ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

गुल्मीमा ५० प्रतिशत मात्रै रोपाई

३१ असार २०७५, आईतवार
३१ असार २०७५, आईतवार

साउन लाग्न अब दुई दिन मात्र बाँकि छ । असारको अन्तिम सातासम्म मुल फुटेर खोला तरि नसक्नु हुनुपर्ने । तर गुल्मीका अधिकांस किसानहरु अझै बेसी झर्ने मुडमा छैनन् । समय ढिप्कीन थालिसक्यो, मुल नफुटेका कारण खोला सुकेका छन् ।
असारको अन्तिममा खोला किनारका लगभग सवै खेतमा रोपाई सकिनुपर्ने । तर समयमा वर्षा नभएका कारण खोलामा चरालाई पिउने पानी पनि मुस्किल मुस्किल छ । जिल्लाको सवैभन्दा ठुलो इस्मा गाउँपालिकाको चौरासी फाँटमा बल्ल फाट्टफुट्ट रुपमा मात्र रोपाई शुरु हुन लागेको छ । यस पटक समयमा पानी नपरेका कारण किसानलाई प्रकृतिले पनि ठग्यो बिउ जिनो भयो, खोलामा पानी छैन ।
मुसिकोट नगरपालीका २ का रेशमराज चालिसे यति वेला कहिले आकाशवाट पानि परेर झरि लाग्ला र मूल फुटेर रोपाई गरौंला भन्ने पर्खाईमा छन् । मानो रोपेर मुरी फलाउने असारे महिनामा यतिवेला ७५ प्रतिशत रोपाई सकिसक्नु पर्ने अवस्थामा हो । तर जिल्लामा हाल ५० प्रतिशत मात्र रोपाई सकिएको जिल्ला कृषि कार्यालय गुल्मीले जनाएको छ ।
गत बर्ष भन्दा यसबर्ष समयमै पानी नपरेकाले धान रोपाँई केहि ढिलो भएको हो । लामो समय पानी नपरेका कारण खोलामा पानी नभएका कारण अझै गुल्मीमा ५० प्रतिशत रोपाई हुन बाँकी रहेको छ । रोपाई ढिला हुनुमा एकातिर समयमा पानी नपर्नु र अर्कोतिर किसानहरुले चैते धान स्याहर्न भ्याई सकेका छैनन् । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले यस गतवर्षदेखि जिल्लाका केही भागहरुमा मकैजोन परियोजना मार्फत बसन्ते कमै खेती लगाउन शुरु गरेका कारण उक्त मकै पाक्न ढीलाई भएका कारण पनि यस वर्ष रोपाईको प्रतिशत घटेको बताईएको छ । जिल्ला कृषि विकास कार्यालय गुल्मीका वरिष्ठ कृषि विकास अधिकृत चक्रपाणी पन्थीले कार्यालयको तथ्यांक अनुसार किसानहरुले समयमै धानको ब्याड राखेको भएपनि असार १६ गते अगाडि बर्षा नभएका कारण रोपाईमा ढिलाई हुन गएका बताए । आकाशे पानीको भरमा रोपाई गर्नेहरु धेरै पानीको प्रतिक्षामा छन्
गुल्मी जिल्लामा धान रोप्न योग्य १० हजार हेक्टर क्षेत्रफल जमिन मध्ये नौ हजार क्षेत्रफलमा बर्खे धान उत्पादन हुँदै आईरहेको छ । जिल्लामा एक हजार हेक्टर क्षेत्रफलमा किसानहरुले चैते धान उत्पादन गर्दै आईरहेका छन् । धान उत्पादनको पकेट क्षेत्र मानिएको इस्मा गाउँपालिका अम्मरपुर र मालिका गाउँपालिका अर्जेबेसी, सत्यवति र चन्द्रकोट गाउँपालिकाका ठुला फाँटका किसानहरु धान रोप्नका लागि प्रयाप्त मात्रमा पानी उपलब्ध नभएका कारण आकाशतिर हेरेर बस्न वाध्य बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?