© २०२३
बुटवल,९ पुस । नेकपा एमालेका नेता एवं कपिलवस्तुका प्रदेश सांसद विष्णु पन्थीले पुर्व नेकपामा रहेका दलहरु फेरि पनि मिल्नुपर्ने बताएका छन् । दुई वर्ष अघि नेकपामा विवाद हुंदा आफुले लेखेको स्टाटस शेयर गर्दै नेता पन्थीले मुलुक र जनताको हितका लागि एमाले, माओवादी र नेकपा एकीकृत समाजवादी फेरि मिल्नुपर्नेमा जोड दिएका छन् । ‘मुलुक र जनताका लागि लागि दुई वर्षपछि झनै पुर्व नेकपाका नेताहरु मिलेर जानुपर्ने आवश्यकता छ’–नेता पन्थीले २ वर्षअघिको विवादलाई सम्झिंदै लेखेका छन् । पुर्व नेकपा र पछि एमाले विभाजन हुंदा वामपन्थीको वहुमत गुमेका हुंदा विगतका कमीकमजोरीबाठ पाठ सिकेर वामपन्थी दलहरु मिलेर देशलाई समृद्धिको बाटोमा लैजानुपर्ने नेता पन्थीले न्युज बुटवल टुडेलाई बताए । ‘पार्टी विभाजन हुंदा एमाले र माओवादीका महासचिवस हित तिन वटै दलका जित्नुपर्ने धेरै नेताहरुले यसपटकको चुनाव हार्नुभयो,अब पनि नेताहरुले व्यक्तिगत इगो राखेर नमिल्ने हाो भने आउने चुनावमा ठूलो क्षति हुनेवाला छ’–न्युज बुटवलटुडेसंग पन्थीले भने ।