© २०२३
बुटवल,२३ पुस । बुटवल ११ कालिकानगरमा अवस्थित इन्टलेक्च्यूअल स्कुलको १३ औं साधारण सभा शनिवार सम्पन्न भएको छ । स्कुल सञ्चालक समितिका अध्यक्ष गोविन्द प्रसाद मरासिनीको अध्यक्षतामा भएको साधारण सभाले स्कुलका शिक्षण सिकाईसहित भावी योजनाका बारेमा बृहत छलफल भएको थियो ।
शिक्षण सिकाई क्रियाकलापमा अब्बल सावित भएकोले ब्रिटिश काउन्सिलद्वारा प्रदान गर्ने सन २०२०र०२३ का लागि अन्तर्राष्ट्रिय स्कूल अवार्ड समेत प्राप्त गरेको स्कूलले सिकाई सर्वाङ्गीण विकसका लागि भन्ने मूल लक्ष्य सहित आफ्ना गतिविधि अगाडि बढाइरहेको छ। मन्टेश्वरीदेखि कक्षा १० सम्म संचालित स्कूललाई आगामी दिनमा गतिशील समाजसँगै सिकाईमा गतिशीलता जरुरी भएको साधारण सभामा जोड दिएको थियो । सो अवसरमा स्कूल सञ्चालक समितिका संचालक एव प्रबन्ध निर्देशक रामराज पोख्रेलले स्कूलको वर्तमान र भावी योजना सहितको विस्तृत कार्ययोजना प्रस्तूत गरेका थिए ।
कार्यक्रममा लेखा समिति संयोजक पारशमणी भण्डारीले स्कूलको आर्थिक प्रतिवेदन पेश गरेका थिए । सञ्चालक तथा शेयर सदस्य दिल्लीराज अर्याल, बालकुमारी भण्डारी, बुद्धिमान थापा, गणेश सेडाई, मदनलाल बसेल, माया पौडेल, धर्म एस के, जिवाखर अर्याल, खेमनारायण अर्याल, लक्ष्मण कुँवर, युवराज अर्याल, यादव पौडेल लगाएतले स्कूलले अहिलेसम्म गरिरहेका शिक्षण सहितका गतिविधिको मूल्याकंन गर्दा स्कूलको भविष्य उज्ज्वल नै रहेकोले आगामी दिहरूमा थप परिस्कृत गराउँदै लैजानुपर्नेमा जोड दिएका निर्देशक पोखरेलले जानकारी दिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी