ट्रेंडिंग:

>> बाल्टीमा डुबेर एक बर्षीय बालकको मृत्यु >> मानव कल्याण समाज दाङको आयोजना  ज्ञान  विज्ञान महायज्ञको आय व्यय सार्वजनिक  >> वेष्टर्न रुपन्देही सुपर लिग च्याम्पियन >> उप सम्पादक खनाललाई उत्कृष्ठ सहकारी पत्रकारिता पुरस्कार प्रदान >> स्थानीय तहमा पुग्दै हुलाक कार्यालय, खुम्चिदै सेवा >> लखन कपमा सम्पूर्ण युवा क्लब विजयी >> अन्ततः गायिका एलिना चौहानले गरिन सबन्धबिच्छेद >> भूमि सम्बन्धीबाहेक अन्य ५ अध्यादेशको पक्षमा मतदान गर्न सकिने जसपा नेपालको निर्णय >> पर्सामा भारतीय नागरिकको हत्या आशंका >> लगातार ५ दिनसम्म घटेको शेयर बजारमा आज हरियाली >> स्थानीय तहका कर्मचारीले कर्णाली सरकारलाई दिए चार दिनको अल्टिमेटम >> अमेरिकामा विमान दुर्घटनामा वृद्धि, स्कट्सडेलमा दुई विमान ठोकिए >> संसद बैठक १५ मिनेटका लागि स्थगित >> सेवाग्राही विदेश गएपछि बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किए >> ५५ किलो गाँजा, १३ किलो अफिम, १ लाख बढी रुपैयाँ बरामद >> जसपा नेपालले भुमी सबन्धी अध्यादेशको बिपक्षमा मतदान गर्ने >> निर्देशक एट्लीले सलमान खानसँग ५०० करोडको फिल्म बनाउँदै >> दाङमा खाना पकाउने क्रममा जलेर एक महिलाको मृत्यु >> रुकुम पश्चिममा जनयुद्ध दिवस मनाउन सार्वजनिक विदा >> बुधबार रानीमहलमा अन्तर-प्रदेश बैठक >> लखन कपमा द एक्स विजयी >> अमेरिकामा फेरी ठोक्किए दुइ बिमान, १० दिनमा अमेरिकामा चौथों बिमान दुर्घटना >> सुन तोलाको ६ सय रूपैयाँले बढयो >> सामाजिक सञ्जाल विधेयक फिर्ता लिन सुमना श्रेष्ठको माग >> सडक दुर्घटनाका कारण र समाधानका उपाय >> विश्व सुरक्षित इन्टरनेट दिवस,प्रविधिको दुरुपयोगले बढाउँदै विकृति >> विद्युतको तार सर्ट हुँदा आगलागी, लाखौंको क्षति >> दाताले हात झिक्दा थलामा सशक्तिकरण कार्यक्रम >> बिपद प्राधिकरणको सिईयो नियुक्तिमा बिज्ञतालाई ध्यान दिन सरोकारवालाको जोड >> प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ? >> माओवादी घटकहरूबीच एकता हुँदै : कृष्णबहादुर महरा >> ३ प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना >> लुम्बिनी च्याम्पियनसिप फुटबलमा एसएसएफएको विजयी शुरुवात >> छविलाल बन्जाडे जोसीलाई  पुर्पक्षका लागि थुनामा पठाउने आदेश  >> अवरुद्ध घोराही तुलसीपुर सडक खुल्यो >> यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि सञ्चारकर्मी कार्यशाला >> मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित >> थ्री बाई थ्री एनबिसी बास्केटबल सुरु >> स्वर्गिय रबि गौतमको स्मृतिमा रक्तदान >> राजनीतिक थिचोमिचोका आधारमा एआईजीलाई राजीनामा गर्न लगाइयोः रास्वपा सांसद श्रेष्ठ >> भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी सामानमा भन्सार महसुल घटाउने तयारी  >> प्रधानमन्त्री ओली संविधान खारेज गर्ने पक्षमा रहेको प्रचण्डको आरोप >> अख्तियारको ३४ औं स्थापना दिवसमा मुख्यमन्त्री आचार्य : भ्रष्टाचार अन्त्यका लागि शून्य सहनशीलताको नीति >> भ्रष्टाचारलाई छानविनको दायरामा ल्याउनुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड >> मकवानपुरमा ग्यास बुलेट दुर्घटना, सडक एकतर्फी सञ्चालन >> सुनको भाउ तोलामा एक हजार चार सय रुपैयाँ बढ्यो >> भ्रष्टाचारको चक्रब्यूह! >> कपिलवस्तुमा नक्कली सीआईडी बनेर ठगी गर्ने दुईजना पक्राउ >> स्पेनिस ला लिगामा रियल र एटलेटिकोको बराबरी, बार्सिलोनाले घटायो अंक दूरी >> दुर्घटना न्युनिकरणको लागि टिप्पर चालकलाई सचेतना

दीप गायन ताराको छनोट चरण सम्पन्न

४ फाल्गुन २०७९, बिहीबार
४ फाल्गुन २०७९, बिहीबार

बुटवल, ४ फागुन । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलमा बिहिबार दसौँ दीप गायन तारा प्रतियोगिताको छनोट चरण सम्पन्न भएको छ ।
प्रतियोगिताको प्रथम चरणमा रुपन्देही क्षेत्रभित्रका कक्षा १२ सम्म अध्यापन हुने माध्यमिक विद्यालयका ५३ जना प्रतियोगीहरूले विना ट्रयाक गीत प्रस्तुत गरेका थिए भने प्रथम चरणबाट छनोट भएका १८ जना प्रतियोगीहरूले ट्रयाकसहित गीत प्रस्तुत गरेका थिए । जसमध्ये एम्स स्कुलका अनुज गाहा, लुम्बिनी बोर्डिङ स्कुलका समिर घिमिरे, एभरेष्ट इङ्ग्लिश बोर्डिङ सेकेन्डरी स्कुलका दिपेन पौडेल, स्कोलर्स होम बोर्डिङका रेनुका सुनार, इन्टेलेक्चुअल एकेडेमीका निहारिका ढुङ्गाना, न्यू होराइजन इङ्ग्लिश बोर्डिङ स्कुलका विश्वास शाही, शान्ति मोडेल सेकेन्डरी स्कुलका निरुता कार्की, कालिका मानवज्ञान माविका विवेक पङ्गेनी, अक्सफोर्ड माविका प्रसन्ना केसी, कान्ति माविका प्रेम वि क गरी जम्मा १० जना अन्तिम चरणका लागि छनौट भएका छन् ।
प्रतियागितामा उत्कृष्ट १० मा परेका प्रतियोगीहरूको अन्तिम प्रतिस्पर्धा फागुन ५ गते शुक्रबार बिहान १० बजे हुने र प्रतियोगितामा प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले २० हजार, तृतीय हुनेले १० हजार र सान्त्वना हुने २ जनाले दुई÷दुई हजारका साथ सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने कुरा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले बताए ।
प्रतियोगितामा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले गुणस्तरीय शिक्षासँगै दीप बोर्डिङ हाई स्कुलले अतिरिक्त क्रियाकलापको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताए । त्यसैगरी कार्यक्रममा अभिभावक महासंघका केन्द्रीय सदस्य तथा रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, बुटवल उपमहानगरपालिका वडा नं। ८ का वडाअध्यक्ष यज्ञप्रसाद पङ्गेनी, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले दीप बोर्डिङ हाई स्कुलले पढाइका साथै अतिरिक्त क्रियाकलाप अन्तर्गत जिल्ला स्तरीय दीप गायन तारा प्रतियोगिता आयोजना गरेर गीत सङ्गीतमा रुचि भएका विद्यालय स्तरमा अध्ययन गर्ने विद्यार्थीहरूलाई उदाहरणीय अवसर प्रदान गरेको बताए ।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजू, प्याब्सन बुटवलका अध्यक्ष कुलानन्द पाण्डे, हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुसाल, पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ रुपन्देहीका अध्यक्ष रामकृष्ण चापागाईं, प्याब्सन रुपन्देही सचिव बाबुराम बन्जाडे, कोषाध्यक्ष नविन्द ढकाल, क्यानन बोर्डिङ स्कुलका प्राचार्य थानेश्वर पौडेल, विद्यालयका उपप्राचार्यहरु ज्ञानु थापा, कलाधर अर्याल,उपप्राचार्य सुरेन्द्र कुमार शाक्य, विद्यालय व्यवस्थापन समिति सदस्य वसन्तकुमार जोशी, लेखाप्रमुख रेखा श्रेष्ठ, शिक्षक पुरुषोत्तम पाण्डेय, विजय सापकोटा, बालकृष्ण पाठक र सीता आचार्यले आआफ्ना भनाई राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?