© २०२३
बुटवल, १५ फागुन । बैंक तथा वित्तीय समस्याको विरोधमा सुदुर पश्चिम प्रदेशका ९ वटा जिल्लामा दैनिक बजार बन्द हुने गरेको छ ।
उद्योग बाणिज्य संघ प्रदेशको अगुवाईमा बैंक तथा वित्तीय समस्या समाधानमा सरकारलाई दबाब दिने उद्देश्यले प्रदेशका ९ वटै जिल्लाका बजार दिनहुं बिहान ११ बजेसम्म बजार बन्द हुने गरेको हो ।
चर्को ब्याज दरका कारण उद्योग व्यवसाय धराशायी हुन लागेकाले ब्याज दर एक अंकमा घटाउन सरकारलाई दवाव दिन फागुन २० सम्म प्रदेशभर बजार बन्द गर्न शुरु भएको कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्प कुंवरले जानकारी दिए ।