© २०२३
बुटवल रुपन्देहीको कञ्चन गाउँपालिकाले पुर्वाधार विकासमा जोड दिएको छ । विकास निर्माणको कार्यलाई निरन्तता दिएको गाउपालिको चालु आर्थिक बर्ष २०७४/०७५ मा सडकलाई पहिलो प्रथमिकतामा राखेर कार्य गरेको छ । त्यस पश्चात कृषि, शिक्षा र स्वाथ्यलाई पनि प्रथमिकतामा राखेर अगाडी बढाइएको गाउपालिकाका अध्यक्ष गोर्कण बहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले विपन्न व्याक्तिहरुको खर र फुसको छानो विस्तापित देखि लिएर मुसहरहरुकोलागि आवास निर्माणको समेत कार्य गाउपालिकाले गरेको छ ।
पहिलो प्रथमिकतामा सडक निर्माणलाई राखेको गाउपालिको आगामी आर्थिक बर्ष ०७५÷७६ मा एउटा पनि सडक कच्ची(धुले) सडक नरहिने गरी कार्य अगाडी बढाएको छ । गाउपालिका अध्यक्ष क्षेत्री भन्छन्–‘हामी यो बर्ष गाउपालिकामा रहेका ८० प्रतिशत सडकमा ग्राभेल गरेका छौं, बाँकी २० प्रतिशत अर्को आवमा पुरा गरी धुलो बाटो नभएको गाउपालिको रुपमा पहिचान दिलाउने गरी अगाडी बढेका छौं ।’
गाउपालिकामा विश्व विकास बैंकको सहयोगमा करिव १५ किलोमिटर सडक चालु आर्थिक बर्षमा पिच भएको छ, भने गाउँपालिकाबाट करिव १२ किलोमिटर गरी कुल २७ किलोमिटर सडक यस बर्ष कालोपत्रे गरिएको छ । आगामी आर्थिक बर्षमा कुल १२ किलोमिटर सडक कालेपत्रो गर्ने गरी कार्ययोजना स्कृत भएको गाउपालिका अध्यक्ष क्षेत्रीको भनाई रहेको छ ।
विगतका दिनहरुमा सडक मर्मत संहार तथा पिच नभएको कारण सस्ती व्होरेका स्थानियहरुले सडक कालेपत्रो भएपछि राहत मससुस गरेका छन । विश्व विकास बैंको अनुदान र गाउँपालिकाकसंमन्वयमा रुपन्देहीको रुद्रपुर(फायरलाईन) देखि मंगलाचौक सम्म २२ किलोमिटर सडक कालेपत्रे गरिएको छ । विगत लामो समय देखि सडक सामान्य पनि मर्मत संहार नहुँदा सास्ती पाएका रुद्रपुर बासीहरुले सडक निर्माण पछि राहतको महसुस गरेका छन् ।
यस्तै गाउपालिकाले गन्दर्भ जातीको लागि पनि घर निर्माणको कार्यक्रम अगाडी बढाएको छ । कञ्चन गाउपालिका वडा नम्बर १२ घर रहेका उक्त जातिको लागि ३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यस्तै मुसहर बस्तीको लागि आगामी बर्षमा पनि थप १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको हो ।
गाउपालिको फुस र खरको छानो विस्तापित गर्ने अभियान अन्र्तगत ८२ घर धुरी मा राहत टिनको छाना हाल्न सहयोग गरेको छ । जस्तापाता खरिदको लागि यस बर्ष पनि १० लाख रुपैयाँ विनियोजना गरिएको हो । यस बर्ष सबै वडाहरुमा गरेर करिव ८० घरधुरीमा जस्ता पाता जडान कार्य सकिएको र ३ बर्षमा खरको छाना विस्तापित हुने गाउपालिकाले अपेक्ष लिएको छ । गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्री भन्छन्–‘अवको ३ बर्षमा गाँउपालिकाका सबै घरहरुमा खरको छाना र फुसको छाना विस्तापित हुन्छ , यो दिर्घकालिन लक्ष्यका साथ हामी आगाडी बढेका छौ ।’