ट्रेंडिंग:

>> स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ? >> शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, आन्दोलन टुंगिने सम्भावना >> बालविवाह न्युनीकरणका लागि बरघरलाई अभिमुखीकरण >> वन्यजन्तु सप्ताहमा संरक्षणकर्मीलाई सम्मान >> घरेलु टोली बाँकेलाई हराउँदै रौतहट लुम्बिनी कपको सेमिफाइनलमा >> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट

सरकारलाई सय दिनको अवसर

८ माघ २०७९, आईतवार
८ माघ २०७९, आईतवार

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नयाँ मन्त्रिपरिषद विस्तार गरेसंगै मन्त्रीहरुको विगतको पृष्ठभूमिको विषयलाई लिएर अहिले चौतर्फी टिप्पणी भैरहेको छ । खासगरी नयाँ मन्त्रीहरु अनेकौं प्रकारका परिघटनामा जोडिएकोले उनीहरुको विषय सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्ममा चर्चा पाएको छ । अहिलेका मन्त्रीको मूल्याँकनमा विगतको उनीहरुको भूमिका र कृयाकलाप पनि महत्वपूर्ण हुन्छ । यद्यपी उनीहरुको वर्तमानमा हुने राम्रो कामको नियमितता र अग्रसरताले विगत विर्सिन चाहिँ सहयोग पुग्छ । निश्चित रुपमा देश सामान्य अवस्थामा छैन । त्यसैले सरकारले पनि अहिले सामान्यरूपमा कामकाज गरेर पुग्दैन । तर, सरकार विस्तार भएसंगै सरकारको विषयलाई लिएर टिकाटिप्पणी र आलोचना सुरु भएकोले सरकारलाई सहजरुपमा काम गर्ने वातावरण हुँदैन कि भन्ने आशंका जन्मिएको छ । प्रधानमन्त्री प्रचण्डको मन्त्रिपरिषद्ले एकातिर थुप्रै विषय सच्याउनु जरुरी छ । अर्कातिर, आर्थिक संकटको महामारीबाट अर्थतन्त्रलाई बौराउनु अनिवार्य भएको छ । तर, जुनरुपमा सरकार विस्तारसंगै नयाँ मन्त्रीको विषयलाई लिएर टिकाटिप्पणी सुरु भएको छ त्यसले सरकारलाई काम गर्न भने सजिलो छैन भन्ने प्रमाणित भएको छ । अहिले सरकारको विषयमा टिका टिप्पणी गर्ने थुप्रै समय बाँकी छ । जुनकुनै सरकारलाई पनि तीन महिनासम्म काम गर्ने छुट हुन्छ र त्यस अवधीमा सरकारको कामको प्रतिक्षा गरिन्छ तर अहिले सुरुवाती दिनवाटै सरकारप्रतिको टिका टिप्पणीले सरकारमाथि काम गर्नेभन्दा पनि दवाव बढाउने काम भएको छ । पहिले सरकारलाई काम गर्न दिउँ र पछि सरकारको काम गराईको मूल्याँकन गरेर आलोचना गर्न सकिन्छ र त्यो समय आउनै बाँकी छ । सरकारले लय नसमात्दै भैरहेको आलोचनाले सरकारमाथि दवाव पर्ने हो कि भन्ने आशंका बढेको छ । त्यसो त सरकारमा सहभागी मन्त्रीहरुमाथि विगतमा अनेक आरोप र अभियोग लागेकै हो । विगतको जस अपसजको विषयको भागिदार उनीहरु हुनैपर्दछ तर केही समय काम गर्न दिएर अर्को मूल्यांकन गर्न सकिन्छ । कम्तीमा नयाँ सरकारलाई त्यो अवसर दिउँ भन्ने हो ।

त्यसै त यो मन्त्रिपरिषदमा चार चारजना उपप्रधानमन्त्री नियुक्तीले मन्त्रिपरिषदको यो संरचना भद्दा देखिएको छ । विगतमा पनि व्यक्ति अनुसारको पद मिलाउन उपप्रधानमन्त्रीको आकार बढाइएको थियो । अहिलेपनि विगतमै भएको कामलाई निरन्तरता दिइएको छ । अहिले कुरा यत्ति हो कि काम हेरेर सरकारको मूल्याँकन गरौं भन्ने हो । विगतमा उपप्रधानमन्त्रीहरुले नगरेको काम इतिहासकै गौरवको रुपमा यसपटकका उपप्रधानमन्त्रीहरुले नगर्लान भन्न सकिदैन । तसर्थ उपप्रधानमन्त्रीमात्रै होइन नयाँ मन्त्रीका विषयमा जति आलोचना भएका छन, त्यसमा एकछिन धैर्य गर्न सक्नुपर्दछ । धेरै उपप्रधानमन्त्री हुँदैमा काम नहुने भन्ने होइन र विवादास्पद छवि भएका मन्त्रीले अव प्रभावकारी काम नगर्लान भन्ने पनि होइन । तसर्थ समय अझै छ । तसर्थ अहिले काम गर्न दिउँ, आलोचना पछि गरौंला भन्ने हो ।

विगतमा सत्ताका लागि जस्तोसुकै सम्झौता गर्ने काम र प्रवृत्ति अहिले नदोहोरिएमा पनि धेरै सुधार हुन सक्छन । यस पटकको निर्वाचनपछि परम्परागत राजनीतिक अभ्यासमा सुधार र शुद्धीकरणका प्रयास धेरै भएका छन । दलहरुले त्यसका लागि निर्णायक भूमिका खेलेका विर्सन सकिदैन । दलहरुले नयाँ उचाईमा सरकार निर्माण गरेको दावी गरिरहँदा कम्तीमा पनि सरकारलाई सय दिनको मौका दिनु भन्नुको अर्थ सरकारको काम हेर र आलोचना गर भन्ने नै हो । यसैले आशा गरौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारको आलोचना गर्ने समय अझै धेरै बाँकी छ । रात रहे अग्राख पलाए भनेझै सरकारलाई काम गर्ने वातावरण तयार गरिदिनु जनताको दायित्व हुन आउँछ । जुनकुनै सरकारको आलोचना गुण र दोषको आधारमा गरिन्छ । तसर्थ अहिले नै मन्त्रीहरुको विषयलाई लिएर आलोचनाको हतारो भन्दा पहिला सरकारको सय दिनको काम हेरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?