ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो

अमेरिका उड्न लागेकी नर्स अनिताको शंकास्पद मृत्यु : न्यायको पर्खाईमा डेढ वर्षदेखि छट्पटीमा रामचन्द्र दम्पती

२५ माघ २०७९, बुधबार
२५ माघ २०७९, बुधबार

बुटवल,२५ माघ । बुटवलको देवीनगर होराइजनचोकका ५६ वर्षिय रामचन्द्र रेग्मी उच्च रक्तचापको रोगी हुन् । उनकी श्रीमती ५५ वर्षिया सावित्रा रेग्मीलाई पनि उच्च रक्तचाप र मधुमेहको समस्या छ । डेढ वर्षअघि २०७८ असोज २० गते उनीहरुमाथि रोग भन्दा झन् ठूलो बज्रपात आइलाग्यो । अमेरिकामा जान टिकट लिइसकेर काठमाडौं जान घरबाट माइत आउने तयारीमा रहेकी छोरी अनिता रेग्मीको आफ्नै घरमा अचानक शंकास्पद मृत्यु भयो । बुटवल–१२ ढबाहास्थित घरमा २७ वर्षकी जेठी छोरीको रहस्यमय मृत्यु भएपछि रेग्मी दम्पति छोरी वियोगमा रोगमाथि थपिएको शोकले छटपटीमा बांच्न वाध्य छन् ।

छोरीको हत्या भएको दावी गर्दै रेग्मी परिवारले ६४ दिनसम्म शबको अन्त्येष्टी समेत नगरी आन्दोलन गरे । भिसेरा रिपोर्टमा अनिताको मृत्युको कारण शरीरमा विषादी पनि रहेको पुष्टि भएपछि अनिताको घरका ५ जना पुर्पक्षका लागि थुनामा गएपछि मात्र अन्त्येष्टी भएको थियो । मृतक अनिताका बुबा रामचन्द्रले घटना आत्महत्या नभई योजनावद्ध हत्या भएकाले सोही अनुसार निष्पक्ष नयाय भएर दोषीमाथि कानूनी कारवाही भए मात्र अनिता र आफूहरुले न्याय पाउने र पीडा कम हुने बताउंछन् ।
निर्दोष छोरीको अकालमै ज्यान गएपछि रेग्मी दम्पतीले औषधिको डोज बढाउनु पर्दा स्वास्थ्य अवस्था झन् कमजोर भएको दुःख सुनाउंछन् । घटना हुनु अघि भन्दा औषधिको डोज दोब्बर बढाएर खानुपर्दा मानसिक र शारीरिक अवस्था कमजोर भएको रेग्मी दम्पत्ति बताउंछन् ।
छोरी वियोगको पीडाले कैयौं रात नसुतेरै बिताएको आमा सावित्रा बताउंछिन् । अनाहकमा छोरी मारिएपछि रेग्मी परिवारको ध्यान आफूहरुले गर्दै आएको व्यवसायतिर पनि गएको छैन ।
‘एकातिर रोगले शरीर कमजोर छ,त्यसमाथि छोरी गुमेपछि पीडामाथि पीडा थपिएको छ’–सावित्रा भन्छिन्–‘न दिनमा भोक छ न रातमा निद्रा,१०– १५ वर्ष बढी बांचिन्थ्यो होला तर रोग र छोरीले न्याय नपाउने हो कि भन्ने पीरले चांडै मरिन्छ होला भन्ने चिन्ता छ, छोरीको ज्यान लिनेमाथि सजायं नभएसम्म हाम्रो मन शान्त हुन्न ।’
अनिताकी बुबा रामचन्द्रले छोरीको घटना आत्महत्या नभई योजनावद्ध हत्या भएको दुई दर्जन भन्दा बढी आधार र प्रमाण रहेको दावी गर्छन् ।
उक्त घटना सुनियोजित हत्या हो भन्ने ‘प्रमाण’हरु जुटाएर मोटो किताब बनाई छोरीको न्यायका लागि सञ्चारमाध्यम र विभिन्न निकाय धाउंदै दिन बिताइरहेको सुनाउंछन् ।
‘छोरीको हत्या भएको हो, आत्महत्या हुंदै होइन’–रामचन्द्र भन्छन्–‘विषादी खुवाएर लठ्याएपछि दुई जना वा दुई जना भन्दा धेरै मान्छेले उठाएर झुण्डाएको हो,उनीहरुलाई कारवाही र न्यायको पखाईमा डेढ वर्षदेखि तड्पिंदै बांचेका छौं ।’
सुमन खनालसंग २०७५ माघ ४ गते मागी विवाह गरेकी अनितालाई गहना (सुन) र दाइजोका कारण हत्या गरिएको रेग्मी दम्पतिको ठम्याई छ । घटनामा संलग्न रहेको अभियोगमा ५ जनाविरुद्ध किटानी जाहेरी परेकोमा मृतकका सासु शान्ता खनाल, देवर मनोज खनाल,मदन खनाल र सासुकी दिदीको छोरी रुपा घिमिरे पक्राउपछि थुनामा थिए । तर रुपा ३ लाख धरौटीमा रिहा भएकी छन् भने अनिताका श्रीमान् सुमन खनाल अमेरिकामा सम्पर्कविहीन छन् ।
उनीहरुमाथि कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी परेको छ । रेग्मी दम्पत्तिले छोरीको सम्झनामा त्रिवेणी धाममा गएर लाख वत्ती जलाएर चित्त बुझाउने प्रयास गरे तर घटना मुटुमै गडेकाले निरन्तर वैचेनी हुने गरेको रामचन्द्र सुनाउंछन् ।
‘दुबै छातीमा किला गढे जत्तिकै पीडा छ,एउटा छातीमा छोरीको अर्को छातीमा छोरीको हतया गर्ने गडेजस्तो हुन्छ’–गहभरि आंशु झार्दै रामचन्द्र भन्छन्–‘कम्तीमा योजनावद्ध हत्या गर्नेलाई कानुन अनुसार सजायको फैसला भए भने मात्र छातीमा गडेको किला निस्केर राहत र न्यायको अनुभूति हुने थियो ।’
विषादी सेवन गराई लठ्याएर झुण्ड्याई हत्या गर्ने घटनाहरु बढेका तर पोष्टमार्टम रिपोर्टमा झुण्डिएको मात्रै देखिने गरेकाले आफूहरुले भिसेरा जांच समेत गराउंदा शरीरमा फस्फाइन नामक विषयुक्त ग्यास रहेको पुष्टी भएकाले यो मुद्दामा निष्पक्ष फैसला भई अनिताले न्याय पाउनुपर्ने परिवारको माग छ ।

