© २०२३
बुटवल, १८ पुस । रुपन्देहीको मायादेवी गाउँपालिकाका विद्यालयमा साझा खाजा मेनु बनाइएको छ । पालिकामा भएको प्रधानाध्यापकहरुको बैठकले साझा खाजाको साझा मेनु तयार गरेको पालिकाका शिक्षा शाखा प्रमुख नारायण लामिछानेले जानकारी दिए । प्रधानाध्यापकहरुसँगको छलफलपछि स्थानीय उत्पादन र उलपब्धतालाई ध्यान दिएर खाजाको मेनु तयार गरिएको उनले बताए ।
बैठकले प्रत्येक बार विद्यालयमा खुवाउन सकिने फरक फरक खाजाको मेनु तयार गरेको छ ।
तयार भएको खाजा मेनुमा आईतवार हलुवा/मासु, चिउरा, सोमवार चना, भुजा/चिउरा, चना, चामल, मंगलवार सागपातसहित खिचडी÷दलिया, बुधवार मकै, भट्ट/पोहा/ब्रेड, मह, विहीवार खीर र शुक्रवार फलफुल÷अण्डा रहेका छन् । अबका दिनदेखि मायादेवी गाउँपालिकाका सामुदायिक र मदरसाहरुमा उक्त खाजाको मेनु लागु हुनेछ । अमरविन अल खताव मदरसाकी प्रधानाध्यापक तारा पोख्रेलले तयार भएको खाजा मेनुले पालिकाभित्रका विद्यालयमा खाजामा एकरुपता ल्याउने बताइन । आफ्नो मदरसामा स्थानीय उत्पादनलाई मध्यनजर गरी खाजा कार्यक्रम संचालन गरिरहेको र यस निर्णयले कार्यान्वयन गर्न सजिलो बनाएको बताइन । हाजिएनातुल्लाह माविका प्रधानाध्यापक शंकर पाण्डेले आफुहरु सम्मिलित बैठकको निर्णयले सबै विद्यालयमा खाजामा एकरुपता आउने विश्वास व्यक्त गरे । स्थानीय उत्पादन र उपलब्ध अनाजलाई मध्यनगर गरि निर्णय गर्नमा सबैको मत एक भएको उनले बताए ।
नेपाल सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत बालविकासदेखि कक्षा ६ सम्मका बालवालिकाका लागि विद्यालय दिवा खाजा व्यवस्थपन सहयोगी पुस्तिका २०७७ मार्फत कार्यक्रम संचालन गरिरहेको छ ।
मायादेवीमा २० वटा सामुदायिक र ८ वटा मदरसा गरी २० वटा शैक्षिक संस्थामा खाजा कार्यक्रम लागु छ । संघीय सरकारले प्रति विद्यार्थी १५ रुपियाँका दरले उपलब्ध गराउँदा पालिकामा चालु आ.व.मा १ करोड ८७ लाख ४६ हजार एक सय रुपियाँ खर्च हुन्छ । पालिकाका शिक्षा अधिकृत लामिछानेले पालिकाका विद्यालयमा खाजामा सकेसम्म एकरुपता ल्याउन र खाजाको गुणस्तर कायम गर्नका लागि खाजाको मेनु तयार गरिएको बताए । सामुदायिक विद्यालय र मदरसाका प्रधानाध्यापकहरुको छलफलबाट दिवा खाजाको मेनु तयार गरिएको हुँदा कार्यान्वयनमा जटिलता नहुने बताए । उनले विद्यालय अनुगमनको क्रममा साझा रुपमा तयार गरिएको दिवा खाजाको मेनु अनुसार खाजाको समेत अनुगमन हुने बताए ।
खाजा व्यवस्थापन कार्यविधिमा पश्चिम तराइ क्षेत्र चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तुका लागि भुटेको भात र तरकारी, गहुँको हलुवा, गेडागुडी मिक्स, मासु चिउरा, जाउलो, मकै, भटमास र तरकारी गरी ६ प्रकारका संभावित खाजाको मेनु भएको उल्लेख छ ।
सन् २०१८ देखि २०२० सम्म धनुषा, महोत्तरी, बर्दिवास, सिन्धुपाल्चोक, नुवाकोट र जुम्लामा खाजा कार्यक्रम परीक्षणको रुपमा संचालन गरी खाजाको संभावित मेनु तयार गरेको थियो । परीक्षणबाट प्राप्त भएको सिकाइका आधारमा कृषि उत्पादन, खाद्य सामग्रीको मूल्य, खाने चालचलन एवम् संस्कृतिका आधारमा विज्ञवाट देशको भूगोललाई १० वटा क्षेत्रमा विभाजन गरी खाजा मेनु तयार गरिएको थियो । प्रत्येक क्षेत्रमा ६ वटा छुट्टाछुट्टै खाजा गरी देशभर ६० प्रकारका खाजाका संभावित मेनु तयार गरिएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी