© २०२३
दाङको तुलसीपुर उपमहानगरपालिकाले वजार क्षेत्रलाई व्यवस्थित वनाउनका लागि नयाँ रणनीति अनुसार काम अगाडी वढाउने भएको छ । पछिल्लो समय दुर्घटना वढेसँगै उपमहानगरपालिकाले सरोकारवाला सवैलाई राखेर छलफल गरेको हो । तुलसीपुरमा नयाँ वसपार्क निर्माणाधिन अवस्थामा रहेकाले त्यसको व्यवस्थापन गर्नुपर्ने बुधबार तुलसीपुरमा भएको छलफल कार्यक्रमका सहभागिहरुले बताए । उनीहरुले वसपार्क व्यवस्थित हुन नसक्दा जनजीवन प्रभावित भएकाले ब्यवस्थापनमा तुलसीपुर उपमहानगर सकृय बन्नु पर्ने सुझाव दिए ।
वसपार्कमा रहेका गाडीका काउन्टरहरु बाटोमा भएकाले सडक अव्यवस्थित भएको स्थानीय पदम पोख्रेलले वताए । उनले वसपार्कको संरचना नवन्दासम्म अस्थायी रुपले भएपनि व्यवस्थापन गर्न आग्रह गरेका छन् । सडक व्यवस्थित हुन नसक्दा तीन वर्षमा पाँचजनाको मृत्यु भएको स्मरण गराउदै पोख्रेलले वाटोमा सामान समेत हटाउनका लागि आग्रह गरेका छन् । छलफल कार्यक्रममा सहभागी स्थानीयले सवारी चालक अनुमती पत्र लाइसेन्समा भएको अनियमितताका कारणले गर्दा पनि दुर्घटना भएको वताउँदै कारबाही प्रक्रियालाई वलियो वनाउनुपर्ने कुरामा जोड दिए । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक मदनवहादुर कुँवरले दुर्घटना न्यूनीकरणका लागि रिफ्रेस सेन्टर चलाउनुपर्ने कुरामा जोड दिएका छन् । उनले अव्यवस्थित यातायातको अवस्थालाई सुधार्नका लागि स्थानीय तह, सडक विभाग, यातायात कार्यालय, स्थानीय जनता सबैको सहयोग हुनुपर्ने वताए । छलफल कार्य्रममा राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका अध्यक्ष सुरेश हमालले वसपार्क हिजो भन्दा आज थप व्यवस्थित भएको भन्दै वढ्दो सवारीको चापलाई थेग्न अहिले पनि धौ धौ भएको वताए । टेम्पु पार्किङ्गलाई व्यवस्थित गर्नुपर्ने वताउँदै हमालले वस छुट्ने समय तालिकाको सवै समिति मिलेर समायोजन गरेको थप व्यवस्थित हुने वताए ।
यसैविच तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले यातायात व्यवस्थापन सम्वन्धि समस्या एक साता भित्रै समाधान गर्न निर्देशन दिएका छन् । उनले वसपार्कमा रहेका काउन्टर हटाएर तत्काल वन्दै गरेको भवनमा सार्ने समेत वताएका छन् । तुलसीपुर वजारका मुख्य गल्लीहरुमा फुटपाथ र सडक तत्काल खाली गराउन मेयर पाण्डेले निर्देशन समेत दिएका छन् । अटोको पार्किङ्गका लागि तत्काल व्यवस्था गर्ने वताउँदै नगरप्रमुख पाण्डेले उपमहानगरपालिकाबाट अनुमति नलिएका, लाइसेन्स नभएका, विमा नवनाएका र अन्य सरकारी प्रक्रिया पुरा नगरेका अटोहरुलाई कारवाही गर्ने वताए ।
तुलसीपुर उपमहानगरपालिकाले वसपार्क र सडक व्यवस्थापनको अनुगमनका लागी वित्तिय अधिकृत ललित वहादुर घर्ति, इन्जिनियर पवन योगी र सुचना अधिकारी झरेन्द्र खरेललाई जिम्मेवारी दिएको छ । व्यवस्थापन समितिका अध्यक्ष वित्तिय अधिकृत ललितवहादुर घर्तीले काउन्टरहरुका लागि व्यवस्था भइसकेको वताएका छन् । तुलसीपुरमा सबै समितिहरुलाई मिलाएर २२ वटा काउन्टर दिने निर्णय गरेर चिठ्ठा प्रणालीबाट छनोट गर्न दिईने उनले बताए ।