विधि विज्ञान प्रयोगशालाको भिसेरा रिपोर्ट अनुसार अनिताको पेट,मिर्गौला र कलेजोमा फस्फाइन नामक विषादीयुक्त ग्यास रहेको पुष्टी भएको छ । प्रहरीका अनुसन्धान अधिकृतहरुका अनुसार कुनै पनि व्यक्तिले आत्महत्या गर्दा दुई वटा विधि प्रयोग गर्दैन, एउटै मात्र गर्छ । तर यो घटनामा विषको प्रयोग र झुण्डिएको देखिनुले आत्महत्या नभई हत्या गरिएको आशंकालाई धेरै बल पुगेको छ ।

मुद्दाको निष्पक्ष फैसला भई अनिताले न्याय पाएको खण्डमा भविष्यमा यस्ता योजनावद्ध घटनामा कमी आउने र धेरै छोरी बुहारीहरुको ज्यान जोगिने उनको तर्क छ ।

अनितालाई गिलासमा अलिकति चिया दिइएको पुष्टी भएको र चियामा विष मिसाइएकाले भिसेरा रिपोर्टमा उनको मिर्गौला,कलेजो र पेटमा फस्फाइन ग्यास देखिएको छ ।
फस्फाइन ग्यास शरीरमा कुनै प्रकारको खाना खाएमा मात्र देखिने चिकित्सकको रिपोर्टमा उल्लेख छ ।
घटना हुनु बिहान १२ बजेसम्म अनिताले आमा बुबा,दाजु र बहिनीसंग फ्रेस मुडमा भिडियोकलमा कुराकानी गर्दै घरबाट विदा भएर माइत आउंछु भनेकी तर एक घण्टा नबित्दै मृत फेला पर्नुले आत्महत्या हुन नसक्ने बुबा रामचन्द्रको तर्क छ ।

रामचन्द्रका अनुसार अनिताको मृत्यु आत्महत्या नभएको २४ कारण यस्ता छन्  :

