ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

अतिथी बार्ता: चुनावका प्रतिवद्धता चिनो लगाएर वस्नुस पुरा गर्छु

३१ असार २०७५, आईतवार
३१ असार २०७५, आईतवार

घनश्याम पाण्डे , मेयर, तुलसीपुर उपमहानगरपालीका दाङ्ग
स्थानीय सरकार आएको एक बर्ष भयो । करिब दुई दशकदेखि कर्मचारीका भरमा चलेको स्थानीय तहले जनप्रतिनिधि पायो । चुनावका बेला बाँडिएका आश्वासन र देखाइएका सपना, कति सपनामै सिमित छन् त कति कार्यान्वयनको क्रममा छन् । कतै कर्मचारी अभाव त कतै नीति, नियम अभावमा निर्वाचित जनप्रतिनिधीहरुले अपेक्षित नतिजा दिन सकेका छैनन् । लामो समयपछि भएको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिमाथि जनताका अपेक्षाको चाङ ठुलो छ । अर्कोतर्फ लामो समय कर्मचारीको मनोमानीमा चलेका स्थानीय निकायलाई जनअपेक्षा अनुसार काम गर्ने बनाउनुपर्ने चुनौती । यस्तो अवस्थामा तुलसीपुर उपमहानगरपालिकामा निर्वाचित मेयर घनश्याम पाण्डेले एक वर्षको अवधिमा के के काम गरे ? के हुँदै छ ? यसैबिषयमा केन्द्रित रहेर गरीएको कुराकानीको संपादित अंस ।

निर्वाचनमा जनताका बीचमा बाँडेका आश्वासन व्यवहारमुखीभन्दा प्रचारमुखी बढि भएको आरोप छ नि ?
हामीलाई जनताले निर्वाचित वनाएर पठाएको अहिले एक वर्ष नाँघिसकेको छ । यो एक वर्ष हाम्रा लागि चुनौति र अवसर दुवैका हिसावले महत्वपूर्ण वर्षका रुपमा रह्यो । यहाँले भन्नुभए जस्तो हामीले निर्वाचनका समयमा गरेका प्रतिवद्धताहरु जनमुखी र प्रभावकारी पनि थिए । यो एक वर्षका विचमा हामीले त्यसलाई नै मुलमन्त्र वनाएर काम गर्यौ । मातृशिशु मृत्युदर कम गर्नका लागि सुत्केरी भत्ता वितरण हामीले आरम्भ गरेर करिव २ हजार सुत्केरी महिलाहरुको अनुहारमा खुसीको रेखा कोरिसकेका छौ । गरिव र विपन्न भएका कारण खरको छानोमा वस्न वाध्यहरुका लागि सुरक्षित आवास कार्यक्रम अन्तर्गत टिन वितरण गरेर यो वर्षमात्रै करिव पाँच सय घरका छानाहरु टिनले छाउने काम भएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन ग¥यौ । भौतिक संरचनको निर्माणसँगै हामीले सचेतना र सामाजिक काममा पनि यो वर्ष काम ग¥यौ ।
अब यहाँले भनेको चर्चा हुने खालका कार्यक्रम धेरै गर्नुभयो भन्ने सवालमा मेरो एउटै भनाई के हो भने राम्रो काम गर्न सकियो भने चर्चा आफै हुन्छ । जस्तो सुरक्षित आवास कार्यक्रमको सुरुवात हामीले गरेपछि अहिले संघीय सरकारले समेत यो कार्यक्रम समेटेको छ । अर्को कुरा हामीले चुनावमा गरेका सबै प्रतिवद्धताहरु एकैपटक पुरा हुन अवश्य पनि सम्भव छैन । आगामी चार वर्षभित्रमा हामीले गरेका सबै प्रतिवद्धताहरुलाई पुरा गर्नेछौ । हामीले चुनावमा गरेका प्रतिवद्धताहरुमा चिनो लगाएर वस्न जनतालाई आग्रह गर्दछौ ।

बीस वर्षदेखि कर्मचारीले हाँकेका स्थानीय निकाय, काम गर्ने वातावरण कस्तो छ ?
करिव दुई दशकसम्म जनप्रतिनिधि नहुँदा स्थानीय निकायको सम्पूर्ण जिम्मेवारी कर्मचारीको जिम्मामा गयो । जनताले आफ्नै मतबाट विजयी गराएका जनप्रतिनिधिहरुले गरेजस्तो काम पक्कै पनि कर्मचारीहरुबाट सम्भव हुँदैन । तथापि त्यो विचमा पनि विकासको गति अगाडि वढेकै थियो । अब अर्को कुरा यहाँले भनेजस्तै स्थानीय तहको सम्पूर्ण जिम्मेवारी लिएर काम गरिरहेका कर्मचारीहरु जनप्रतिनिधिको मातहतमा काम गर्न आउँदा केही जटिलता अवश्य पनि हुन्छ । फेरी अहिले स्थानीय तहमा निजामती कर्मचारीहरु सरकारले पठाइरहेको छ । तर पनि यसलाई हामीले व्यवस्थापन गरेर अगाडि वढेका छौ ।
योजना वनाउने जनप्रतिनिधिहरुले हो, कर्मचारीले त्यसलाई प्राविधिक ढँगले पुरा गर्नुपर्दछ । तुलसीपुरलाई कस्तो वनाउने भन्ने सपना हामीले वुन्ने हो, कर्मचारीहरुले त्यसलाई सार्थक तुल्याउन सारथीको भुमिका खेल्ने हो । जनताबाट अनुमोदित भएर आएको मान्छेले कर्मचारीलाई व्यवस्थापन गर्न सकेन भने कसरी विकासको गति अगाडि वढ्छ ? सबै कुरा विस्तारै व्यवस्थापन हुँदै गएका छन् र जान्छन् पनि ।

