ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो

जेष्ठ नागरिकः कतै सम्मानित कतै अपमानित

२७ असार २०७५, बुधबार
२७ असार २०७५, बुधबार

समाजका लागि जीवनभर महत्वपूर्ण योगदान गरेको भन्दै रोल्पाका विभिन्न स्थानीय सरकारहरुले जेष्ठ नागरिकहरुलाई सम्मान गरेका छन । त्रिवेणी गाउँपालिका २ नुवागाउँले ७० वर्ष माथिका १ सय वढी जेष्ठ नागरिकलाई कम्मल वितरण गरेको छ । वडाध्यक्ष कविराज वुढाले जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै १÷१ थान कम्मल हस्तान्तरण गरेको वडा कार्यालयले जानकारी दिएको छ ।
जाडो मौसममा जेष्ठ नागरिकलाई कम्मल महत्वपूर्ण सहारा हुने भएकाले यस्तो कार्यक्रम ल्याएका हौ त्रिवेणी गाउँपालिका २ का वडा सदस्य धनवहादुर वस्नेतले भने । जाडो मौसममा न्यानो कपडाको अभावमा अधिकांश जेष्ठ नागरिकका रातहरु कष्टपूर्ण हुने भएकाले जाडो छल्न सजिलो हवस भन्ने उद्धेश्यले कम्मल वितरण गरेका हौ वस्नेतले भने ।
थवाङ गाउँपालिका ३ मिरुलले पनि जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । पुरुष जेष्ठ नागरिकहरुलाई ढाकाको टोपी र महिला जेष्ठ नागरिकहरुलाई सल वितरण गरेर सम्मान गरिएको वडा सचिव चन्द्रज्योती सुवेदीले जानकारी दिए । वडा भित्रका ७५ वर्ष माथिका ५० वढी जेष्ठ नागरिकलाई सम्मान ग¥यौ सचिव सुवेदीले भने । सम्मान पछि जेष्ठ नागरिकको मनोवल वढ्ने तथा सामाजिक प्रतिष्ठा समेत उचो हुने हुदा यस्तो कार्यक्रम रोजेका हौं वडा सचिव सुवेदीले भने ।
जिल्लामा रहेका स्थानीय तहका वडाहरुले लक्षित वर्गको कार्यक्रम अन्तरगत जेष्ठ नागरिकहरुलाई सम्मान गरेका हुन । जेष्ठ नागरिक अनुभवका खानी मात्रै नभई समाजका अभिभावक समेत रहेकाले उनीहरुको सम्मान गरिएको स्थानीय सरकारका प्रतिनिधिहरुले औल्याएका छन । जीवन कालमा समाजका लागि लामो योगदान गरेका कारण उनीहरुलाई सम्मान गर्ने परम्पराको थालनी गरेको उनीहरुले वताएका छन ।
यता रोल्पा नगरपालिकाले भने जेष्ठ नागरिकका लागि कुनै वजेट उपलव्ध नगराउदा केही वर्ष यता संचालनमा रहेको जेष्ठ नागरिक दीवा सेवा केन्द्र नै वन्द हुने अवस्थामा पुगेको जेष्ठ नागरिकहरुले वताउका छन । स्थानीय सरकार आफैले वजेट विनियोजन गरि सेवा केन्द्र निरन्तरता दिनु पर्नेमा माथिवाट आएको वजेट समेत विभिन्न वहानामा फर्काउने काम गरियो जेष्ठ नागरिक जिल्ला संघ रोल्पाका अध्यक्ष तेजराज आचार्यले भने । जिल्ला विकास समिति लगायत विभिन्न निकाय संग समन्वय गरि स्थापना गरिएको सो केन्द्र वजेट अभावले वन्द गर्नु पर्ने अवस्था आएको आचार्यले वताए ।
जेष्ठ नागरिकहरुले आफ्नो उमेरका दौतरी संग वसेर कुराकानी गर्ने, भजन किर्तन गर्न तथा धार्मिक पुस्तकहरु पढ्न मन पराउने हुदा सवै स्थानीय तहको केन्द्रमा जेष्ठ नागरिक दीवा सेवा केन्द्र स्थापना गर्नु पर्ने अध्यक्ष आचार्यको सुझाव छ । संघीय सरकारले जेष्ठ नागरिक मन्त्रालय समेत स्थापना गरेको भए पनि स्थानीय सरकारहरुले भने लक्षित वर्गको वजेट समेत जेष्ठ नागरिकहरुमा खर्च गर्न कन्ज्यूस्याई गरेको आचार्यले आरोप लगए ।
जेष्ठ नागरिकको सम्मान कार्यक्रम औपचािरकतामा मात्रै सिमित रहेको अध्यक्ष आचार्यले प्रतिकृया दिए । व्यवस्था परिवर्तन संगै जेष्ठ नागरिकले पनि फरक अनुभूती गर्नु पर्नेमा परम्परालाई निरन्तरता दिने काम मात्र भएको छ आचार्यले भने । केही वडाहरुले वजेट विनियोजन गरेर जेष्ठ नागरिकको सम्मान गरे पनि अधिकांश स्थानीय तहले लक्षित वर्गको सो वजेट जेष्ठ नागरिकका लागी खर्च नगर्नु दुखद रहेको आचार्यको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?