© २०२३
बुटवल बुटवलका सर्पविज्ञ कमल देवकोटा सर्प संरक्षण गर्ने अभियानमा लागेका छन । प्राणीशास्त्र केन्द्रीय बिभाग, कीर्तिपुर, काठमाडौंमा स्नातक सकेका उनि अध्ययनसंगै सर्पको संरक्षण अभियानलाई निरन्तरता दिदै आएका छन । ईको सिस्टमलाई सन्तुलन राख्ने महत्वपूर्ण भुमिका रहने सर्प जोगाउन सकेमात्र हाम्रो वातावरण बच्ने उनको तर्क छ । उनको धेरै जसो समयमा तराईका गाउमा सर्प बारे स्थानियहरुलाई सचेतना जगाउदै हिड्ने बित्ने गर्दछन ।
सानैदेखि विज्ञान विषय रुचि भएका उनी विद्यालय तहको विज्ञान प्रर्दशनीहरुमा भाग लिइ पुरस्कार जित्ने गर्दथे । पैसा कमाउने भन्दा पनि सामाजिक हितमा थोरैभएपनि योगदान दिने लक्ष्य बोकेका उनलाई यो काममा परिवारबाट समेत सहयोग हुने गरेको छ । उनले प्राणीशास्त्र अध्ययनको क्रममा सर्प र सर्पदंशको विषयलाई मुख्य केन्द्रमा राखे । उनले पश्चिमाञ्चाल बिकास क्षेत्रमा सर्पदंशको महामारी बिषयमा सोधपत्रमा गरेका छन् । सन २०१३ मा सोधपत्र पुरा गरे । जुन सोधपत्र अमेरिकाको टक्सिकन जर्नलमा समेत प्रकाशित भएको थियो । नेपालको तराई क्षेत्रमा हुने सर्पको विगविगीका बारेमा तथ्यसहितको लेख छापिएसंगै उनलाई अझ सर्पको गहन अध्ययन गर्ने चासो बढेर गयो । शुरुवातमा सर्वसाधारणलाई जसरी नै सर्पका बारेमा धेरै गलत धारणाहरु बोकेर हिडेका उनलाई यो अध्ययनले चिर्ने मौका मिल्यो । अझै पनि धेरै गाउलेहरुमा सर्पको विषयमा धेरै भर्महरु रहेको उनि बताउछन । यो भ्रमलाई नचिर्दासम्म सर्पको विनास नरोकिने उनको तर्क छ ।
सर्पको मणी, अजिगरले हावाले तान्छ, दुईमुखे साप, हरियो साप उड्ने जस्ता हावादारी कुराहरु गरिएपनि त्यो सत्य नभएको उनि बताउछन । अझ धेरै सर्पदंशका विरामीहरु प्राथमिक उपचार सहि रुपमा पाउन नसक्दा मर्ने गरेको तथ्यहरुबाट पुष्टि भएको उनले बताए । सर्पबारेको भ्रम चिर्न बिगत ६ वर्षदेखि निरन्तर अध्ययन, अनुसन्धान तथा जनचेतनामूलक कार्यक्रममा सक्रिय छन । स्नाकोत्तर तहको सोधपत्र तयार गर्ने क्रममा पश्चिमाञ्चल विकास क्षेत्रका तराईका जिल्लाहरु रुपन्देही, नवलपरासी, कपिलबस्तुमा जनचेतनामुलक कार्यक्रम समेत गरेका थिए । उनको यसमा काममा धेरै विज्ञहरुले साथ दिए भने नया र उर्जावान युवाहरुले समेत काम अघि बढाए । अझ सर्पसम्बन्धि अष्टेलियामा अध्ययन गरेका डा. छबिलाल थापाको साथमा रहेर अध्ययनको क्रममा लोपन्मुख राजगोमन मृत भेटाएका थिए । चितवनको मध्यवर्ती राष्ट्रिय निकुञ्ज क्षेत्रको डा. देवप्रसाद पाण्डेका समुहमा बसेर समेत उनले अनुसन्धान गरेका छन । जुन युकेको ईथ्नोबायोलोजी इथ्नोमेडिसिन जर्नलमा प्रकासित भएको थियो । यो अध्ययनले त्यस क्षेत्रको जनसमुदायमा सर्पको जनचेतनाका स्तरको बारेमा जानकारी दिएके थियो ।
उनी सर्प संरक्षणका बारेमा सैद्धान्तिक र ब्यवहारिक तालिमहरु, विषालु र अविषालु सर्पहरु छुटाउने, सर्पको आनीबानी र बासस्थानको बारेमा जानकारी, प्राथमिक उपचार र लक्षणबारे जानकारी, सर्पदंशबाट बच्ने उपायहरु, सर्पसंरक्षणको वातावरणमा महत्व, सर्पसम्बन्धी जनमानसमा भएको गलत धारणाहरु चिर्ने, नेपालमा सर्पदंशको अवस्था, नेपालमै एन्टीस्नक भेनम उत्पादनका सम्भावनाका विषयमा स्थानियस्तरका बासिन्दालाई बुझाउदै र सरकारलाई समेत सर्प संरक्षणमा उपयोगी हुने नीति बनाउन सहयोग हुने गरि बलियो अध्ययनपत्रहरु तयार गरेका छन । सर्पको वातावरणसंगको महत्व, आर्थिक महत्व बुझन र बुझाउन जरुरी रहेको उनी बताउछन ।
