© २०२३
नेपाली काँग्रेसका नेता तथा पुर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले बर्तमान बाम सरकार चौतर्फि रूपमा असफल हुँदै गएको बताएका छन् ।
नेपाली काँग्रेस पार्टी कपिलवस्तुले तौलिहवामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले सो बिचार व्यक्त गरे । सो अवसरमा बोल्दै नेता सिंहले सरकार शक्तिशाली भए पनि संघिय कानुन बनाउन नसकेको, शान्ति सुरक्षा कायम गर्न नसकेको, बिकास बजेट प्रयाप्त खर्च गर्न नसकेको र आम नागरिकका लागि शान्ति सुरक्षा कायम गराउन नसकेको तर्क दिँदै सो आरोप लगाएका हुन् । बर्तमान सरकार गठनको ८ महिना पुग्दा समेत जनताले दिएको म्यान्डेड अनुसारको काम नगरेको र हाल सम्मको कार्य सम्पादनले राम्रो संकेत नदेखाएको उनले बताए । सरकारले न त काम गर्ने व्यवसायीलाई सुखः दिएको न त जनप्रतिनिधिलाई आवश्यक कानुन दिएको भन्दै उनले सरकारको आलोचना गरे ।
सो अवसरमा बोल्दै केन्द्रिय सदस्य तथा पूर्वमन्त्री हृदयराम थानीले पार्टीलाई नीति र बिधि सम्बत चलाएमा मात्र पार्टी मजबुत हुने बताए । त्यस्तै अर्का केन्द्रीय सदस्य रामकृष्ण यादवले कम्युनिष्ट सरकार संघीयता असफल पार्ने योजनामा लागेको बताउँदै सरकारले जनतालाई महँगी, असुरक्षा उपहार दिएको बताए । संबिधानको बिरोध गर्ने दलले संबिधान संसोधन गराउँछौ भन्दै सरकारमा गएर संबिधानको स को कुरा समेत नगरेको बताउँदै मधेसबादी दलले मधेसका जनता झुक्याएको बताए ।
पार्टीका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको बिकल्प नरहेको उल्लेख गरे । पार्टीका पुर्व जिल्ला सभापति राजेश आचार्यले बाम सरकारको बढ्दो निरंकुशताका बीच काँग्रेसमा गुटगत राजनीति त्याग्न आवश्यक रहेको बताए । पार्टीका पुर्व सभापति सुधाकर पाण्डेयले बिगतमा आएका चुनावी नतिजालाई खोजी गर्न नसकिए आन्तरिक र बाह््य आत्मघात नहराउने बताए ।
काठमाडांै जिल्ला सभापति सबुज बानियाले पार्टी बिधान तह चल्नु पर्नेमा जोड दिँदै संस्थागत रूपमा पार्टी चल्ने परिस्थिति निर्माणको आवश्यकता रहेको बताए ।