© २०२३
रूपन्देहीका स्थानिय तहमा रहेको न्यायिक समितिका पदाधिकारी, कर्मचारी तथा सदस्यहरूलाई नयाँ मुलुकी ऐन (मुलुकी देवानी संहिता) भित्र रहेको दुस्कृति(टिओआरटिएस)को विषयमा तालिम प्रदान गरिएको छ ।
व्यवसायीक वकिल समाज बुटवलको आयोजना र जिल्ला संमन्वय समिति रूपन्देहीको संयोजनमा बुटवलमा तालिम प्रदान गरिएको हो । रूपन्देही जिल्लाका १६ वटा स्थानिय तहका उप प्रमुख, उपाध्यक्ष सहित न्यायिक समितिमा कार्यरत कर्मचारीहरूको तालिममा सहभागीता रहेको छ । शुक्रवार तालिमको जिल्ला समन्वय समितिका प्रमुख एकराज विश्वकर्माले शुभारम्भ गरे । तालिम शुभारम्भ कार्यक्रममा बोल्दै जिसस प्रमुख विश्वकर्माले पछिल्लो समयमा आएको अन्यौलता चिर्नको लागि यस्तो प्रकृतिको तालिमले मुख्य भुमिका खेल्ने बताएका थिए । तालिममा मुलुकी संहिता भित्र व्यवस्था गरेको दुस्कृतिको विषयमा विद्यवारिधी गरेका कञ्चनपुर जिल्ला अदालतका न्यायाधिष डा. राजेन्द्र कुमार आचार्यले सहजीकरण गरेका छन् ।
व्यवसायीक वलिक समाज रूपन्देहीका अध्यक्ष कमल प्रसाद मलेगोले नयाँ संहिता आएपछि यस विषयमा देशभरबाट कुनै पनि मुद्धा नपर्नुको कारण यस विषयषयमा जानकारी कै अभाव भएकोले यस किसीमको तालिम आयोजना गरिएको जानकारी दिए । नेपालमा नयाँ मुलुकी संहिताको वि.स. २०७५ भदौ १ गते बाट कार्यान्यवनमा आएको छ । यस विषयमा अहिले पनि अन्यौलता कायम रहेको व्यवसायी वलिक रूपन्देहीका सचिव लेखनाथ ढकालले जानकारी दिए ।