ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

वडा प्रहरी कार्यालयको ‘बुटवल शुन्य ड्रग जोन’ बनाउने योजना

२९ कार्तिक २०७५, बिहीबार
२९ कार्तिक २०७५, बिहीबार

वडा प्रहरी कार्यालय बुटवलले बुटवल सहरलाई ‘नो ड्रग जोन’ अर्थात लागूऔषध निषेध, सून्य प्रयोग हुने स्थान बनाउने गरी नयाँ रणनीतिक योजना अगाडि बढाएको छ । रूपन्देहीको मुख्य सहरको रूपमा रहेको बुटवल अहिले प्रदेश नम्बर ५ को अस्थायी मुकाम समेत हो ।
बुटवलमा खासगरी नवलपरासी जिल्लाको सुनवल हँुदै रूपन्देहीको देवदह लगायतका स्थानहरूबाट बुटवलमा लागूऔषधको नयाँ कारोबारी हुने सूचनाको आधारमा प्रहरीले उक्त योजना अगाडि बढाएको हो ।
भारतीय सिमा नाका वेलहियाबाट त्यहाँ वडा प्रहरी कार्यलय अञ्चल पुर लगायत बीच विचमा प्रहरी कार्यालय र विट परिचालन भएको कारण वेलहियाबाट अहिले केही कम मात्रामा बुटवल लगायतका स्थानमा लागू औषधको कारोवार हुने गरेको प्रहरीको भनाइ रहेको छ । तर पछिल्लो समयमा नवलरासीका विभिन्न नाकाहरू हुँदै बुटवलमा लागूऔषधको ट्रान्जिट पोईन्टको रूपमा बुटवल विकास हुँदै गएको कारण यसलाई निस्तेज पार्न शुन्य सहनशिलताको अभियान अगाडि बढाइको वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रमुख प्रहरी निरिक्षक हेम बहादुर के.सी.ले जानकारी दिए । उनका अनुसार कुनै पनि अपराधजन्य घटनालाई शुन्यमा झार्ने गरी प्रहरीले नयाँ रणनीतिक योजना सहित टिम परिचालन गरेको बताएका छन् । उनले भने–‘अव प्रहरीले एउटा टिम नै बनाएर यस विषयमा लागेको छ । हामी आफ्नो लक्ष्यमा पुगेर छोड्छौं । महिला हिंसा, घरेलु हिंसा, लगायत लागूऔषध प्रयोगलाई शुन्यमा झार्ने गरी नयाँ योजना बनाएर अगाडी बढेको उनको भनाइ रहेको छ ।वडा प्रहरी कार्यालय बुटवल गगतग असोज २४ गते देखि हाल सम्म गरेका कार्यहरुको बारेम जानकारी दिन आयोजना गरिएको सञ्चारकर्मी भेटघाट कार्यक्रममा उनले ३४ वटा विभिन्न घटनामा सफलता प्राप्त गरेको बताएका छन् । यो समयमा उनले खासगरी टिप्पर विल, विना हाल सम्म चल्दै आएकोमो कारवाहीको सुरुवात गरेका थिए । ३ सय वटा टिप्पर नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि उनले जिल्ला संमन्वय समितिमा पठाएका थिए ।
यस्तै जवरजस्ती करणी गर्ने स्याङजा गल्याङ स्थायी घर भई रुपन्देहीमा बस्दै आएकी एक महिलाललाई करण गर्ने रुपन्देही देबदह नगरपालिका वडा न. १० बस्ने बर्ष ३५ को उदय थापालाई आवश्यक कारवाहीको लागि पठाइएको छ ।
यस्तै असोज महिनामा वडा प्रहरी कार्यालय रामनगरले बुटवल ९ स्थित मिलनचोक बस्ने किरण गौचनलाई अपशब्द बोल्ने, धाकधम्कि दिएकाले लक्ष्मीनगर बस्ने शुसिल वाग्ले लाई आवश्यक कारबाही गर्न ईप्रका बुटवल पठाएका छन् भने असोज २५ गते बुटवल ९ बसपार्कमा बुटवल ९ बस्ने हेमन्त तुलाचन तथा रोहन बुढाथोकीको खल्तीबाट १ ग्राम ब्राउनसुगर फेला परेकोमा आवस्यक कारवाहीको प्रक्रिया अगाडी बढाएको छ ।
