© २०२३
मालारानी गाउ“पालिका–५ का विष्णुबहादुर कार्कीको ध्यान अहिले गाई र भैसीबाट दूध धेरै कसरी झर्नेमै छ । कतारमा छ वर्ष बित्यो । फेरी जान बनाएको राहदानी मधुस (काठको बाकस) भित्र छ ।
बावुबाजेका पालादेखी गोठमा दुहुना भैसी र गाई प्रायः टुटदैनथे । दूध, मही, ध्यु र कुराउनी बनाएर खानमै ठिक्क हुन्थ्यो । दूध विक्री हुदैनथ्यो । छ वर्षे कतारमा बिताएर फर्किएपछि उनी दूध बिक्री गर्नेमा तल्लिन छन । उनी कतारमा रह“दा गोठका गाइभैसी र बाख्राको संख्या घटे । खेतबारी पनि बा“झिए, उत्पादन घटयो ।
युवा उमेर ढल्किनै लाग्दा कृषि कर्ममा होमिएका उनलाई भैसी पाल्ने र दूध बेच्ने कामले ब्यस्त बनाएको छ । ‘पहिला त दूध बिक्री हुदैनथ्यो,’ उनले भने, ‘अहिले त जति पनि बिक्री हुन्छ । बजारबाट फोन गरेर व्यापारीले दही, दूध, ध्यू अडर गर्छन ।’ कतारमा गर्ने श्रम आफै गाउ“मै गरेपछि पैसा कमाई यही रहेछ । हरियो बेमौसमी तरकारीको झनै माग छ । गाउ“मै सडक पूर्वाधार बनेर मोटर चलेपछि दूध र तरकारी बजारमा ल्याउन सहज छ । फेरी विदेश जाने र पहिलो पटक जाने सोचमा रहेका धेरै युवा कृषि कर्ममा जोडिएका छन । गाउ“मा बेग्लै रौनक छ । आर्थिक हैसियत पनि माथि उठदैछ ।
‘विदेश गएपछि के–के न हुन्छ भनेर बीचमै पढाई छाडेर पैसाको लोभमा गइन्छ,’ उनले भने, ‘सोचे जस्तो छैन विदेश । जहा“ पनि दुःख नगरी पैसा यत्तिकै फल्दैन ।’ गाइभैसी पालेर दूध बेच्न लागेको पा“च वर्षको अवधीमा उनलाई यतै जोश जागेको छ । उनको अनिल भैसी फर्ममा १८ भैसी र दस गाई छन । दैनिक एक सय दस लिटर दूध बिक्री हुन्छ । महिनामा खर्च कटाएर ७० हजार रुपैया“ बचत हुन्छ । गाइभैसी पाल्ने तरिका फरक छ । धेरै दूध दिने जर्सी गाइ र मुर्रा भैसी छन । गोठ सुधार र खानपानमा ध्यान बढी छ । सन्धिखर्क बजार देखी घरसम्म सात किमी दूरी छ । दैनिक बस, ट्रक र जिप चल्छन । मोटरसाइकलमा दूध र तरकारी बेच्न आफै दौडिन्छन । आम्दानी भन्दा जति सजिलो काम गरेर देखाउन पनि त्यतिै नै दुःख भएको उनले बताए । औषधि, उपचार, रोग लाग्न नदिन सचेत हुनुपर्छ, भकारो सफा सुग्घर, समयमै दाना, पानी, अन्न र घा“स खुवाउनुपर्छ ।’
‘म अब फेरी विदेश जान्न, भैसीगाई बढाउ“छु,’ उनले भने, ‘कृषिकर्ममै भविष्य रहेछ । तरकारी खेती विस्तार गर्छु ।’ उनी एउटा सफल पात्रका उदाहरण हुन । जिल्ला पशु सेवा कार्यालय र विभिन्न गैससले पशुपालनमा विभिन्न कार्यक्रम सञ्चालन गरेपछि परिणाम राम्रो देखा परेको छ । रेमिट्यान्सले थेगेको गाउ“ विस्तारै व्यावसायिक कृषिमा युवा लाग्न थालेका छन । धेरैजसो एक पटक विदेशबाट फर्किएका युवाले फार्म खोलेर गाइभैसी, कुखुरापालन, तरकारी खेतीमा सक्रिय छन ।
