ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय

जनप्रतिनिधिको कामः कुलो पुरी सडकमा दाम

१ श्रावण २०७५, मंगलवार
१ श्रावण २०७५, मंगलवार

रामग्राम नगरपालिकामा विकासको नाँउमा विभिन्न कुलो पुरी सडक बनाउने कार्य हुन थालेका छन् । स्थानिय तह सञ्चालन ऐन विपरित नगरपालिकाको विभिन्न वार्डमा कुलो पुर्ने र सडक बनाउने कार्य भई राख्दा पनि नगरपालिका मौन रहेको छ ।
कानुनको पालना गर्ने र गराउने निकाय नै कानुन मिचिदा मौन छ । स्थानियले भने, अब जनताले कुन सरकारलाई गुहार्ने भन्ने अन्यौलमा छन् । स्थानिय तह सञ्चालन ऐन २०७४ मा सार्वजनिक जग्गा,पोखरी,कुलोको संरक्षण गर्ने उल्लेख छ । कुनै कुनै स्थानीय सरकारले एक गाउँ एक पोखरीको अभियान चलाएका पनि छन् तर यहाँ भने भएका पोखरी समेत पुरिन थालिएको छ । जसको नेतृत्व जनप्रतिनिधि,वार्ड अध्यक्षहरुले गरिरहेका छन् । कुलोलाई सडक बनाउन बजेट हाल्ने र त्यसको वरिपरि जग्गा प्लटिगँ गराउने कार्यलाई बढावा दिन थालेको स्थानीयको आरोप छ । कुलो परिपरिका जग्गावालाबाट आर्थिक प्रलोभनमा परी कुलो संरक्षण भन्दा सडक बनाउने कार्यलाई सहयोग गरेका छन् । कतिपयले कृषि सडकको नाँउमा कुलो पुर्नका लागि बजेट समेत हालेका छन् । यस्तो कार्य अहिले नगरपालिको वार्ड नं.१,३ र १० मा भएको देखिन्छ । कुलो पुर्दा सिचाईका लागि प्रयोग हुने पानीको स्रोत सकिनुका साथै जलनिकास नभएर बाढीको प्रकोप समेत बढाउने सक्ने स्थानियले गुनासो गरेका छन् ।
नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले कुलो पुरि सडक बनाएको स्वीकार गरेका छन् । आफुले रोक्ने प्रयास गर्दा वार्ड अध्यक्षहरु झगडा गर्नसम्म पनि तम्सिने गरेको उनले सुनाए । वार्ड अध्यक्षले वार्डमा रहेका सार्वजनिक कुलो,पोखरीको संरक्षणको कार्य नगरी गलत कार्य गरेको उनको भनाई छ । यसलाई नगरपालिका रोक्ने प्रयासमा छ, उनले भने, अब नगरक्षेत्र भित्र कुनै पनि नयाँ सडक खोल्दा सडक यातायात योजना बनाई स्वीकृत गराएर मात्र खोल्न पाउने गरि नीति बनाएर एमटिएमपीको आधारमा मात्र सडक बनाउन दिइने कार्य गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?