© २०२३
बुटवल, ९ पुस । इडन बोर्डिङ स्कुल बुटवल–११ नहरपुरको आठौं साधारणसभा तथा चौथो अधिवेशनले पुनः नकुल शाही ठकुरीको अध्यक्षतामा नयाँ संचालक समिति गठन भएको छ ।
संचालक समितिको सदस्यहरु जोगवहादुर सुर्यवंशी, भिमलाल तिवारी, शालिकराम श्रेष्ठ, ध्रुव खड्का, कृष्णबहादुर थापा र सदस्य सचिवमा शिवहरी भट्टराई सर्वसम्मत चयन भएका छन् । तीन बर्षे कार्यकालको लागि सञ्चालक समिति गठन गरिएको हो ।
त्यसैगरी समितिको सल्लाहकारहरुमा टेकलाल गुरुङ,बावुराम शाही ठकुरी,लक्ष्मण शाही ठकुरी,कुसुम खड्का र अर्जुन शाही ठकुरी चयन भएका छन् ।
त्यसैगरी लेखा सुपरीबेक्षण समितिको संयोजकमा खुम बहादुर सराङ्कोटी र सदस्यहरुमा गणेश मन्डल धानुक र दौमाया गुरुङ चयन भएका छन् । साधारण सभाले अध्यक्षको प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन र प्राचार्यद्वारा प्रस्तुत शैक्षिक प्रगति प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको थियो ।