किमडा“डाका गिरीप्रसाद सापकोटा पनि ३२ महिना कतार बसेर फर्किएका हुन । तीन जर्सी गाई र एउटा मुर्रा भैसीले उनको आर्थिक हैसियत उकासिएको छ । त्यही बारी हो, वर्षदिन दुःख गरेर छ महिनालाई खान पुग्दैनथ्यो । गाइभैसी पाल्ने नौलो होइन । बावुबाजेका पालादेखी नै पालिन्थ्यो । एउटा भैसीले जति दूध दिएपनि मतलव नराख्ने, गोठमा गोबरको हिलोले नथुक्क भिजेको भैसी र कहिले पेटभर घा“स, कहिले भोकै हुन्थे । निर्वाहमुखी थियो । तरिका बदलियो । ‘घडी हेरेर खानपान, घा“स, दानापानी खुवाइन्छ,’ उनले भने, ‘भैसीलाई बेला–बेला नुहाइदिन्छौं । पिसाबले शरिर जोगाइन्छ । त्यसपछि दूध धेरै दिन्छ । पैसा बढछ ।’ तरिका फरक पारेर दुःख गरेपछि पैसा गाइभैसीपालनमै रहेको उनले अनुभव सुनाए । कृतिम गर्भाधान, नश्ल सुधार, हाडनाताको सम्बन्ध विच्छेद, खोप, विमा लगायत सुविधाले कृषकलाई थप उत्साह मिलेको छ ।
दस वर्ष भित्रमा अर्घाखा“चीमा दूध उत्पादनले लहर ल्यायो । पहिले सदरमुकाम नजिकका कृषकले ग्यालेनमा बोकेर दूध बजारमा घर–घरमा पु¥याइदिन्थे । अहिले भने डेरीमा गाउ“मा दूध जान्छ । बजारवासी डेरीमै पुगेर दूध, मही, ध्यू, पनिर, दही किनेर खान्छन । गाउ“मा सडक निर्माण भएपछि दैनिक गाडी चल्दा उत्पादनले बजार पाएको छ । दूध बिक्री सहजै भएपछि धेरैको ध्यान यतातिरै छ । गाडी चल्नु अघि ध्यू मात्रै बिक्री हुन्थ्यो । जति दूध भएपनि खाएरै सकिन्थ्यो । जिल्लाका धेरैजसो गाउ“मा हिउ“द वर्षा गाडी चल्छन । टोल–टोलमा मोटर चल्छन । पाणिनि गाउ“पालिकाको दुर्गाफा“टबाट दैनिक साढे चार सय लिटर दूध पाल्पा सदरमुकाम तानसेन जान्छ । बसले दूध लैजान्छ । ड्राइभर पेशा छाडेर गाई पालनेका खिदिमका रामु न्यौपानेले वर्षमा दूध बिक्रीबाट तीन लाख रुपैया“ आम्दानी गर्छन । विदेशबाट फर्किएका केही युवा सहित २२ जनाले व्यावसायीक गाइभैसी पालेर दूध बिक्री गरेको उनले बताए । घरर्खचको लागि साहुकहा“ ऋण खोज्न जानेको अन्त्य भएको छ, उनले भने । भुसाल र कार्की जस्ता जिल्लाका थुप्रै कृषकले गाइभैसी पालेर दूध र त्यसका परिकार बिक्री गरेर आम्दानी भित्राउने कृषक जागरुक भएको पशु विकास अधिकृत डा. लोकनाथ पौडेलले बताए ।
तीन नगर र तीन गापाका धेरै बस्तीमा पशुपालन विस्तार भएको छ । मालारानी गापाको खन, खनदह, छत्रदेव गाउ“पालिका भगवती, अर्घातोष मरेङ र ठूलापोखराको दूध गुल्मी सदरमुकाम तम्घास, पाणिनी गाउ“पालिका पटैटी, खिदिम, पोखराथोक, मैदानको तानसेन र शीतगंगा नगरको पावरा, विक्रमसोता, ठाडा, चक्लाको कपिलवस्तुको पथ्थरकोट, पिपरा र चार नम्बर बजारमा कृषकले दूध बिक्री गर्न लैजान्छन । भूमिकास्थान र सन्धिखर्क नगरपालिका गाउ“मा उत्पादित दूध जिल्ला सदरमुकाममा बिक्री भैरहेको छ । पशु कार्यालयले जिल्लाका २२ गाउ“लाई दूध उत्पादनको पकेट क्षेत्र घोषणा गरेको छ । त्यहा“बाट दैनिक आठ हजार ५० लिटर दूध उत्पादन हुन्छ । जिल्ला बाहिर दुई हजार लिटर जान्छ ।
