© २०२३
रूपन्देहीमा प्रहरी द्वारा मिस्कट लोड गरेको अवस्थामा ट्राली ट्रयाक्टर आफनो कब्जामा लिएको छ । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं. ५ बुटवलले दिएको जानकारी अनुसार रूपन्देहीको शुद्धोधन गाँउपालिका वडा नं. १ बेलवाडाणी बस्ने महेन्द्र लोनियाको घरबाट कार्तिक १६ गते मध्यराती ११ देखि १२ बजेको बीचमा वडाअध्यक्ष बाबूराम भन्ने उदयराज गडरिया सँगै रन्यिौरा ईलाकाप्रहरीले अपहरणशैलीमा लु.१ त ६११४ नं.को ट्राली ट्रयाक्टरमा लोड गरि राखेको ट्रालीट्रयाक्टर नियन्त्रणमा लिएको हो ।
पीडित लोनियाले आयोग समक्ष वडाअध्यक्ष र प्रहरी बिरुद्ध दिएको उजुरीको आधारमा ईप्रका रन्यौरा र शुद्धोधन गाँउ पालिका कार्यालयलाई पत्राचार गरि बिलभरपाई हुँदाहँुदै पनि घरपरिवारको अनुउपस्थितीमा मिस्कट लोड गरि राखिएको ट्रालीट्रयाक्टर प्रहरी नियन्त्रणमा राख्नुका कारण देखाउ बारे आदेश आयोगले जारी समेत गरेको मानवअधिकार अधिकृत दीपक ठाकुरले जानकारी गराए ।
सो सम्बन्धमा ईलाका प्रहरी कार्यालय रन्यौराका प्रनि केशव बस्नेत तथा शुद्धोधन गाँउपालिका वडा नं. १ का वडा अध्यक्ष बाबाूराम भन्ने उदयराज गडरियाले बेलवा गाँउ नजिकै ईंगुरिया खोलाबाट मिस्कट निकालिएको खाल्टो र सार्बजनिक मुचुल्काको आधारमा लोनियाको ट्राली ट्रयाक्टर प्रहरी नियन्त्रणमा राखिएको संयुक्त रूपमा दावी गर्दै आएका छन ।
यद्यपि ट्रयाक्टरधनी महेन्द्र लोनियाले कपिलबस्तुको सहस्त्रांशु सप्लायर्सबाट भ्याटबिल तिरी खरीद गरि घर ल्याउने क्रममा बाणगंगा नगरपालिकाको स्थानीय निकासी कर समय समेत उल्लेख हुदाहुदै फरक राजनीतिक आस्थाले गर्दा वडाअध्यक्ष पालले आफूलाई फसाउन प्रहरीलाई गलत ढंगबाट प्रयोग गर्दा प्रनि बस्नेतले पनि आफू माथि अन्यायपूर्ण तरीकाबाट ट्रालीट्रयाक्टर मध्यराति घरपरिवारको अनुमति बगैर गैह्रकानूनी ढंगबाट अपहरणशैलीमा प्रहरी नियन्त्रणमा लामो समय देखि राखेर मानसिक यातना दिएको बिपक्षी बनाई मानव अधिकार आयोग ,ईप्रका रन्यौरा तथा शुद्धोधन गाँउपालिकाको न्यायिक समितीमा उजुरी पेश गरेको हुदा न्याय दिलाउन पहल गरिदिन सरोकारवाला सँग आग्रह समेत गरेका छन ।