ट्रेंडिंग:

>> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया

निजी क्षेत्रको शिक्षालाई बाइपास गर्न सकिन्न : मन्त्री पन्थी

७ फाल्गुन २०७९, आईतवार
७ फाल्गुन २०७९, आईतवार

बुटवल, ७ फागुन ।  लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री विष्णु पन्थीले निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्था र अस्पतालले गरेको योगदानलाई सरकारले बाइपास गर्न नसक्ने बताएका छन् । बुटवल –३, चिडियाखोलास्थित लुम्बिनी बोर्डिङ स्कुलको २९ औ वार्षिकोत्सव समारोह उद्घाटन गर्दै उनले निजी क्षेत्रबाट सञ्चालित विद्यालय,कलेज र अस्पतालहरुको उत्कृष्ट गुणस्तरका कारण सरकारी विद्यालय ,क्याम्पस र अस्पतालको गुणस्तर सुधारमा दवाव पुगेको स्पष्ट पारे ।
‘सरकारी शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधारमा निजी क्षेत्रको गुणस्तर र व्यवस्थापनले सरकारलाई प्रेसर दिएको सत्य हो’– मन्त्री पन्थीले भने–‘निजी क्षेत्रको शिक्षा र स्वास्थ्यमा अर्बौं लगानी भएको छ, त्यसको संरक्षण र सम्मान सरकारले गनुृपर्छ ।’
देशको अर्थतन्त्र कमजोर भएकाले अहिले सरकारले शिक्षा र स्वास्थ्यमा पर्याप्त लगानी गर्ने अवस्था नभएकाले सरकारले निजी क्षेत्रसंग सहकार्य गर्न अपरिहार्य रहेको उनले बताए । सरकारले निजी क्षेत्रलाई आवश्यक मार्गदर्शन र नियमन गर्न भने जरुरी रहेको मन्त्री पन्थीले बताए ।
मन्त्री पन्थीले बालबालिकाहरु ५ वर्ष पुगेपछि मात्रै विद्यालय भर्ना गर्नुपर्ने र नेपाली भाषालाई पहिलो प्राथमिकता दिनुपर्ने सुझाव दिए । सानो कक्षाका बालबालिकालाई किताबको भारी धेरै बोकाउन नहुने र सिर्जनात्मक पढाई गर्नुपर्ने उनले बताए ।
विद्यालयका अध्यक्ष एवं प्याब्सन लुम्बिनी प्रदेश सचिव लालहरि पाण्डेयले विद्यालयले विद्यार्थीको सर्वाङगीण विकासका लागि विद्यार्थी केन्द्रीत सिकाईलाई प्राथमिकता दिएको बताए । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष गजेन्द्रबहादुर बस्नेत, अभिभावक संघ लु्म्बिनी प्रदेशका अध्यक्ष हेम थापा,पुस्तक तथा स्टेसनेरी महासंघ, रुपन्देहीका अध्यक्ष रामकृष्ण चापागाई, सल्लाहकार शालिकराम पौडेल, सदस्य अमरेन्द्र सिंह, डा. मनोज कुमार सिन्हा, सञ्चालक सदस्य तथा लेखा संयोजक नारायण शर्मा, सञ्चालन सदस्य दयाराम बस्याल, विद्यालयका कोर्डिनेटर सुदिप बस्याल, प्राइमरी इन्र्चाज लता प्रधान लगायतले सरकारले निजी विद्यालयमा पढ्ने विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको छात्रवृत्तिमा पक्षपात र विभेद गर्दा विदेश पलायन बढेको बताए । वार्षिकोत्सवमा कक्षा नर्सरी देखि कक्षा १० अध्ययपन विद्यार्थीहरुले लोक नृत्य, स्वदेश गान, नृत्य, प्रत्यक्ष गीत, कविता, नाटक लगायत आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए ।

यसै गरी विद्यालय तर्फबाट नगरस्तरीय, जिल्लास्तरीय र राष्ट्रिय स्तरमा समेत विभिन्न प्रतियोगितामा सहभागी भई विद्यालयको गरिमा उच्च राख्ने सोही प्रतिभावान विद्यार्थीहरु पनि उक्त समारोहमा सम्मानित भएका थिए ।
शैक्षिक सत्र २०७८ मा उत्कृष्ट नर्सरीदेखि कक्षा एस.ई. ई. सम्म नतिजा ल्याउन सफल विद्यार्थीलाई पनि विद्यालयद्वारा पुरस्कृत गर्दै सम्मान गरिएको विद्यालयका सह प्राचार्य कौशलराज बस्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?