© २०२३
सैनामैनाका बिद्यार्थीहरूले अन्तर्राष्ट्रियस्तरमा आयोजना गरिएका प्रतियोगितामा निरन्तर सहभागिता जनाई पदक जित्न सफल भएका छन् ।
यही कार्तिक ९ र १० गते थाइल्याण्डमा आयोजना गरिएको ८ औ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०१८ मा सैनामैना–५ का हिमाल बेल्वासेले २ वटा स्वर्ण पदक दिलाउन सफल भएका छन भने सैनामैनाकै सिर्जना परियार र रोशन पोख्रेलले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका छन् । अहिले सैनामैनामा तेक्वान्दो खेलप्रति आकर्षण बढ्दै गएको र यस बिधामा राम्रो खेलाडी समेत उत्पादन भएको बुद्ध स्टार तेक्वान्दो डोजाङ सैनामैनाका प्रशिक्षक संजय सुनारले बताएका छन् ।
यसको उचित संरक्षण र प्रोत्साहन गर्न सके सैनामैनामा तेक्वान्दाको राम्रो सम्भावना रहेको समेत सुनारले बताएका छन् । सैनामैनाबाट हिमलाल बेल्वासे, सिर्जना परियार, रोशन पोख्रेल र असिम पोख्रेल बुद्ध स्टार तेक्वान्दो डोजाङ सैनामैनाबाट प्रतिनित्व गर्दै उक्त प्रतियोगितामा सहभागी भएका थिए । यसअघि थाईल्याण्डको एजेम्सन विश्व विद्यालयमा सम्पन्न ७औं तिरक तेक्वान्दो अन्तर्राष्ट्रिय च्याम्पियनसिप एवं त्यसैगरी ३० अक्टोबरमा आयोजित मकाउ खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा सैनामैना मेमोरियलको कक्षा ९ मा अध्ययनरत विद्यार्थी संजय पुनले स्वर्ण पदक जितेका थिए । उक्त प्रतियोगितामा पुनसँगै नेपालले अन्य दुई गरि जम्मा ३ स्वर्ण, ४ रजत तथा ३ कास्य पदक जित्न सफल भएको थियो ।