१. मेडिकल रिपोर्टमा घांटीमा रसीको डाम २९ सेन्टिमिटर लामो र २ सेन्टिमिटर चौडा एराउण्ड द नेक (घांटी वरिपरि गोलो वा ओ आकारमा हुनु ) देखिनु । आफै झुण्डिएको केसमा रसी (पासो)को डाम यु वा भी शेपमा हुन्छ तर गोलो हुंदैन ।
२. प्रहरी मुचुल्कामा १२ इन्च लम्बाई र १ इन्च चौडाईको कडा डाम बायां कानको तल आई जोडिएको अर्थात ओ आकारको रहेको ।
३. मेडिकल रिपोर्टमा नाकमा सेतो फिंज देखिएको ।
४. पंखा अग्लो रहेकाले आफै डोरी बांध्न असम्भव ।
५. कोठाको झ्याल तथा ढोका खुल्ला चुकुल नलगाएको अवस्थामा र कोठाको अवस्था लथालिंग हुनु ।
६. अनिताले लगाएको मंगलसुत्र चुंडिएर ४–५ फिट टाढा हुनु । गहना राख्ने डिब्बा कोठामै खुल्ला अवस्थामा रहनु । आफै आत्महत्या भएको भए मंगलसुत्र घांटीमै हुनुपर्ने, कसरी चुंडिएर भुईमा खस्यो ?
७. पंखामा कपालका रौं देखिनु ।
८.घटनाअघि सासु शान्ता खनाल सुनका गहनाको बिल लिन भनी रिसाउंदै बुटवल जानु ।
९ श्रीमान् सुमनले गरेका म्यासेजहरु ।
१०. अनिताको मुहार हांसी खुशी र उत्साहित अवस्थामा देखिनु । आफै आत्महत्या गर्ने व्यक्ति निराश र चिन्तित मुद्रामा हुन्छन् ।
११. सोही दिन २० गते दिउसो माइती घर आउन तयारी अवस्था र २३ गते नै अमेरिका फ्लाइटका लागि टिकट फिक्स ।
१२. घटनाका बखत शान्ता खनालले बुहारीले पकाएको नखाएको २ वर्ष भयो भनी मारेर पनि आवेग शान्त नभएको भाव प्रदर्शन गरेको ।
१३. सूचना दिने रुपा घिमिरेले अस्पष्ट र दोहोरो सूचना दिएको ।
१४. देवर मनोज खनालले घटना हुंदा एनआईसी एशिया लघु वित्तको अफिस कोटिहवामा छु भनेको तर प्रहरी अनुसन्धानमा टेलिफोन लोकेसन ट्रयाक (सीडीआर रिपोर्ट) मा घटनास्थल ढबाहामा रहेको पुष्टी भएको । र उनी घटनाको ८ महिनासम्म फरार रहेर पछि रुपा पक्राउपछि प्रहरीमा आत्मसमर्पण गरेको ।
१५. मृतकले कम्मरमा च्यापेको टिसर्ट तल नझर्नु । आफै झुण्डिएको भए शरीर तन्किंदा टिसर्ट तानिएर तल झर्नुपर्दथ्यो ।
१६. रुपाले मृतकलाई चिया लिई गएको बताएकी तर चिया पिंधमा थोरै मात्र रहेको, भिसेरा रिपोर्टमा विषादी भएको पुष्टी ।
१७. अदालतमा बयान दिंदा झ्यालमा गएर बोलाएको भन्ने बयान गरेको तर प्रहरी मुचुल्कामा झ्याल समेत खुला रहेको । सो बयान झुठो सावित भएको ।
१९. थाइराइड ग्रन्थी फ्याक्चर नभएको । आफै झुण्डिएको भए शरीरको झड्का परेर फ्याक्चर हुनुपर्ने ।
२०. आत्महत्याको सर्वमान्य सिद्धान्त वमोजिम आत्महत्या भए घटनास्थलमा मल,मुत्र,( पुरुष भए बिर्य ) बिसर्जन हुनुपर्ने, तर केही छैन प्रहरी मुचुल्कामा ।
२१. त्यति अग्लो पंखामा कसरी झुण्डिन सकिन् भनेर सोध्दा देवर मनोज खनालले मेरो कोठामा आल्मुनियम भ¥याङ छ त्यही भ¥याङ लिएर झुण्डिई होलिन् भनेको । तर प्रहरी मुचुल्कामा भ¥याङ उनकै कोठामा रहेको उल्लेख छ । सो भ¥याङ उनको कोठामा कसरी गयो ?
२२. मृतकको डायरीमा टिपोट भएका श्रीमान्का दुराशययुक्त भनाईहरु ।
२३. मदनले घटनास्थलको कुर्सी उत्तर दक्षिण फर्केर रहेको छ भनेर झुठो बयान दिएको तर यथार्थमा पुर्व पश्चिम रहेको पुष्टी ।
२४. पासोको गांठाको प्रकृति पंखा र घांटीमा अलग अलग हुनु । आफैले गांठो पारेको भए एउटै मान्छेले एउटै प्रकृतिको पाथ्र्यो । तसर्थ दुई वा दुई भन्दा बढी व्यक्तिले आफ्नो तरिका अनुसार अलग अलग प्रकृतिको गांठो पारेको ।

