© २०२३
नेपालका लागी दक्षिण कोरियाली राजदुत पार्क योङ्गले बुद्धस्थल तिलौराकोट र कुदानको अवलोकन गरेका छन । लुम्बिनी आएका राजदुत योङ्गले आईतबार आकस्मिक रूपमा दुई बुद्धस्थल अवलोकन गरेका हुन् ।
राजदुत योङ्गले तिलौराकोटको पश्चिमीद्वार, दरबार क्षेत्र र पुर्वीद्धारको अवलोकन गर्दै सो बारे जानकारी लिएका थिए । उनलाई लुम्बिनी बिकास कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीले स्वागत गरेका थिए । उनले उत्खनन क्षेत्र अवलोकन गर्दै हाल सम्मको उत्खननका उपलब्धी बारे जानकारी लिएका थिए । आफु नेपालमा कार्यरत रहेको १९ महिने कार्यकालमा पहिलो पटक तिलौराकोट र कुदान लगायतका बुद्धस्थलमा आउदा उत्साहित भएको राजदुत योङ्गले बताए ।
बुद्धस्थल कुदानमा टुडेकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने “बुद्धको जिवनीमा उनले तिन पटक पाईला टेकेको स्थान कुदान रहेछ । लुम्बिनी जस्तै यि स्थलको पनि प्रचार प्रसार गर्न सके बुद्धधर्माबलम्बी र पर्यटकको आगमन बढने निश्ति छ । ” उनले बुद्धको बाल्यकाल र जिवनी सँग जोडिएका स्थलको प्रचार प्रसार गर्न लुम्बिनी बिकास कोष र नेपाल सरकारलाई सुझाव दिए । तिलौराकोट गौतम बुद्धका बाबु राजा शुद्धोधनको राजधानीको रूपमा परिचित रहेको छ ।
तिलौराकोट गौतम बुद्धले आफनो बाल्यकालको अमुल्य २९ बर्ष बिताएको स्थान हो । त्यसै गरि गौतम बुद्धले बुद्धत्व प्राप्त गरे पश्चात आफना पिता, पत्नी र छोरालाई पहिलो पटक भेटेको तथा भिक्षु बनाएको स्थलको रूपमा कुदान परिचित रहेको छ ।