© २०२३
रूपन्देहीको सैनामैना नगरपालिकामा शनिबारदेखि चौथो जिल्ला स्तरीय खुल्ला नकआउट क्रिक्रेट प्रतियोगिता आयोजना हुने भएको छ । स्टार स्पोटर्स क्लब सैनामैना–७ लम्टियाको आयोजनामा हुन लागेको प्रतियोगताको तयारी पुरा भईसकेको आयोजकले शुक्रबार पत्रकार सम्मलेनको आयोजना गरि जानकारी दिएको हो । असोज २० गतेदेखि कात्तिक ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २० टिमको सहभागिता रहने क्लबका अध्यक्ष कृष्ण ज्ञवालीले बताए ।
खेल सैनामैना ७ लम्टियामा रहेको खेल मैदानमा हुने खेलमा प्रथम पुरस्कार रु ५० हजार, द्वितीय पुरस्कार रु ३० हजार र उत्कृष्ट खेलाडीको लागि नगद सहितको पुरस्कार रहेको अध्यक्ष ज्ञवालीले बताए । जानकारी दिनु भएको छ । रूपन्देही जिल्ला लगायत कपिलबस्तु र नवपरासी जिल्लाबाट बिभिन्न क्लबका टिमहरूले सहभागिता जनाएको खेल संयोजक खिमराज पोखरेलले जानकारी दिए । प्रत्येक दिन दुईबटा खेल सञ्चालन गरिने र निःशुल्क रूपमा खेलको अवलोकन गर्न पाइने ब्यवस्था मिलाएको आयोजकले जनाएको छ ।
समाज परिवर्तन र खेलकुद विकास हाम्रो आवाज भन्ने नारा लिएको क्लबले सैनामैनामा किक्रेटको विकासको लागि क्लबले महŒवपूर्ण काम गर्दै आएको क्लबले दाबी गरेको छ । यस क्षेत्रका क्रिकेट प्रेमी र खेलाडीहरूको लागि प्रतियोगिता महत्वपूर्ण सावित हुने बताईएको छ । प्रतियोगिता सञ्चालन गर्नको लागि ९ लाख २४ हजार रकम लाग्ने आयोजकले अनुमान गरेको छ ।