समुदायमा मानव र सर्पको द्धन्द्ध घटाउन सके सर्प संरक्षण गर्न सहज हुने उनको दाबी छ । बढदो शहरीकरण, औधोगिकरण र वनविनासले अन्य जीवजन्तुहरुका साथै सर्पको बासस्थानमा असर पर्न गई मानिस र सर्प बिचको द्वन्द्ध बढेको उनको तर्क छ । समुदायमै गएर क्षमता विकास तालिम, विद्यालय र कलेजहरुमा सर्वेक्षण तथा जनचेतनामुलक कार्यक्रम, स्नेक टङ्ग चलाउने तालिम र वितरण, रेडियोमा जनचेतनामुलक कार्यक्रम, उद्धार तथा पुर्नस्थापना गर्ने काम उनले गरेका छन । रुपन्देहीको लुम्बिनी, धकधई र शंकरनगर बनबाटिका तथा अनुसन्धान केन्द्रमा गरि ३ वटा सर्पदंश सुचना केन्द्र स्थापना गरिएको उनले बताए । पर्यावरणीय, धार्मिक, चिकित्सकीय महत्व रहेकाले पनि सर्पलाई जोगाउन जरुरी रहेको छ । सर्पले स–साना कीराफटयांग्रा, माछा, भ्यागुता, छेपारो, चरा र स्तनधारीहरुको आहार गर्दछ भने चिल, बाजÞ, न्याउरी मुसो आदि प्राणीहरुले सर्प र तिनीहरुको अण्डा आहार गर्दछन । यसरी नै इको सिस्टम सन्तुलन रहने उनको तर्क छ ।
सर्पले प्रत्यक्ष वा अप्रत्यक्ष वातावरण र जीवजन्तुहरुलाई फाईदा नै पुर्याइरहेको उनले बताए । बर्षेनी लाखौँ रुपैयाँ बराबरको बालीनाली नष्ट गर्ने मुसा र अन्य कीराफटयांग्रा मार्न किसानहरुले बिभिन्न विषादी प्रयोग गर्छन । सर्पले यी मुसा र कीराफटयांग्रालाई दिने भएकाले किसानको उत्पादन र विषादी प्रयोगमा कमी ल्याई वातावरण जोगाउन पनि मद्दत पुर्याइरहेको उनको तर्क छ । सर्पको बिषको उपायोग सबैभन्दा महत्वपूर्ण रहेको छ । अहिले विदेशबाट ठुलोमात्रामा वर्षेनी एन्टीस्नेक भेनम भित्रने गर्दछ । सर्पको विषबाट नै नेपालमा नै एन्टीस्नेक भेनम सेरम बनाउन तर्फ सरकारले नीतिगत तैयारी गर्नुपर्ने उनको तर्क छ । चिकित्सकीय महत्वका कारण पनि सर्पलाई जोगाउन जरुरी देखिन्छ । न्युरोटक्सिन बिषबाट बनाइएका औषधीहरु मस्तिष्कको चोट, स्ट्रोक, मानसिक तनावको उपचारका साथै पीडा कम गर्ने औषधीको रुपमा प्रयोग हुन्छ । यसैगरि हेमोटक्सिन बिषबाट बनाइएका औषधीहरु हृदयघात र रक्तचाप सम्बन्धि उपचार गर्न प्रयोग गरिन्छ । ईन्टरनेश्नल युनियन फर कन्र्जरभेन फर नेचर (आई यु सिएन) अन्तरगतको स्पेसिज सरभाईभर कमिसनको बायो एण्ड पाईथन विशेषज्ञ समुहका सदस्यसहित आधा दर्जन बढि अन्तराष्ट्रिय संघसंस्थाहरुमा उनको आवद्धता रहेको छ ।
सर्पले मानिसलाई पेट भर्नका लागि नभई आफ्नो बचाउ गर्न टोक्ने गर्दछ । सर्पले प्रतिरक्षा आक्रमण गर्दछ । सर्पले आफुलाई खतरा महशुस भएमा मात्र मानिसलाई टोक्ने वा आक्रमण गर्ने हो । सर्पलाई समात्न खोज्दा, जिस्क्याउँदा वा मार्न खोज्दा प्रायजसो सर्पदंशको घटना हुने गर्दछ । सर्पले मानिसलाई आक्रमण गर्छु वा टोक्छु भनि कुरेर बस्दैन, तिनीहरु मानिसलाई देख्दा त सकेसम्म भाग्ने गर्दछ । सर्पको प्रकोप देखापर्ने अहिलेको सिजनमा उनि ‘सर्प बचाऔ, प्रकृति जोगाऔ ’ भन्ने नारासहित रुपन्देहीका गाउगाउमा पुगेका छन । गत वर्षदेखि नेपाल टक्सिनोलोजी एशोसियसनको सहयोगमा शुरु भएको अभियानमा रुपन्देहीका विभिन्न १० समुदायमा सर्प पहिचान गराउने तालिमका साथै स्नेक टङ्ग वितरण गरिरहेका छन । अभियान अन्तरगत रुपन्देहीका ग्रामिण भेगका ३० विद्यालयमा समेत सर्प सम्बन्धी सर्वेक्षण तथा जनचेतनामुलक कार्यक्रम गरिएको छ ।