अर्घाखा“चीमा ६ स्थानमा चिलिम भ्याट छन । दूध संकलन केन्द्र ५० छन । दैनिक दस हजार लिटर दूध बिक्री हुन्छ । ‘अर्घाखा“चीमा वर्षमा ३२ हजार मेट्रिकटन गाई र भैसीको दूध उत्पादन हुन्छ,’ पौडेलले भने, ‘त्यसबाट वर्षमा एक अर्ब ६० करोड रुपैया“को कारोबार हुन्छ । दूध प्रतिलिटर ५० रुपैया“ बिक्री हुन्छ ।’ दस वर्षको अवधिमा यति धेरै दूध उत्पादन भएको हो । किमडा“डामा जर्सी गाई परीक्षण भएको थियो । सफल भएपछि अहिले जिल्लाका अधिकांश ठाउ“मा जर्सीगाई विस्तार भएको छ । वर्षेनी उत्पादन बढदो रहेको उनले बताए । समुह र व्यक्ति मार्फत डेरीमा जाने दूधको तथ्याकं अनुसार महिनाका ९ करोडको कारोबार भएको उनले बताए ।
सरकारले पशुपालनमा लगानी बढाएको छ । ‘यही क्रमले दूध उत्पादन बढदै गएमा गाइभैसीपालनबाटै सम्बृद्धि जिल्ला हुन्छ,’ पौडेलले भने, ‘एउटै गाइको दूधबाट महिनामा दस÷बाह्र हजार रुपैया“ आम्दानी हुन्छ । दस वर्षको अवधिमा यतै धेरै दूध उत्पादन भएको छ । यसलाई अझै विस्तार गर्दै जानुपर्छ, संभावना राम्रो छ ।’ उच्चशिक्षा पढेको युवा पनि यतातिर आकर्षित भएको उनले बताए । दूधमा जिल्ला आत्मनिर्भर भएको छ, अब गाउ“बाटै टयांकरमा दूध जिल्ला बाहिरका ठुला डेरीमा पठाउने गरी जनप्रतिनिधिले योजना बनाएर अघि बढनुपर्ने उनको तर्क छ ।
संघीय संरचना अनुसार पशु विकास शाखाको रुपमा स्थानीय तहमा स्वामित्व हस्तान्तरण गई काम शुरु भएको छ । छ वटौ पालिकाका जनप्रतिनिधिले दूध उत्पादनलाई वृद्धि गरी जिल्ला बाहिर निर्यात गर्ने योजना बनाएका छन । ट्यांकरबाटै दूध बाहिर डेरीमा पठाउने गरी दूध उत्पादनको लागि पशुपालनसम्बन्धी बजेट विनियोजन गरेर काम अगाडी बढाएका छन । कृषकबीच पशुपालन सम्बन्धी तालिम, अन्तरक्रिया चलेको छ । पहाडी जिल्ला भएकाले ठूलो उद्योग, कलकारखाना खोल्न संभव छैन, कृषि, पशुपालन र उत्पादनबाटै चिनाउने हो, मालारानी गापा अध्यक्ष बालकृष्ण आचार्यले भने । विदेशबाट फर्किएर फार्म खोल्ने युवालाई अनुदान सहित प्राथमिकता दिएर सहयोग गर्ने उनले बताए । ‘गाइभैसी पालेर दूध उत्पादन गर्ने र बेचेर आम्दानी गर्ने लहर नै चलेको छ,’ छत्रदेव गापा अध्यक्ष लेखनाथ पोखरेलले भने, ‘कृषिमुखी नै बजेट थप ल्याएर युवालाई प्रोत्साहित गर्छौं ।’