ट्रेंडिंग:

>> सुनको मुल्य २७ रूपैयाँले बढयो, पुग्यो १ लाख ८७ हजार >> संविधानद्वारा प्रत्याभूत महिला अधिकार गुम्ने खतरा >> आन्तरिक पर्यटकले बढाएको उत्साह >> दर्जनौ खानेपानी आयोजना अलपत्र >> होटल व्यवसायीमा रमिताः भान्से हुँदै दल, भाग लगाउँदै पद ! >> नाम मात्रैको सहकारीलाई बाटो देखाउँदै जैविक कृषि सहकारी >> टस जितेर नेपाल हङकङ बिरूद्दको खेलमा फिल्डिङमा >> आन्दोलन निर्णायक स्थानमा पुग्यो, भ्रममा नपरी सबै माइतीघर आउनु होलाः शिक्षक महासंघ >> बिसिए च्यालेन्जर्सको कप्तानी गर्दै नौ बर्षीय कृकेटर अनमोल बाबु >> वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस >> स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> शिक्षकका माग सम्बोधन गर्न मन्त्रिपरिषद्को ४ बुँदे निर्णय, आन्दोलन अन्त्य गरी विद्यालय फर्कन आह्वान >> घट्यो पेट्रोल-डिजेलको भाउ >> आठ वर्ष मुनिका तीन बालिकामाथि बलात्कार, ५८ वर्षीय पुरुषले प्रहरी समक्ष आरोप स्वीकारे >> दाउन्नेको अवस्था अवलोकन गर्न पनि सडक मार्गबाटै आएँ : प्रचण्ड  >> राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा हार्डवेयर व्यवसायीमाथि एक करोडको मागदावी सहित मुद्दा >> गुल्मीमा सुतिरहेको अवस्थामा मजदूरको मृत्यु >> तुलसीपुरले गर्यो ज्येष्ठ नागरिक सम्मान >> सहकारीका समस्याबारे राष्ट्रपतिको चासो >> त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई >> बर्षको पहिलो दिन सेयर बजारले गर्यो स्वागत >> नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा >> कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक >> पाँच रूपैयाँका १० लाख नाेट बजारमा >> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य

‘नाबालिका बलात्कार मुद्धामा बयान फेर्न लगाएर सफाई’

१६ माघ २०७९, सोमबार
१६ माघ २०७९, सोमबार

बुटवल,१६ माघ । दाङ घोराहीका ऋषि पोखरेल १० बर्षिय नाबालिकामाथि जबरजस्ति करणिको मुद्धामा पुर्पक्षका लागि कारागार चलान भएको दुर्इ महिनामा सफाई पाएका छन् । आर्थिक चलखेल गरेर नाबालिकालाई बयान फेर्न लगाएर पोखरेलले सफाई पाएको स्थानीयको दावी छ । उनी घोराही उपमहानगर वडा नम्बर १३ का वडा अध्यक्ष डुल्लु पोखरेलका छोरा हुन् । उनलाई मुद्धाको अन्तिम टुङ्गो नलागेसम्म दाङ देउखुरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरे पनि त्यसको २ महिनामै सो मुद्धामा सफाई दिएको हो । अदालतका जिल्ला न्यायाधीश जगतप्रसाद पौडेलको एकल इजलाशले पोखरेललाई सफाई दिएपछि उनि कारागारबाट छुटेका हुन । अदालतमा न्यायाधीश र पिडित नाबालिकालाई आर्थिक चलखेल गरेर २ महिनामै पोखरेलले सफाई पाएको अदालत स्रोतले जनाएको छ ।
कांग्रेस नेताहरुले प्रहरीलाई मुद्धा दर्ता नगर्न र दर्ता भइहालेको अबस्थामा मुद्धा कमजोर बनाउन केन्द्रबाट निकै ठुलो दबाब दिदै आएपनि प्रहरीले अन्तिममा बाध्य भएर दर्ता गरेको थियो । नाबालिकामाथीको बलात्कार मुद्धा मिलाउन खोज्दा अभियुक्त ऋषि केही दिन भाग्न सफल भएका थिए । चारैतिरको दबाबपछि उनलाई लुकिछुपी बसेको अबस्थामा घोराहीको भरतपुरबाट पक्राउ गरेको थियो । सुरुमै आर्थिक चलखेलकै कारण मुद्धा दर्ता गर्न आलटाल गरेका डिएसपि जिप्रका दाङमा धेरै लामो समय मुद्धा फाटमा बसेकाले जिल्ला प्रहरी प्रमुखलाई सामान्य घटना भएको भन्दै ढाकछोपको प्रयास पनि गरेका थिए । पिडितले जबरजस्ति करणिमा जाहेरी लगेपनि प्रहरीले बाल यौन दुव्र्यवहारमा मुद्धा दर्ता गर्दै घटना अनुसन्धान गरेर ऋषिलाई बचाउन निकै लागि परेको स्थानीयको गुनासो छ । तर, पिडित नाबालिकाको अस्पतालको मेडिकल रिपोर्ट बलात्कार कसुरमा थप प्रमाणित हुने अबस्था आएपछि जिल्ला सरकारी वकिल कार्यालय घोराहीले जबरजस्ति करणिमा मुद्धा ल्याउन प्रहरीलाई निर्देशन दिएपछि बलात्कारमा प्रहरीले मुद्धा दर्ता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%