© २०२३
बुटवल उपमहानगरपालिका बुटवललाई उज्यालो शहर बनाउने अभियान अन्तर्गत उपमहानगर पालिकाका विभिन्न स्थानमा विद्युत लाईन बिस्तार तथा सोलार बत्ती जडान कार्य सुरु गरेको छ ।
उप महानगरपालिकाले उज्यालो शहर अभियान अन्तर्गत विद्युत प्राधिकरण कार्यालयको सहकार्यमा सेमलार, मोतिपुर, तामनगर, नयाँगाउँ लगायत स्थानमा करिब ४ हजार मिटर विद्युत पोल तथा लाइन विस्तार गरेको छ । “विद्युतको बिस्तार सँगै हामी सोलार बत्ती जडान कार्यमा लागेका छौ” उप महानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले भने–“८ वटा ट्रान्सर्फमर पनि तामनगर, सेमलार स्थानमा जडान गरिसक्यौ ।” त्यस्तै उप–महानगरपालिकाका विभिन्न स्थानमा १ सय ५६ सौर्य सडक बत्ति जडान र ५५ वटा मर्मत गर्ने काम सम्पन्न भएको उनले बताए ।
पछिल्लो समय सार्वजनिक निजि साझेदारीमा हाइवेका विभिन्न स्थानमा ९ थान सोलार जडित यात्रु प्रतिक्षालय, ६ वटा ट्राफिक आईल्याण्ड र राजमार्ग चौराह देखि पुष्पलाल पार्क हुँदै तिनाउ पुल सम्मको हाइवेमा करिब सय वटा सोलार जडान गर्ने यस अघि नै भएको थियो ।à