घटना विवरण :

बाग्लुङ्गको निसीखोला गाउँपालिका–४ झिवाखोला बजारमा पुख्र्याैली घर भएका रेग्मी परिवार (अनिताको माइतीघर) बुटवल– ११ को होराइजन चोकमा छ । उनका बाबु रामचन्द्र रेग्मीका अनुसार असोज २० गते विहान ११ बजेर ५८ मिनेटसम्म माइतीसँग अनिताले म्यासेन्जरमा कुरा गरेकी थिइन् । मम्मी ( सासु–आमा ) अहिले बुटवल जानु भएको छ । उहाँ आएर मलाई विदाई गर्न वित्तिकै म त्यहाँ आउँछु भनेर भनेकी थिइन् । त्यसपछि उनले १२ बजेर २ मिनेट जाँदा अमेरिकामा रहेका श्रीमान सुमन खनाललाई म्यासेन्जरमा ‘मलाई माथि (घरको कोठा) मम्मीले बोलाउनु भएको छ , माथि जान्छु’ भनेर म्यासेन्जरमा लेखेको कुरा बाबु रेग्मीले आफैले देखेको बताए । उनको सुत्ने कोठा दोश्रो तल्लामा थियो । माथिल्लो तलामा किचनसहित सासु आमा बस्ने गरेका थिए ।’
माइती परिवारले छोरी त्यसको ‘केहिबेर पछि आउँछिन् भनेर बाटो कुरेर बसेका थिए । तर,एक्कासी त्यस दिन १ बजेर ४७ मिनेट जाँदा त्यस घरकी एउटी महिलाले अनिताकी भाउजु निर्माण भण्डारी गैरेलाई फोन गरेर भाउजु भित्र हुनुहुन्छ । ढोका लाको छ खै के भो के भन्दै फोन गर्छिन । फोन तत्कालै काट्छिन् । फोन काटे पछि तत्काल कल ब्याक गरेपछि उनी कोठामा झुण्डिएको कुरा सुनाउँछन् । बाबु रामचन्द्र भन्छन् ‘म तत्कालै हिडेर १६ मिनेट जाँदा त्यस घरमा पुगें । ढोका खुल्लै थियो । छोरी झुण्डिएको तल भुँईमा मंगलसुत्र छिनेर यत्रतत्र छरिएको देखें । कुर्ची लगायतका सर–समान पनि भुँईमा खसेका थिए । माथि पंखामा बाँधिएको डोरी गलामा कसिएको डोरी बाँधिएको प्रकृति पनि फरक थिए । यसले गर्दा मेरी छोरीलाई कुशलता पुर्वक झुण्डाएर मारिएको ठहर छ ।’
बाबु रेग्मीले त्यस घरमा विवादको बिउ सुनका गहना भएको बताउँछन् । ज्वाँइले अमेरिकामा नेपाली गहनाहरुको बेग्लै महत्व हुन्छ सबै गहना लिएर आऊ भनेपछि छोरीले लैजान लागेको र सासुले लैजानबाट रोक्न खोजेको विषयमा विवाद चर्केको उनको भनाई छ । त्यसमा उनका कान्छा छोराले आमालाई साथ दिएको रेग्मीले बताउंछन् ।
दुई छोरा, दुई छोरी मध्ये अनिता जेठी छोरी थिइन् । विवाह अघिसम्म मणिग्रामको क्रिमशन अस्पतालमा जागिरे थिइन् । डिभी परेर अमेरिका पुगेका उनका श्रीमान सुमन खनालसँग २०७५ साल माघ ४ गते विवाह भएको थियो ।
विवाह गरेर अमेरिका हिँडेका उनी त्यसको एक वर्षपछि घर आई करिब दुई महिना बसेर अमेरिका फर्किएका थिए । प्रहरीले शुरुमा आत्मत्या दुरुत्साहन मुद्दामा अनिताकी सासु शान्ता खनाल र देवर मदन खनाललाई हिरासतमा लिएर अनुसन्धान गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । मनोज खनाल र रुपा घिमिरे भने ८ महिनासम्म फरार थिए । घटनाको ८ महिनापछि रुपा अर्घाखांचीबाट पक्राउ परेपछि मनोज केही दिनपछि प्रहरीमा आत्मसमर्पण गर्न आएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?