© २०२३
कोल्हुवामा जारी राईनो संरक्षण गोल्डकप फुलबल प्रतियोगिताको सेमिफाईनलमा च्यासल प्रवेश गरेको छ । तिहारको अवसरमा स्थगित खेल प्रतियोगिता ४ दिनपछि आईतबार पुनः सुरु भएको हो । नवलपुरको मध्यविन्दु नगरपालिका–२ कोलहुवामा जारी राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०७५ अन्तर्गत आईतबार च्यासल युथ क्लब भर्सेज एनआरटि न्युरोड टिम बीच खेल भएको थियो । खेलमा १–० गोल अन्तरले च्यासल युथ क्लब विजयी हुँदै सेमिफाईनलमा प्रवेश गरेको हो ।
खेलको दोस्रो हाफको १० औँ मिनेटमा च्यासलको लागि जर्सी नं. १० का विमल घर्ती मगरले गरेको एक गोल नै निर्णायक गोल भएको हो । आईतबारको खेलमा च्यासल युथ क्लबका विमल घर्ती मगर म्यान अफ दी म्याच भएका छन् ।
आज एपीएफ क्लब भर्सेज हिमालयन शेर्पा बीच प्रतिस्पर्धा हुने आयोजक नन्द भाउजु मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमन बहादुर भण्डारीले जानकारी दिए । प्रतियोगितामा विभागीय टिम एपिएफ, नेपाल पुलिस क्लब र ए डिभिजनका ६ टिमसहित १२ टिमको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको विजेताले नगद रु. ४ लाख ९९ हजार ५ सय ५५ र उपविजेता टिमले नगद रु. २ लाख ५५ हजार ५ सय ५५ रूपैयाँ पुरस्कार प्राप्त गर्नेछ । फाईनलमा पुग्ने २ टिमलाई म्याच मनी १ लाख रूपैयाँ दिईने आयोजकले जनाएको छ भने फाईनल खेल यही कार्तिक २९ गते हँुदै छ ।