निर्र्वािचत भएको एक वर्ष उद्घाटन विदेश भ्रमणमै बित्यो भन्ने आरोप छ । मतदाताले अनुभुति हुने खालका के कस्ता कामहरू भएका छन् ?
निर्वाचित भएर आए लगत्तै हामीले नीति तथा कार्यक्रम वनाएर काम अगाडि वढाएका थियौ । विस वर्ष पछि जनताले जनप्रतिनिधि पाएको खुसीयालीमा विभिन्न सम्मानका कार्यक्रमहरु गर्नुभयो । यो अवश्य पनि साँचो कुरा हो । तर सम्मान र उद्घाटन मै यो कार्यकाल वित्यो भन्ने यहाँको प्रश्न भने साचो होइन । पहिलो कुरा यो वर्ष भएका संघ र प्रदेशका निर्वाचनका कारणले आचारसंहिता लागेर केही समय काम रोक्नुप¥यो । अर्कातिर प्रष्ट कानुन वन्न नसक्दा चाहे अनुसार पनि काम गर्न पाइएन । तर यसो भनेर जनताले छुटकारा अवश्य पनि दिदैनन् । यसका बाबजुद पनि हामीले जनमुखी केही कामहरु गरेका छौ ।
मैले माथि पनि उल्लेख गरे सुुत्केरी भत्ता, सुरक्षित आवास कार्यक्रम, स्वास्थ्य प्रवद्र्धन केन्द्रको स्थापना, सामुदायिक विद्यालयमा अँग्रेजी माध्यमको पठनपाठन , वडावडामा खेलमैदान निर्माणको प्रक्रिया सुरुवात, आधुनिक अटो भिलेज र वसपार्क निर्माण, प्राविधिक शिक्षा सञ्चालन गर्ने विद्यालयलाई प्रेरित गर्न १० लाख प्रोत्साहन रकम उपलब्ध गराउने लगायतका विभिन्न कामहरु गरेका छौ । जसले यहाँका जनतालाई प्रत्यक्ष रुपमा जनप्रतिनिधि हुनुको अनुभुति दिएको छ ।
विदेश भ्रमणको कुरामा चाही म जति ठाउँमा गए जनप्रतिनिधिका हिसाबले प्रतिनिधित्व गरेर गए । त्यहाँ गएर मैले आफ्नै ठाउँको प्रचार प्रसार गर्ने र सम्वन्ध विस्तार गर्ने काम गरेको छु । यसलाई गलत ढँगले मात्रै हेरिनु उचित छैन ।

तुलसीपुर उपमहानगरलाई नै स्मार्ट सिटी बनाउछु भन्दै आउनु भएको छ । यो एक वर्षको अवधिमा केही आधार तयार भएका छन ?
तुलसीपुरलाई स्मार्ट सिटी वनाउने कुरा हामीले मात्रै होइन, नेपाल सरकारले नै घोषणा गरेको कुरा हो । स्मार्ट सिटी भन्ने कुरा एकै रात या एकै वर्षमा सम्भव छैन । हामी यो प्रक्रियामा अगाडि वढ्ने हो । तुलसीपुर उपमहानगरपालिकाका हरेक वडाबाट अनलाइन मार्फत घटना दर्ताको आरम्भ, उपमहानगरपालिकाका विद्युतिय पालो प्रणालीको सुरुवात, डिजिटल नागरिक वडापत्र, विद्युतिय हाजिरीका साथै तत्काल हामीले मोवाईल एप्लिकेशन निर्माण गरेर लन्च गर्दैछौ । योसँगै हामीलाई ताइवानको स्मार्ट सिटी सम्मेलनमा भाग लिएर केही नयाँ कामहरुको पनि सुरुवात भएको छ । यो काममा हामी निरन्तर अगाडि वढिरहेका छौ ।
लामो समयपछि टरिगाँउ विमानस्थल सञ्चालनमा आयो, फेरी विमानस्थल गौचरणमा परिणत भएको छ । दाङमा उडान नियमित बनाउन नसकिनुको कारण के ?
हामीले निर्वाचनको समयमा वन्द विमानस्थल सञ्चालन गर्छौ भन्ने प्रतिवद्धता समेत गरेका थियौ । सोही अनुरुप समिट एयरसँग सम्झौता गरेर सातामा दुई पटक सञ्चालन पनि गर्यौ तर यहाँ इन्धन डिपो स्थापना हुन नसक्दा त्यसले निरन्तरता पाउन सकेन । केही समयलाई भाडाको कारण देखाउँदै विमान कम्पनीले विमानसेवा वन्द गरेको छ । अव फेरी हामीले यसको नयाँ विकल्प खोजि गरेर कुनै पनि हालतमा टरिगाउँ विमानस्थलबाट विमान उडाउने छौ । यसमा यहाँका वासिन्दालाई ढुक्क हुन आग्रह समेत गर्दछु ।
प्रस्तुती : तुलसीराम वली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?