© २०२३
बुटवल,९ पुस । सरकारको नेतृत्व कसले गर्ने विषयमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल हुने भएको छ । राष्ट्रपतिले सरकार गठनका लागि दिएको एउक हप्ताको समय भोलि सकिंदै छ । त्यसैले सत्तारुढ प्रमुख दुई दलबीच सरकार गठनबारे निरन्तर छलफल भएपनि पहिलो चरणमा प्रधानमन्त्रीको दाबीबाट देउवा र प्रचण्ड दुबै पछि नहटेपछि सहमति जुट्न सकेको छैन ।
शुक्रबार भएको छलफलमा पनि माओवादी अध्यक्ष दाहालले पहिलो चरणमा आफू प्रधानमन्त्री बन्नु पर्ने अडान राखेका थिए । यता कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो चरणमा कांग्रेसले सरकार नेतृत्व गर्न पार्टीभित्र चर्को दबाब आइरहेको सुनाएका थिए । उनीहरुबीच प्रधानमन्त्रीकै विषयमा सहमति जुट्न नसकेको हो ।
दुई नेताबीच करिब साढे दुई घण्टा छलफलमा ठोस समझदारी नबनेपछि शनिबार पुनः छलफल गर्ने गरी बैठक टुंगिएको थियो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउसो ३ बजे फेरि वैठक बस्ने छ । गठबन्धनमा सहमति नभए एमालेसँग पनि माओवादीको सहकार्यको ढोका खुल्ला राख्न नेताहरू लागिपरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले यस अघि नै गठबन्धन तोडेर आए प्रचण्डलाई प्रधानमन्त्री दिन सकिने आशय व्यक्त गरिसकेका छन् ।
संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न पुस १० गते अपराह्न ५ बजेसम्मको समय दलहरूसँग छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी