© २०२३
पाणिनि गाउ“पालिकामा नया“ ट्रयाक खोल्ने सडक छैनन् । ९ वटै वडाका टोलैपिच्छे सडक सञ्जालले जोडिएको छ । पालिकाले नया“ सडक खन्न बजेट छुट्टाएको छैन । भैरहेका मुख्य सडकको स्तरोन्नती गर्न गाउ“सभाबाट २२ करोड विकास बजेट मध्ये तीन करोड ३७ लाख रूपैया“ बजेट छुट्टाइएको छ । घुम्ती–पाल्पा, ढोरपाटन, पणेना–खिदिम–भन्ज्याङ, धातीवाङ–डा“डाकटेरी, सतिनेटा–चिवेक, भ्रतापुर–दुर्गाफा“ट, खुर्साने–भ्रतापुर–हल्दे–मन्द्रे र फर्सुवा–बा“साका रुख–भन्ज्याङ पालिका भित्रका मुख्य सडक हुन । सन्धिखर्क, पाल्पा तानसेन र कपिलवस्तुको सालझण्डीले पाणिनि सहरस“ग जोडेको छ ।
वडाका टोलैपिच्छे सडक सरकारी बजेट र प्रायः घरैपिच्छे रेमिट्यान्स, चन्दा उठाएर र अन्य आम्दानीबाट निर्माण भएका छन् । त्यस्ता सडकमा सार्वजनिक सवारी खासै चल्दैनन् । व्यक्तिगत प्रयोजनको लागि काम लाग्छन् । बिरामी पर्दा घर अगाडि नै एम्बुलेन्स र गाडी आउ“छन् । बेलैमा अस्पताल पुग्न धेरै सहज भएको छ ।
मुख्य सडकमा अहिले पनि नियमित गाडी चल्छन, ‘झरी पर्दा हिलोले गाडी चिप्लिने खतरा, भेलले बाटो खोलेर खाल्डाखुल्डी पार्ने भएकाले वर्षामा त्यति सहज हु“दै, सबै कच्ची बाटा हुन पालिका अध्यक्ष अच्युत गौतमले भने । विगतमा एउटै मोटरबाटा निर्माण गर्न वर्षौसम्म मोटो रकम खर्च भयो । सडक माथि र तलबाट पहिरो जा“दा हैरानी थियो । दुवैतर्फ अहिले त्यस्तो असहज छैन । सडकको धेरै ठाउ“मा पहिरोको डर छैन । ग्रेड नमिलेका स्थानमा मिलाउने, दुरी छोटा पार्ने, सडकको नाली काट्ने, तलपट्टी गाली र वाल लगाएर मर्मत गर्न उक्त रकम खर्च गरिने उनले बताए । पहिला मुख्य सडकमा हिलो र धुलो मुक्त गरी नमूना पालिका बनाउने योजना अघि सारेको उनले बताए । सडक चिटिक्क पाछौं । सरर गाडी गुड्ने बनाइन्छ । सडक खनेको धेरै वर्ष पुरानो भएपछि तल माथि पहिरो जाने र भत्किने संभावना हु“दैन ।
तल माथि पहिरो रोक्ने रुख रोपिँदैछ । धेरै सडकमा ग्रेड नमिलेका र नाली छैनन । भलले खोलेर वर्षेनी हैरानी पर्छ । नाली बनाएपछि पानीको भेल बाटोमा आउ“दैन, त्यसपछि सडक खाल्डाखुल्डी हुने र भत्कने हु“दैन, उनले भने । अब एक पटक राम्ररी वाल, जाली राख्ने र नाली काटेर बनाएपछि फेरी बारम्बार एउटै सडकमा मोटो रकमको बजेट खर्च गर्न नपर्ने गरी मर्मत गरिने गौतमले बताए । गाडीमा तरकारी, दूध, मसलाबाली लगायत वस्तु बजार पुग्दा कृषितिर लाग्ने युवाको संख्या वर्षेनी बढदो छ, उनले भने ।
वडाका सडकलाई पनि मर्मतै गर्न बजेट विनियोजन भएको छ । वडाले आफनै ढंगले बजेट छुटाएका छन । पालिकाले मुख्य सडक मर्मत संभार, अघिल्ला वर्षमा निर्मँण सम्पन्न हुन बा“की रहेका सडकको काम पुरा गर्ने र वडाले आफनै सडकको काम गर्ने गरी योजना अघि सारिएको छ । पहिले मुख्य सडकको स्तरउन्नती, पीच र ग्राभेल गर्ने रणनीति पालिकाको छ । नया“ सडक निर्माणको लागि भत्काउने भन्दा पनि भएकाको मर्मत गर्नेतिर ध्यान रहेको उनले बताए ।
तीस वर्ष पहिले गाउ“मा खासै सडक थिएनन । सदरमुकाम आउन दिनभर पैदल हिडनुपथ्र्याे । बिस्तारै सडक सञ्जालले सहरस“ग गाउ“ जोडिएपछि बेग्लै रौकन छ । सडक भएपछि सवारी गाडी चल्छन, घण्टै पैदल हिँडेर पुगिने गन्तव्यमा छिनभरैम पुगिन्छ । गाउ“मा उत्पादन भएका वस्तुबजार जान थालेपछि आम्दानी भित्रिन थालेको उपाध्यक्ष लक्ष्मी गौतमले बताए । सडक हरेक कुराले अत्यावश्यक छ, उनले भनिन, विरामीलाई छिटो अस्पताल लैजान, गन्तव्यमा छिटो पुग्न र गाउ“ सहरस“ग जाडिनु विकासको महŒवपूर्ण हो । पहिले गाउ“ले मिलेर कोदालो, गैली, घन र बेल्चा सहित घरेलु हतियारले महिनै दिन खटेर सडक खनेका थिए । अहिले डोजर र स्काभेटरले बाटा खनिएका छन् ।
तीन वर्ष अघि पणेनाको सिम्लेमा बाटो थिएन । पोखराथोकमा मोटर आएको केही वर्षपछि सिम्लेमा सडक खनियो । गाउ“मा मोटर आएपछि स्थानीय औधि खुसी थिए । सिम्लेबाट सदरमुकाम सन्धिखर्क र पाल्पाको तानसेन नियमित गाडी चल्न थालेपछि चिरञ्जीवी पौडेल घरमै बसेर कृषिकर्मतिर लागे । विदेश जान छाडे । बाबुबाजेले इष्टमित्रकहा“ पाहुर लैजान र घरमा खान दुई चार वटा सुन्तलाका बोट थिए । बिक्री हुन थालेपछि खेती बिस्तार गरे । अन्न उत्पादन हुने खेतबारीमा अहिले सुन्तला खेती छ । ‘मोटर चलेपछि हाम्रा सुन्तला बिक्री हुन थाले, खसीबोका, अन्नपात र तरकारी बजार जान थालेपछि म कृषितिर लागे,’ उनले भने, ‘सुन्तलाका बोट भित्र मसलावाली र तरकारी खेती छ । वर्षमा सात लाख रूपैया“ बचत गरेको छु ।’ विहानै तानसेन बस र जिप चल्छन । तरकारी र सुन्तला गाडीमै पठाइन्छ । व्यापारीले बेलुका गाडीमै पैसा घर पठाइदिन्छन, उनले भने ।
पाणिनिबाट १२ सय लिटर दूध तानसेन, तरकारी र दालचिनीका पात र बोक्रा गाडीबाटै जान थालेपछि उत्पादन गरेर आम्दानी भित्राउनेको होडबाजी नै छ । ‘किसानको दूध, तरकारी लगायत उत्पादित वस्तु बजार पु¥याउन वर्षामा नियमित गाडी गुडाउन बाटो मर्मत गर्न लागिएको हो,’ पालिका उपाध्यक्ष गौतमले भनिन, ‘घरमै बसेर मनग्य आम्दानी भएपछि विदेश जान छाडेर धेरैले कृषि गरेका छन ।’ कृषि, पशुपालन र उत्पादनबाट आत्मनिर्भर पालिका बनाउन कृषकले उत्पादन गरेको वस्तु सहजै बजार पठाउन सडक सरर चल्ने हुनुपर्छ, तब कृषि क्रान्ति फस्टाउ“दै जान्छ, उनले भनिन । मुख्य सडक पनि विस्तारै सहायक र टोलैपिच्छेका सडकको स्तरोन्नती र पीच गर्ने दिर्घकालिन योजना पालिकाको छ । पाणिनिमा ६ हजार पा“चसय घरदुरी छन् ।
खिदिमका रामु न्यौपानेले सदरमुकाम र पाणिनिमा जिप चलाउ“थे । चालक पेश छाडी दुर्गाफा“टमा भैसी पालेका छन । उनी सहित २२ जना युवा सहकारीमा आबद्ध भएर दूध उत्पादन गरेका छन । चार सय लिटर दूध दैनिक बसले तानसेन लैजान्छ । दूध बेचेर वर्षमा तीन लाख आम्दानी गर्ने उनले बताए । गाउ“को उत्पादित वस्तु गाडीले बजार नपु¥याएको भए, म विदेश हुन्थे होला, उनले भने । भिसा रद्द गरेर पशुपालन र तरकारी उत्पादनमा लाग्ने युवाको संख्या वर्षेनी बढदो रहेको उनले बताए । विदेश भन्दा धेरै पैसा गाउ“मै कमाएपछि किन जानु परो, उनले भने ।à