ट्रेंडिंग:

>> गुल्मीमा सुतिरहेको अवस्थामा मजदूरको मृत्यु >> तुलसीपुरले गर्यो ज्येष्ठ नागरिक सम्मान >> सहकारीका समस्याबारे राष्ट्रपतिको चासो >> त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई >> बर्षको पहिलो दिन सेयर बजारले गर्यो स्वागत >> नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा >> कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक >> पाँच रूपैयाँका १० लाख नाेट बजारमा >> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित

कांग्रेसका कपिलवस्तु,काभ्रे, सोलुखुम्बु सभापतिलाई कारवाही सिफारिस

१७ पुष २०७९, आईतवार
१७ पुष २०७९, आईतवार

बुटवल,१७ पुस । नेपाली कांग्रेस कपिलवस्तु, काभ्रे र सोलुखुम्बुका जिल्ला सभापतिहरु चुनावमा अन्तरघात गरेको आरोपमा कारवाहीको सिफारिसमा परेका छन् । चुनावमा अन्तर्घात गर्नेहरूको नामावली पठाउन कांग्रेस केन्द्रीय कार्यालयले थप एक महिना समय दिएकोमा हालसम्म चार केन्द्रीय सदस्य र दुई जिल्ला सभापतिमाथि कारबाहीको सिफारिस भइसकेको केन्द्रीय अनुशासन आयोगले जनाएको छ ।

केन्द्री कार्यालयले सुरुमा पुस १५ सम्मको समय दिएको थियो । सोही अवधिमै कपिलवस्तु, काभ्रे र सोलुखुम्बुबाट कारबाहीको सिफारिस गएको थियो । दोलखाबाट पनि कारबाहीका सिफारिस हुनुअघि नै केन्द्रमा उजुरी परेको छ ।

कपिलवस्तुमा पनि जिल्ला सभापति अब्दुल कलामसहित नेताहरूमाथि कारबाहीको सिफारिस गरिएको छ । पराजित उम्मेदवार अभिषेक प्रताप शाहले जिल्ला सभापति कलामसहित नेताहरू विरेन्द्र कनौडिया, जिल्ला उपसभापति हुमकान्त खनाल, सचिव प्रेमबहादुर रायमाझी,क्षेत्रीय सभापति ब्रह्मानन्द पाण्डेय लगायतमाथि अन्तर्घातको आरोप लगाउँदै उजुरी दिएका दिएका छन् ।
कांग्रेस काभ्रे जिल्ला कार्य समितिले दुई जना केन्द्रीय सदस्य मधु आचार्य र गणेश लामामाथि कारबाहीको सिफारिस गरेको छ । मधु आचार्यले प्रतिनिधि सभामा गठबन्धनबाट कांग्रेस उम्मेदवार बनेका शिव हुमागाईँलाई हराउन भूमिका खेलेको आरोप छ ।

त्यस्तै गणेश लामाले जिल्ला सभापति तीर्थ लामालाई प्रदेश सभा सदस्य हराउन खोजेको आरोप छ । तीर्थ लामाले एमालेका चन्द्र लामालाई जम्मा २ मतले मात्र पराजित गरेका थिए । काभ्रे कांग्रेसले प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री कन्चनबादे श्रेष्ठमाथि पनि कारबाही सिफारिस गरेको छ ।

त्यस्तै सोलुखुम्बुमा भने कांग्रेस जिल्ला सभापति नै कारबाहीको सिफारिसमा परेका छन् । जिल्ला सचिव भलाकाजी राई र युवराज घिमिरेले संयुक्त रूपमा केन्द्रीय अनुशासन आयोगमा केन्द्रीय सदस्य आङगेलु शेर्पा र जिल्ला सभापति नाम्गले जाङ्बु शेर्पामाथि कारबाहीको सिफारिस गरेका छन् ।

केन्द्रीय सदस्य र जिल्ला सभापतिले कांग्रेस नेता बलबहादुर केसीलाई पराजित गर्न भूमिका खेलेको आरोप छ । सोलुखुम्बुबाट गठबन्धनलाई पराजित गर्दै एमालेका मानवीर राई विजयी भएका थिए । बलबहादुर केसी उम्मेदवारले समेत जिल्ला सभापति र केन्द्रीय सदस्यले एमालेलाई मत मागेको आरोप लगाउँदै कारबाहीको लागि उजुरी दिएका थिए ।
उता दोलखाका कांग्रेस जिल्ला सभापति बर्मा लामाले केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीमाथि कारबाहीको माग गरेका छन् । जिल्ला कार्य समितिको समीक्षा बैठकमा उनले कारबाहीको सिफारिस गर्न लागेपछि झण्डै झडप समेत भएको थियो । लामाले शिवाकोटीमाथि अन्तर्घात गरेर आफूलाई प्रदेश सभा सदस्यमा पराजित गरेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?