ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

इस्लाम धर्मगुरुको जन्मोत्सवमा ¥याली

६ मंसिर २०७५, बिहीबार
६ मंसिर २०७५, बिहीबार

इस्लाम धर्मावलम्बीका प्रवद्र्धक हजरत मोहम्मद मुस्तफा सल्लल्लाह अहैहिव सल्लमको १४ सय ९३ औं जन्मदिन भैरहवामा पनि भब्य रूपमा मनाईएको छ ।जन्मदिन भब्य ¥यालीसहित विभिन्न कार्यक्रम गरी मनाइएको हो । इस्लाम धर्मका अन्तिम सन्दशेकर्ता समेत मानिने मोहम्मद जयन्ती आज मुश्लिम धर्मावलम्बीले बिशेष रूपमा मनाउने गर्छन् । जन्मदिनको अवसरमा शनिबार भैरहवामा र्याली निकालिएको छ । यस क्षेत्रमा रहेका विभिन्न मस्जिद, मदरसा, मुस्लिम संघसंगठन, धार्मिक संघसंस्था तथा मुस्लिम अगुवाहरूकोे आयोजनामा मिलनचोक बुद्धचोकबाट ¥याली नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।
मुस्लिम वेलफेयर सोसाइटीका सचिव अकिल अहमदका अनुसार ¥यालीमा सिद्धार्थनगर नगरपालिका भित्रको दोगहरा, गल्लामण्डी, पक्लिहवा, खजहना, खजुरिया, कठौतिया, उदयपुर, गोलिगढ, भैरहवा बजारलगायत चैनपुर, बसन्तपुर, बेनिपुरका मुस्लिम समुदायको सहभागिता रहेको छ ।
हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बिउल औवल महिनाको १२ तारिखका दिन बुबा अब्दुल्लाह र आमा आमिनाको कोखबाट साउदीको मक्का शहरमा भएको हँुदा यसदिन बिश्वभरीका मुस्लिमहरूले भव्यताका साथ बिविध कार्यक्रम गरी मनाउने गर्दछन् । जन्मदिनको खुसियालीमा मुस्लिम समुदायले जश्ने ईद मिलादुन नवि (रबिउलऔवल) को रूपमा मनाउने गर्दछन् । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ प्रवचन,जीवनी वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ ।
त्यसैगरी इस्लाम समुदायका धर्मगुरु पैगम्बर हजरत मोहम्मदको १४ सय ९३ औं जन्मोत्सव विभिन्न कार्यक्रम गरी दिन मनाइएको छ ।
जन्मोत्सवको अवसरमा रूपन्देहीको बुटवल, भैरहवामा ¥याली निकालिएको छ । बुधबार बुटवलमा ¥याली निकाली धर्मगुरु मोहम्मद मुस्ताफाको जन्मोत्सव मनाइएको छ ।
रजा ए मुस्तफा मस्जिद परिसरबाट सुरु भएको ¥याली बुटवल नगर परिक्रमापछि ट्राफिक चोक हुँदै पुनः मस्जिद परिसरमै पुगेर समापन भएको थियो ।
मौलानाबाट पूजापाठ गरी ¥यालीको समापन गरिएको मस्जिद समितिका अध्यक्ष हाजी मकवुल मियांले जानकारी दिए । कार्यक्रममा अध्यक्ष हाजी मकवुल मियाले मुस्लिम समुदायले मनाउने पर्वहरूमा संघीय सरकारले बिदा कटौती गरेकोमा आपत्ति जनाउँदै बिदाको व्यवस्था गर्न माग गरे ।
……………………
बिदा नदिइएको मुस्लिम समुदायको गुनासो
कपिलवस्तु, ५ मंसिर– देशभरमै मुस्लिम समुदायको बाहुल्यता रहेको कपिलवस्तुका मुस्लिम अगुवाले संघीय सरकार र प्रदेश सरकारले मोहम्मद डेमा बिदा नदिएको भन्दै गुनासो गरेका छन् ।
ईस्लाम धर्मका प्रबर्तक हजरत मोहम्मदको १४९३ औं जन्मजयन्ती बिश्वभर मनाउँदै गर्दा केन्द्र र प्रदेश सरकारले बिदा नदिनु दुःखद भएको मुस्लिम अगुवाले बताए । आजकै दिन ईस्वी सम्बत ५७१ को अप्रेल २० (अरबी महिना रबि–उल–अब्बलको १२) तारिखमा साउदीको मक्कामा जन्मिएका हजरत मोहम्मदको जन्मजयन्तीमा पुर्वपर्ति सरकारले बिदा दिए पनि हालको सरकारले बिदा नदिएको उनीहरूको आरोप छ ।
मुस्लिम समुदायका अगुवाले मुस्लिम समुदायका चाडपर्वमा बिदा दिनु पर्ने भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । जामा मस्जिद अहले सुन्नत समितिका अध्यक्ष रउफ अहमद खाँको नेतृत्वमा गएका मुस्लिम अगुवाले ज्ञापनपत्रको बोधार्थ प्रदेश नम्बर ५ का मुख्यमन्त्रीलाई दिइएको छ । नम्बर प्रदेशले बिदा दिँदा पनि मुस्लिम बाहुल्यता रहेको ५ नम्बर प्रदेशमा बिदा नदिँदा दुःख लागेको जामा मस्जिद तौलिहवाका ईमाम मौलाना अलि हसनले बताए ।
पूर्वबर्ति सरकारले मोहम्मद डेमा दिएको बिदा कटौती गरिएकोमा आक्रोश प्रकट गर्दै बहुसंख्यक मुस्लिम रहेको ५ नम्बर प्रदेशमा मोहम्मद डेमा केन्द्र र प्रदेश सरकारले बिदा नदिनु दुःखद भएको मुस्लिम अगुवा रउफ अहमद खाँले बताए । “प्रधानमन्त्री प्रचण्ड हुँदा ईद र बकरिदको बिदा दिइयो, प्रधानमन्त्री ओलीका पालामा बकरिदमा र शेर बहादुर देउवा प्रधानमन्त्री हुँदा मोहम्मद डेमा बिदा दिइएको भए पनि यो सरकारले आजको बिदा काटनु दुखदः छ,” खाँले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?