ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

मोतिपुर औद्योगीक क्षेत्रमा आशय पत्र माग

३१ असार २०७५, आईतवार
३१ असार २०७५, आईतवार

डायलसन अधिकारी
बुटवल, ३० असार । सरकारले देशभरी निर्माण गर्न लागेका औद्यागिक क्षेत्रमा उद्योग राख्न इच्छुक उद्योगिहरुबाट आशयपत्र माग गरेको छ ।
सरकारले रुपन्देहीको मोतपुर, बाकेको नौवस्ता सहितका औद्योगिक क्षेत्रमा उद्योग राख्न चाहने इच्छुक उद्योगिहरुलाई एक महिना भित्र आशय पत्र पेश गर्न आग्रह गरेको छ ।
सरकारबाट औद्योगिक क्षेत्रको निर्माण तथा अध्ययनको जिम्मेवारी पाएको नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले असार २० गते सुचना प्रकाशित गरी एक महिना भित्र इच्छुक उद्योगिहरुलाई लिमिटेड मातहतका औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय मार्फत वा सोझै इमेल मार्फत आशय पत्र पेश गर्न उद्योगिलाई समय दिएको छ ।
व्यवस्थापन लिमिटेडले सुचना जारी गरेपछी देशभरी निर्माण गर्ने भनिएका औद्योगिक क्षेत्रमा उद्योग राख्न इच्छुक उद्योगिहरुले व्यापक रुचिका साथ फोन गर्ने गरेको र बिभिन्न स्थानबाट मेल समेत आइरहेको लिमिटेडका ईञ्जिनीयर अमृत शाहीले जानकारी दिएका छन ।
मोतिपुर सहित केही औद्योगिक क्षेत्रको बिस्तृत अध्ययन प्रतिवेदन तयार भएपनि अधिकांशको बनाउन बाकि रहेकाले ती क्षेत्रमा प्रतिवेदनका लागि पनि आशय पत्रले सहयोग गर्ने उनले बताए । लगानी कर्ताले कस्ता उद्योग स्थापना गर्न खोजिरहेका छन, कस्ता उद्योगको सम्भावना छ र उद्योगको माग कस्तो छ भन्ने कुराबाट आशय पत्रबाट स्पष्ट हुने शाहीले बताए ।
रुपन्देहीमा बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ, घरेलु तथा साना उद्योग महासंघ लगायतका सस्थाले पनि इच्छुक उद्योगिका आशय पत्र संकलन गर्ने गरेका छन । उद्योग वाणिज्य संघ र उद्योग संघले छुट्टाछुट्टै सुचना निकाली उद्योगिहरुलाई उद्योग स्थापनाका लागि आशय पत्र पेश गर्न आग्रह गरेका छन । यि दुबै सस्थामा अहिले दैनिक बुझन २०।२५ जना र आशय पत्र पेश गर्न ८।१० जना उद्योगि व्यवसायी आउन लागेका छन ।
बुटवल उद्योग वाणिज्य संघबाट शुक्रवारसम्म १ सय ४० वटाले आशय पत्र लगेको र २५ वटाले भरेर बुझाएको संघका अध्यक्ष खिम बहादुर हमालले बताए ।
त्यस्तै रुपन्देही उद्योग संघबाट डेढ सय जतिले आशय पत्र लगेको र १९ जनाले बझाईसकेको अध्यक्ष गणेश अधिकारीले बताए ।
रुपन्देहीमा जग्गा महंगो भएकाले मेसिन तथा उपकरण र भवनमा भन्दा जग्गामा बढी लगानी लाग्ने भएकाले औद्योगिक क्षेत्रमा सरोकारवालाको बढी आकर्षण देखिन्छ । मोतिपुर औद्योगिक क्षेत्रको समेत फोकल प्रशनका रुपमा काम गरीरहेका बुटवल औद्योगिक क्षेत्रका प्रवन्धक तुल बहादुर रानाले उद्योग गर्न चाहने उद्योगिहरुले औद्योगिक क्षेत्रको बुटवल कार्यालय र केन्द्रमा समेत सोझै इमेल मार्फत आशयपत्र पेश गर्न सक्ने बताए ।उनले दैनिक १२। १५ उद्योगिले फोन मार्फत आफुसंग दिनहु जानकारी लिइरहेको समेत बताए ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रवन्धक तथा कार्यकारी अध्यक्ष नन्द किशोर बस्नेतले पनि अन्यत्रको तुलनामा मोतिपुरबाट प्रारम्भमा धेरै आशयपत्र आईरहेको र माग पनि बढी भएको बताए । उनले वातावरणीय प्रभाव मुल्यांकन गर्दा सम्वन्धित क्षेत्रमा कस्ता उद्योग स्थापना हुन्छन र तिनको प्रभाव कस्तो हुनछ भन्ने अध्ययन गर्न पनि आशय पत्र सहयोगि हुने बताए ।
औद्योगीक क्षेत्रमा २ करोड लगानी
मोतिपुरमा औद्योगिक क्षेत्र स्थापना गर्दा प्रति हेक्टर साढे २ करोड लगानी लाग्ने भएको छ ।
औद्योगिक क्षेत्रको बिस्तृत अध्ययन प्रतिवेदनले औद्योगिक क्षेत्र भित्र आवश्यक सबै भोतिक पुर्वाधार तयार गर्दा प्रतिहेक्टर साढे २ करोड रुपैया लगानी लाग्ने देखाएको हो ।
प्रतिवेदनमा ५ सय ५० दशमलव ४९ हेक्टर क्षेत्रफल देखिएको मोतिपुरमा सडक, ढल निकास,बगैचा, बिद्युत, पानी, प्रशासनिक भवन लगायतका क्षेत्रलाई छुट्याएर २ सय ६२ उद्योग राख्न सकिने उल्लेख भएको लिमिटेडका ईञ्जिनीयर अमृत शाहीले जानकारी दिए । उनका अनुसार सरदर एउटा उद्योगलाई ५ रोपनी जग्गा छुट्याइने छ ।
मोतिपुर औद्योगिक क्षेत्रमा एउटा ४ लैण्डको सडक र दुई वटा दुई लैण्डको सडक, ३० मेघावाट बिद्युत, २० लाख लिटर क्षमताको खानेपानी ट्यांकी सहित आधुनिक औद्योगिक क्षेत्रका लागि आवश्यक पुर्वाधार तयार गरीने छ ।
बिस्तृत अध्ययन प्रतिवेदनले मोतिपुरमा खाद्यान्न, डेरी, आयुर्वेदीक औषधि, सोलार, मेटल, फर्निचर, आईटी सफ्टवेयर, केवल तथा टान्सफर्मर, प्याकेजिगं उद्योगको सम्भावना बढी रहेको देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?