बुटवल १२ ढवाहबाट नवलपरासी डेढगाउँ का प्रदिप भट्टराईको घरमा खानतलासी गर्दा बिभिन्न कम्पनीका मोवाईल थान – १६ ,नगद १,८५,०००र ,तथा ला.औ ब्राउन सुगर ३ ग्राम फेला पारेको थियो ।
२६ गते नै देबदह १० भलुही बस्ने बर्ष २४ को बिजय तामाङको साथबाट २ ग्राम, िसानु श्रेष्ठको साथबाट ५ ग्राम लागु औषध बरामद गरी सोधपुछ गर्दा उक्त लागु औषध लु.१ ज. ३१२३ नम्वरको ट्याक्सी चालक जिल्ला रुपन्देही बुटवल ११ बस्ने बर्ष २८ को बले थापाले सप्लाई गरेको भन्ने खुल्न आएको ले कारवाहीको लागि पठाइएको छ ।
२७ गते गते राती जिल्ला रुपन्देही देबदह नगरपालिका वडा न. १० बड्डाडा बस्ने एक महिलालाई सोही ठाउका सुरेश दमै परियारले कोठाको ढोका फोरी जजक उधोग गरी भागेकोमा निजको खोज तलास गरी आवस्यक कारवाहीको प्रक्रिया अगाडी बढाइको छ ।
असोज २९ देवदह नगरपालिका वडा नं. ८ घोडेखोला बाट नदीजम्य पदार्थ बालुवा लु २ त ८०३० र लु ३ त ८९०३ नं. को ट्याक्टरमा अबैध रुपमा लोड गरिरहेको अबस्थामा पक्राउ गरि आवश्यक कारबाहीको लागी जिल्ला सम्वन्यन रुपन्देही पठाईएकोमा रु. ५०००० (पचास हजार) जरिवाना समेत गराएको छ ।
कात्तिक ५ गते राती देबदह बस्ने बर्ष १५ एक महिलालाई बर्ष ३२ को भबिलाल जैसी शर्माले करणकी गरेकोमा नियन्त्रण्मा लिई कारवाही अगाडी बढाएको छ भने कात्तिक ८ गते निसकेको गस्ती टोलीले जिल्ला रुपन्देही बुटवल– ९ बन कार्यालय स्थितमा जिल्ला तनहु शुक्ला गण्डकी नगरपालिका वडा न. ४ बेलचौतारा बस्ने बर्ष १८ को शंकर सुनारलाई चेक जाचँ गर्दा निजको साथबाट सेरिज्याक ५६,नुफिन ५६ र फेनारगन ५६ थान लागु औषध फेला पारी आवस्यक कारवाहीको लागी प्रक्रिया अगाडी बढाएको छ ।
यस्तै वडा प्रहरी कार्यालय रामनगरले वेवारीसे वालक लाई उद्धारका साथै मापेस गरी सवारी साधान चलाउने २६ जनलाई कारवाही र घरेलु मदिरा १ सय ५० लिटर पनि कात्तिक महिनामा नियन्त्रण्मा लिई नष्ठ गरेको छ ।
यस्तै जुवा तासमा पनि प्रहरीले बुटवल ८ सुख्खानगर स्थित रेनुका थापाको घरमा निम्न मानिसहरु जुवातास खेल्दै गरेको अवस्थामा फेला पारी कृष्ण थापा साथमा ६०००।– बेदराज खनाल १५०००।– बेद थापा १४०००।– घनस्याम बस्याल , सिमा शाही लाई पक्राउ गरी कारबाहिको लागी ईप्रका बुटवल पठाईएको छ ।
जुवा तासमा नै रुपन्देही देवदह नगरपालिका २ ,६ नं.टोल स्थितमा रोजिना थापाको कोठामा जुवातास खेल्दै गरेको अबस्थामा फेला पारी जम्मा रु ५९,०८५ रकम सहित जुवा खेल्ने मोति ब.सेजवाल,मिन ब. तामाङ, भिम ब. सुवेदी, भोज ब. बोहोरा, डम्मर ब. गुरुङ तथा मोहन पौडेल,तथा रोजिना थापा समेत लाई पक्राउ गरी कारबाहीको लागी ईप्रका बुटवल पठाएको छ ।
