© २०२३
बुटवल,१७ माघ । वहुचर्चित टीकापुर घटनाको पेशी आज रहेको छ । २०७२ भदौ ७ गते थरुहटको आन्दोलन हिंसात्मक बन्दा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने,एक अबोध बालकसहित आठ सुरक्षाकर्मी मारिएका थिए ।
उक्त घटनामा रेशम चौधरी सहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । त्यसको २ वर्ष पछि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।
सोही साल फागुन १२ गते रेशमको पक्षका कानुन व्यवसायीहरूले सर्वोच्चमा पुनरावेदनका लागि दिएको निवेदनमाथि आज बहस हुने बताइएको छ ।
यस अघि सर्वोच्च अदालतमा ८ पटक सम्म साधारण तारिख र ५ पटक पेशी सरेको थियो ।
रेशमको पक्षमा सरोज बुढाथोकी,ध्रुवलाल श्रेष्ठ, रन्जितभक्त प्रधानाङ्ग, दीपेन्द्र झा, लोकमनी पोख्रेल, मनिस श्रेष्ठ, आसिश श्रेष्ठ लगायत करिब १ दर्जन बढी वरिष्ठ अधिवक्ताहरूले झगडिया झिकाऊका लागि बहस गर्ने छन्।
जिल्ला अदालतले ११ जनालाई जन्मकैदको फैसला सुनाएको र उच्च अदालत दिपायलले ८ जनालाई जन्मकैदको फैसला सुनाएको हुँदा सरकारी वकिलले पनि झगडिया झिकाऊका लागि बहस गर्ने बताइएको छ ।
टीकापुर घटनाको सन्दर्भमा न्यायाधीशले झगडिया झिकाऊका लागि फैसला गरे टीकापुर घटनाका विषयमा थप बहस हुने छ ।
न्यायाधीशले उच्च अदालतकै फैसला सदर गरे अदालतीय प्रक्रिया मार्फत रेशम रिहाइको बहस सकिने छ ।
कानुन व्यवसायीहरू भने आज दुवै सम्भावना रहेको बताउँछन् ।
यसअघि मुख्य अभियुक्त रेशम चौधरीको राजनीतिक शक्ति कमजोर भएपनि गएको मंसिर ४ को चुनावले उक्त पार्टीको संसदमा बलियो उपस्थिति रहेको, उनको पार्टीले प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेको र प्रधानमन्त्रीले समेत उनलाई भेट्दै आएकाले उनको मुद्दा प्रभावित भई रिहा हुने सम्भावना बढी रहेको राजनीतिक वृत्तमा चर्चा छ । यद्यपि यो अनुमान गलत सावित हुन पनि सक्छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी