ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

दसैंबाट टरीगाउँमा जहाज नियमित

१ आश्विन २०७५, सोमबार
१ आश्विन २०७५, सोमबार

दसंै अघि टरीगाउँ एयरपोर्टमा जहाज चल्ने सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले बताएका छन् । तुलसीपुर उप महानगरपालिकाले टरिगाउँ एयरपोर्ट सञ्चालनका वारेमा राखेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् । टरीगाउँ विमानस्थलको बस्तुस्थीति बुझ्नको लागि आफू दाङ आएको बताउँदै उनले दाङ जहाज कसरी चलाउने भनेर आतुर रहेको बताए । ठूलो जहाज सञ्चालन हुन नसक्ने भन्दै मन्त्री अधिकारीले दसंै अगाडि नै निजी कम्पनीसंग सम्झौता गरेर दाङ काठमाडौँ तथा दाङ भैरहवा काठमाडांै कसरी हुन्छ सेवा सञ्चालनको प्रयास गर्ने आश्वासन समेत दिएका छन् । विमानस्थलका बिषयमा स्थानीयले राखेको चासो उपयुक्त भएको बताउँदै मन्त्री अधिकारीले एयरपोर्टको अध्ययन गरेर मात्रै काम अघि बढाउनका लागी आफू दाङ आएको उनले बताए । आफू मन्त्री भएपछि बन्द अवस्थामा रहेका ३ वटा विमानस्थलहरू सुचारु गराएको चर्चा गर्दै मन्त्री अधिकारीले टरीगाउँ विमानस्थललाई अहिलेकै अवस्थामा सञ्चालन हुनेमा ढुक्क रहन दंगाली आग्रह गरे । “म मन्त्री भएपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विमान नियमित भएको छ” मन्त्री अधिकारीले भने । उनले टरीगाँउ एयरपोर्टको धावन मार्ग तथा त्यसलाई बढाउनको लागि आवश्यक पर्ने ठाँउको समेत अनुगमन गरेका छन् । अनुगमन पश्चात उनले यसलाई वढाउनु भन्दा अहिले सम्म चलेको ट्वीनिटर विमान लाई नियमित गराउन उपर्युक्त हुने प्रतिक्रृया दिएका छन् ।
कार्यक्रममा नेपाल वायुसेवा प्राधिकरणका महानिर्देशक सञ्जीप गौतमले जिल्लामा ईन्धन डिपो तथा अन्य भौतिक पूर्बाधारको बिकासमा ध्यान दिन आग्रह गरे । टरिगाउँ बिमानस्थलको भौतिक पूर्वाधार बिकास गर्न नसकिने भन्दै उनले बैकल्पिक बिमानस्थल सञ्चालन नहुदासम्म टरिगाउँ बिमानस्थलमा विमान सञ्चालन गर्न आवश्यक रहेको बताएका थिए ।
यस भन्दा अगाडि गरीएको सर्वेक्षण प्रतिवेदन अनुसार टरीगाँउ विमानस्थलको धावन मार्ग विस्तार गर्दा लाग्ने खर्चमै अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बन्न सक्ने भएकोले त्यसको पनि अध्ययन गरीने गौतमको भनाइ छ । जिल्लामा अन्तर्राष्ट्रियस्तरको बैकल्पिक बिमानस्थल निर्माणको तयारी थालिएको भन्दै त्यसको बिकासका लागि एकजुट हुन नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सचेतक शान्ता चौधरीले आग्रह गरेकी छिन् । विमानस्थल दाङ जिल्ला भित्र जहाँ वनेपनी दाङवासीहरू खुशि हुनुपर्ने भन्दै चौधरीले नयाँ नबन्दा सम्म टरिगाउँ विमानस्थलमा जहाज ल्याउनुपर्ने बताइन् । त्यसैगरी पुर्व मन्त्री तथा सांसद रेखा शर्माले पटक पटक सञ्चालन हँुदै बन्द हुदै गरेको टरीगाँउमा अब अर्को विमानस्थल नबन्दा सम्मका लागि उडान भर्न विमान कम्पनीहरूसँग सल्लाह गर्नुपर्ने बताइन् । तुलसीपुर उप महानगरपालीका तथा तुलसीपुर उद्योग वाणिज्य संघले टरीगाँउ विमानस्थलमा जहाजलाई नियमित गराउन धेरै मेहनत गरेको बताउँदै सांसद शर्माले अहिलेपनि त्यस्तै सकृयताको खाँचो रहेको बताईन् ।
तुलसीपुरको कार्यक्रमपछि मन्त्री अधिकारी सहित जिल्लाका सम्पूर्ण सांसदहरूले चर्चामा रहेको नारायणपुरमा बन्ने विमानस्थलको अवलोकन गरेका छन् । अवलोकन पश्चात मन्त्री अधिकारीले उक्त क्षेत्रको सम्भाव्यता अध्ययन गरेर काम अघि बढाईने बताए । कम लागतमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बन्न सक्ने सम्भावना बोकेको नारायणपुर क्षेत्रमा अध्ययनको लागि छिट्टै टोली खटाइने उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?