यस्तै कात्तिक महिनामा लागू औषधको मा काठमाण्डौ काठमाण्डौ महानगरपालिका वडा नं. १४ कंलकी बस्ने बर्ष ३१ को अजय सुनारको शरिर खानतलासी गर्दा लागु औषध बरामद भएको भई कारबाहीको लागी ईप्रका बुटवल पठाईए छ यस्तै लागु औषमा नै कास्की पोखरा लेखनाथ महानगरपालिका वडा नं. १७ बिरौटा बस्ने बिनोद सुनार
भने, उदयपुर त्रियुगा नगरपालिका वडा नं. ७ बस्ने बर्ष २५को मनोज कार्की पनि सोही कारण फक्राउ परेका छन् ।
भारत बिपीगंज स्थायी वतन भई जिल्ला रुपन्देही बुटवल स्थितमा कवाड उठाई हिड्ने बर्ष १८ को संजय कुमारले मोवाईल बरामद गरि ईप्रका बुटवल पठाईएको छ ।
यस्तै कात्तिक २१ गते जिल्ला रुपन्देही देवदह नगरपालिका वडा नं. ३ सुर्यपुरा स्थित लोकराज भारतीको बैठक कोठामा जुवातास खेलिरहेका लोकराज भारतिको साथबाट ८२१०।– चण्डी प्रसाद भट्टराई २९,१००।–महेश्वर प्रसाद चौधरी २८,०००।– डिल बहादुर रोक्का ४९२०।– रमेश बिष्ट ७१७३०।–रकम सहित बरामद भएकोले ईप्रका बुटवल पठाईएको छ भने
सोही दिन नैरुपन्देही तिलोत्तमा नगरपालिका वडा नं. ४ अमर सिंह पथ बस्ने बर्ष ४८ कमला आचार्यले ऐ.ऐ बस्ने डम्मर कुमारी न्यौपाने र ऐ.ऐ. बस्ने ललिता के.सी.लाई बोक्सीको आरोप लगाई ज्यान मार्ने धम्की दिएकोले कारबाहीको लागी ईप्रका बुटवल पठाइएको छ ।
सोही दिन गाली बेईजेती मुद्दाका फरार अपराधी जिल्ला रुपन्देही बुटवल १८ बस्ने अगरु थारुको छोरा बर्ष ५९ को ठुलो थारुलाई पक्राउ गरी सम्मानित जिल्ला अदालत, सिद्धार्थनगर भैरहवा रुपन्देही पठाईएको छ ।
सोही दिन नै गते नै रुपन्देही देवदह नगरपालिका वडा नं. ४ भवानीपुर स्थित लक्ष्मण सारुको घरमा जुवातास खेलिरहेका बिबेक तामाङ, सागर नेपाली,सुनिल नेपाली,लक्ष्मण सारु,राम बहादुर थापा,चन्द्र बहादुर थापा बाट ३८४५ रकम सहित बरामद भएकोमा कारबाहीको लागी ईप्रका बुटवल पठाईएको छ ।
कात्तिक २४ गते देवदह वडा नं. ७ शितलनगर बस्ने बर्ष ३० को सुरज श्रेष्ठको खानतलासि गर्दा ५०० मिली ग्राम ला.औ बरामद गरेको छ । तिलोत्तमा नगरपालिका वडा नं. १ शिवचोक बस्ने ओम बहादुर घर्तिको श्रीमति रुपा घर्ति र निज रुपालाई लिएर हिडेको दिल बहादुर पौडेललाई पक्राउ गरी कारबाहीको लागी ईप्रका बुटवल पठाईएको छ ।
कात्तिक २६ गते तिलोत्तमा नगरपालिका वडा नं. ३ बस्ने बर्ष ४३ को थानेश्वर गिरीलाई निजकै घरमा संजय गिरीले कुटपिट गरेको हुँदा कारबाहीको लागी ईप्रका बुटवल पठाईएको छ भने रुपन्देही देवदह नगरपालिका वडा नं. ९ र १० अन्तर्गत पर्ने भलुही खोलामा बिषादी प्रयोग गरि माछा मारि रहेका कमल नेपाली,गणेश बराई मगर, गोबिन्द पौडेल,ललित दर्जी,कृष्ण नेपाली,शकर थापा लाई पक्राउ गरि ईप्रका बुटवल पठाईएको छ।
स्कुटर चोर गर्ने मिलन परियार बुटवल २ हाटबजार स्थित शाक्य होटल सञ्चालन गर्दै आएका संचालक बर्ष ६२ को राम कुमार श्रेष्ठको होटलबाट १ किलो,१०० ग्राम गाँजा बरामद भएको कारबाहीको लागी ईप्रका बुटवल पठाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?