© २०२३
बुटवल,१४ पुस । गत मंसिरि ४ को चुनावको मुखमा एमाले छाडेका नेता प्रभु साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गरेका छन् ।
उनी पुर्व माओवादी हुन् । बिहीबार काठमाडौंमा भएको भेलाले प्रभु साहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको हो । उनी एमालेले दिएको टिकट त्यागेर स्वतन्त्र लडेर संघीय सांसद जितेका हुन् । बैठकले प्रदेशका अध्यक्ष र इन्चार्ज पनि तोकेको छ ।
प्रदेश १ अध्यक्षमा हरिप्रसाद पोखरेल र इन्चार्जमा रामप्रित पासवान, मधेशको अध्यक्षमा श्रीचन मुखिया र इन्चार्जमा उपेन्द्र साह, बागमतीको अध्यक्षमा नाम्गेल मोक्तान र इन्चार्जमा बद्री न्यौपाने रहेका छन् ।
त्यस्तै गण्डकीको अध्यक्षमा राजन यादव र इन्चार्जमा बद्री न्यौपाने, लुम्बिनीको अध्यक्षमा परमानन्द वर्मा र इन्चार्जमा रीतादेवी यादव, कर्णालीको अध्यक्षमा सियाराम कुशवाह र इन्चार्जमा उपेन्द्र साह र सुदूरपश्चिमको अध्यक्षमा केशव राय चौधरी र इन्चार्जमा कुन्दन कुशवाह रहेका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी