ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

रुपन्देहीमा पहिलो पटक ‘सोलार ड्रायर मेसिन’

२८ असार २०७५, बिहीबार
२८ असार २०७५, बिहीबार

बुटवल नेपालमै नमुना च्याउ खेती गर्दै आएको रुपन्देहीको कञ्चन गाउपालिका –१ गजेडीमा रहेको स्पीन्जर च्याउ फर्ममा पहिलो पटक सोलारबाट च्याउ सुकाउने प्रविधि(सोलार डा«यर) भित्रीएको छ । सिजनको बेला उत्पादन भएको च्याउलाई सुकुटीको रुपमा भण्डारण गरी बेमौसममा विक्रि गर्नको लागि यस्तो प्रवित्रि भित्र्याइएको हो । नेपाल सरकार पोष्ट हार्भेष्ट व्यवस्थापन निर्देशनालय को ८५ प्रतिशत अनुदानमा उक्त मेसीन ल्याइएको हो । जुन सुकै कषिजन्य बस्तु सुकाउनको लागि कुनै पनि बाहिर शक्ति(विद्युत) नचाहिने उक्त प्रविधमा सोलारबाट नै हुने गर्दछ ।
स्पीन्जर च्याउ फर्मका सञ्चालक गंगाधर शर्माका अनुसार अहिले मिडियम साईजको मेसिन ल्याइएको हो । कुल १ लाख १० हजार रुपैया पर्ने उत्त प्रविधिमा ८५ प्रतिशत अनुदान रहेको छ । जसमा सञ्चालक शर्माले जम्मा १६ हजार ६ सय ११ हजार रुपैयाँ लगानी गरेका छन् ।
अहिले च्याउ घाममा सुकाउदै आएकोमा उक्त ड्रायरमा सिकाउदा त्यसमा च्याउको गुणस्तर खेरा नजानेका साथै अन्य समयमा भन्दा छिटो सुक्ने र च्याउको स्वाद पनि फरक नहुने गरेको छ । सञ्चालक सर्मा भन्छन्–‘अहिले घाममा सकुाउदा घामको तापले गुणस्तरमा असर गर्दथ्यो भने अहिले यो मेसिन माथिबाट छोपिएको हुनाले कुनै पनि असर गर्दैन, स्वाद र गुणस्तरमा कुनै पनि फरक परेको मैले पाईन् । ’
केही दिन पहिला सुकाएर परिक्षण समेत गरिएको छ । कलर, स्वादमा पनि कुनै पनि फरक नपर्ने गरेको उनको भनाई छ । एक दिनमा २० किलो सम्म सुकाउन सकिने क्षमता रहेको छ । ८ घण्टामा कुल पानीको मात्रा सुकाएर २० प्रतिशत मा उक्त मेसिनले ल्याउने गर्दछ ।
वि.स. २०६८ सालवाट च्याउ खेतीमा लागेका गंगाधर शर्माले च्याउको फर्म नै स्थापना गरेर वि.स. २०७० सालबाट ‘स्पीन्जर’ च्याउ फर्म सञ्चालनमा ल्याएका हुन । राष्ट्रपती उत्कृष्ठा कृषक सम्मान समेत प्राप्त गरिसकेका शर्माको पुरै परिवार नै च्याउ खेतीमा लागेको छ । बेमौसममा समेत मिल्की च्याउ उत्पादन गरेका उक्त फर्म यस क्षेत्रमा पहिलो फर्म समेत हो ।
बार्षिक रुपमा १८/१९ लाख रुपैयाँको कारोबार फर्मले गर्दै आएको जानकारी दिदै सञ्चालक शर्माले ४० प्रतिशत नाफा कमाउदै आएका छन् । उनले बार्षिक रुपमा ८ देखि १० लाख रुपैयाँ घरमा नै बसेर कमाउदै आएका छन् ।
अहिलेको च्याउको फर्मलाई वृद्धि गर्नेै योजना बनाएका छन् । बार्षिक १करोड रुपैयाँ बराबरको कारोवार गर्ने गरी अवको दुई बर्षमा फर्म सञ्चालन गर्ने योजना रहेका शर्माको भनाई छ ।
अहिले ८ वटा टनेलमा मिल्की च्याउ, कन्ने च्याउ खेती गर्दै आएका छन् । ११÷२२ का अझै ३० वटा टनेल बनाउने योजनामा रहेका छन् । जमिन भाडामा लिएर विभिन्न निकायको सहयोग गरेमा निकट भविश्यमा लक्ष्य अनुसार जान सक्ने सोच बनाइएको जानकारी उनले दिए ।
यस भन्दा पहिला रुपन्देहीमा पहिलो पटक जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको ‘प्रधानमन्त्री कृषि आधुनिककरण परयोजना’ अन्र्तगत च्याउको बल बनाउने मेसिन प्रदान गरिएको थियो । जसबाट उनले सोही मेसिनबाट च्याउ को बल्ब बनाउदै आएका छन् ।
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको १ लाख ६५ हजार र फर्मको १ लाख ६५ हजार गरी कुल ३ लाख ३० हजार रुपैयाँ लागतमा उक्त मेसिन प्रदान गरिएको थियो । स्पीन्जर च्याउ फर्मका प्रबन्धक राजन शर्माका अनुसार एक मिनेटमा ४ वटा सम्म च्याउको बल बनाउन सकिने क्षमता रहेको यो मेसिनबाट सही अनुपातमा विउ राख्नुको साथै कार्य सम्पादनमा समेत सरलता आउने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?