ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो

दाङमा दुर्लभ गिद्धको ५ गुड भेटीयो

१ श्रावण २०७५, मंगलवार
१ श्रावण २०७५, मंगलवार

अति संकटापन्न अवस्थामा रहेको डंगर जातको गिद्धका ५ गुड दाङमा भेटीएको छ । नेपाल पन्क्षि संरक्षण संग, पर्याबरणीय दिगो बिकास एवं अनुसन्धान केन्द्र दाङ र गिद्धमा अनुसन्धान गरीरहेका सुमन घिमिरेले गुड खोज्ने क्रममा दाङमा ५ गिद्धको गुड फेला परोका हुन् ।
तुलसीपुर उपमहानगरपालीका वडा नं. ३ कात्तिके बिसमुरेको संझना सामुदायीक बनमा गुड फेला परेको घिमिरेले बताएका छन् । दाङ जिल्लामा गिद्धको संख्या पत्ता लगाउनका लागी गुड गणना गर्न थालीको र पहिलो दिन अति संकटापन्न अवस्थामा रहेको डंगर गिद्धको गुड भेटीएको पर्यावरणीय दिगो बिकास एवं अनुसन्धान केन्द्रका अध्यक्ष डिल्ली बहादुर रावतले बताएका छन् । लोपहुने अवस्थामा रहेको डंगर गिद्धको गुड एकैदिनमा ५ वटा भेटीएकाले दाङमा डंगर गिद्धको संख्या बडेको अनुमान गर्न सकिने रावतले बताए । गिद्ध संरक्षणका लागी भन्दै दाङमा गिद्ध रेष्टुरेण्ट खोलेर केही बर्ष अघिदेखी लागेको बताउदै अति संकटापन्न अवस्थामा रहेको डंगर जातको गिद्धको संख्याबड्दै गएकाले आफ्नो प्रयास सफल बन्दै गएकोमा रावत खुसी पनि भएका छन् । भेटीएका गुडमा २९, ३०, ३१, ३२, र ३३ नम्मरको टाँचा लगाईएको अनुसन्धान कर्ता घिमिरेले बताए । जिल्लाभरी नै गिद्धको गुड गनना गरीने र सबै ठाउमा टाँचा लगाईने पनि उनले बताएका छन् ।
मरेका जनावर र कुहिएका सिनो खाने भएकाले गिद्धलाई प्राकृतिक कुचिकार पनि भन्ने गरीन्छ । पछिल्लो समयमा यसको संख्या ९९ प्रतिशतसम्म घटेपछि संरक्षणको अभियान पनि सँगसँगै थालिएको छ । गिद्ध संरक्षणका लागि छ जिल्लाका सात स्थानमा गिद्ध रेष्टुरेण्ट स्थापना गरी संरक्षणको काम भइरहेको राष्ट्रिय गिद्ध संरक्षण सञ्जालका अध्यक्ष समेत रहेका रावतले जानकारी दिएका छन् । उनका अनुसार दाङको बिजौरी र लालमटीय, नवलपरासीको कावासोती, रुपन्देहीको गैडाताल, कास्कीको घाचोक, सुनसरीको रामधोनी सामुदायीक वन र कैलालीको खोटियामा गिद्ध रेष्टुरेण्ट रहेका छन् । गिद्धको संरक्षणका लागी भन्दै पशुपंक्षीमा प्रयोग गरीने डाइक्लोफेनेक औषधि पनि सरकारले प्रतिबन्ध लगाईसकेको छ । नेपाल सरकारले यो औषधिको उत्पादन वितरण र प्रयोगमा पूर्ण प्रतिवन्ध लगाएको छ । विभिन्न संस्थाको सहयोगमा नेपाल पन्क्षि संरक्षण संघले ६२ जिल्लामा अर्थात डाईक्लोफेनक नामक औषधि मुक्त क्षेत्र घोषणा गरेको छ ।
नेपालमा हाडफोर, सेतो, डंगर, सानो खैरो, हिमाली, खैरो, राज, सुन र लामो ठुडे गिद्ध गरेर ९ प्रकारका गिद्ध पाइन्छन । यी मध्ये डंगर र सानो खैरो प्रजातिको गिद्ध लोप हुने अवस्थामा रहेको संरक्षणकर्मीहरुले वताएका छन् । संसारमा २३ प्रजातिका गिद्ध पाइन्छन भने दक्षिण एशियामा ९ प्रजाति र नेपालमा पनि ९ प्रजातिका गिद्ध पाइने गरेको नेपाल पंक्षी संरक्षण संघका फिल्ड अधिकृत भुपाल नेपालीले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?