाटन गरेका हुन् । नर्सरीमा घर भित्र र बाहिर रोप्न मिल्ने इन्डोर र आउटडोर बिरुवा,शो प्लान्ट,हर्ब प्लान्ट,फलफूल र तरकारीका बिरुका साथै नर्सरीलाई चाहिने मल, गमला र औजारहरु समेत पाइने सञ्चालक लिला क्षेत्रीले बताइन् ।
विगतमा लिलाका पति भक्त खड्काले शोखका रुपमा घरायसी सौन्दर्य र वातावरण संरक्षणका लागि बिरुवाहरु लगाउंदै आएका थिए । आफ्नो शोखलाई पत्नी लिलाको नाममा फर्म दर्ता गरी व्यवसायिक स्वरुप दिएको खड्काले बताए ।
नर्सरीमा २ जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् निकट भविष्यमै चेरिश ब्राण्डमै सुनवलमा एग्रो रिसोर्ट सञ्चालनको तयारीमा रहेको खड्काले बताए । खड्का पुर्व बैंकर एवं लायन्स क्लब अफ तिलोत्तमा बुद्धज्योतिका संस्थापक अध्यक्ष हुन् ।