ट्रेंडिंग:

>> घट्यो पेट्रोल-डिजेलको भाउ >> आठ वर्ष मुनिका तीन बालिकामाथि बलात्कार, ५८ वर्षीय पुरुषले प्रहरी समक्ष आरोप स्वीकारे >> दाउन्नेको अवस्था अवलोकन गर्न पनि सडक मार्गबाटै आएँ : प्रचण्ड  >> राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा हार्डवेयर व्यवसायीमाथि एक करोडको मागदावी सहित मुद्दा >> गुल्मीमा सुतिरहेको अवस्थामा मजदूरको मृत्यु >> तुलसीपुरले गर्यो ज्येष्ठ नागरिक सम्मान >> सहकारीका समस्याबारे राष्ट्रपतिको चासो >> त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई >> बर्षको पहिलो दिन सेयर बजारले गर्यो स्वागत >> नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा >> कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक >> पाँच रूपैयाँका १० लाख नाेट बजारमा >> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’
फोकस लुम्बिनी

लुम्बिनीका २६ सिट : एमाले पहिलो दल ?

७ मंसिर २०७९, बुधबार
७ मंसिर २०७९, बुधबार

बुटवल,७ मंसिर ।   लुम्बिनी प्रदेशका २६ वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र मध्ये २५ वटामा मतगणना जारी छ । प्रारम्भिक नतिजालाई आधार मान्दा लुम्बिनी प्रदेशमा प्रतिनिधि सभा तर्फ नेकपा एमाले नै पहिलो दल बन्ने सम्भावना बलियो देखिएको छ ।

प्रारम्भिक नतिजा अनुसार सत्ता गठबन्धनलाई पछि पार्दै नेकपा एमाले ११ स्थानमा अगाडि छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणाले एमालेको समर्थनमा बांके २ मा जित हासिल गरिसकेका छन् भने नवलपरासी पश्चिम २ नंं क्षेत्र पनि राप्रपाका ध्रुवबहादुर प्रधानले जित्ने निश्चित छ ।

एमालेपछि दोस्रोमा रहेको नेपाली काँग्रेसले ६ स्थानमा अग्रता लिएको छ । नेकपा माओवादी केन्द्रले ३ स्थानमा अग्रता लिएको छ । नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका स्वतन्त्र उम्मेदवार १÷१ स्थानमा अघि रहेका छन् । गुल्मी १ को मतगणना शुरु हुंदैछ ।

बुधबार बिहान ९ बजेसम्मको अपडेट अनुसार

नवलपरासी पश्चिम –१ मा काँग्रेसका विनोद चौधरी अगाडि छन् । दोस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्रसेन ठकुरी छन् । जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी तेस्रो स्थानमा छन् । तर यहां कांग्रेसका चौधरी र सेनबीच अघि पछि हुने लुकामारी जस्तै छ । यहांको नतिजा कस्को पक्षमा आउंछ सहजै भन्न सकिने अवस्था छैन ।

नवलपरासी २ मा राप्रपाका धु्रब बहादुर प्रधानले अग्रता लिएका छन् । प्रधानको जित निश्चित जस्तै छ ।

रुपन्देही–१ मा नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले अग्रता लिएका छन् । सत्ता गठबन्धनका घनश्याम भुसाल दोस्रो र नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरी तेस्रो स्थानमा छन् ।

रुपन्देही–२ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अग्रता लिएका छन् । यहां राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल दोस्रो र सत्ता गठबन्धनका उम्मेदवार जनमुक्ति पार्टीका केशवबहादुर थापा तेस्रो स्थानमा छन् ।

रुपन्देही–३ मा गृहमन्त्री समेत रहेका कांग्रेसका नेता बालकृष्ण खाँणले अग्रता लिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दिपक बोहोरा दोस्रो स्थानमा छन् ।

रुपन्देही–४ मा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका सर्वेन्द्रनाथ शुक्लाले अग्रता लिएका छन् । उनको जित करिब निश्चित जस्तै छ । नेपाली काँग्रेसका प्रमोद यादव दोस्रोमा छन् ।

रुपन्देही–५ मा नेकपा एमालेका बासुदेव घिमिरेले अग्रता लिएका छन् । ५ हजारको मतान्तरले अगाडि रहेकाले घिमिरेको जित निश्चित जस्तै छ । नेपाली काँग्रेसका भरत शाह दोस्रो स्थानमा छन् ।

कपिलवस्तु–१ मा एमालेका बलराम अधिकारीले अग्रता कायम राखेका छन् । माओवादी केन्द्रका चक्रपाणी खनाल दोस्रो स्थानमा छन् ।

कपिलवस्तु–२ मा नेपाली काँग्रेसका सुरेन्द्रराज आचार्यले अग्रता लिएका छन् । एमालेका बृजेशकुमार गुप्ता दोस्रो छन् ।

कपिलवस्तु–३ मा नेकपा एमालेका मँगलप्रसाद गुप्ताले अग्रता लिएका छन् । नेपाली काँग्रेसका अभिषेक प्रताप शाह दोस्रो स्थानमा छन् ।

दाङ–१ मा नेकपा एकीकृत समाजवादीका मेटमणी चौधरीले अग्रता कायम राखेका छन् । एमालेकी शान्ता चौधरी दोस्रो स्थानमा छन् । यहां मेटमणिले जित्ने संभावना बलियो छ ।

दाङ–२ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले अग्रता कायम राखेकी छन् । एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेल दोस्रो छन् ।

दाङ–३ मा नेपाली काँग्रेसका दिपक गिरीले अग्रता लिएका छन् । नेकपा एमालेकी कोमल वली दोस्रो स्थानमा छन् ।

बाँके–१ मा नेकपा एमालेका सुर्यप्रसाद ढकालले अग्रता लिएका छन् । नेकपा माओवादीका महेश्वरजंग गहतराज दोस्रो स्थानमा छन् ।

बाँके–२ मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका धवल शमशेर राणा निर्वाचित भइसकेका छन् । जसपका मोहम्मद इस्तियाक राई दोस्रो भए ।

बाँके–३ मा नेपाली काँग्रेसले अग्रता लिएको छ । एमालेका किस्मतकुमार कक्षपति दोस्रो छन् । कक्षपतिले शुरुवातमा अग्रता लिएका थिए ।

बर्दिया–१ मा नेपाली काँग्रेसका संजय गुप्ताले अग्रता लिएका छन् । नागरिक उन्मुक्ति पार्टीका ठाकुरसिंह थारु दोस्रोमा छन् ।

बर्दिया–२ मा नागरिक उन्मुक्ति पार्टीबाट स्वतन्त्र उम्मेदवार बनेका लालविर चौधरीले अग्रता लिएका छन् । प्राविधिक कारणले स्वतन्त्र उम्मेदवारी दर्ता गरेपनि उनी नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीका बुवा हुन् । दोस्रो स्थानमा माओवादी केन्द्रका सुरेस पन्त छन् ।

प्यूठानमा नेकपा एमालेका सूर्य थापाले अग्रता लिएका छन् । राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल दोस्रो स्थानमा छन् ।

गुल्मी १ मा मतगणना शुरु हुंदैछ । यहां एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र कांग्रेसका चन्द्र भण्डारीबीच प्रतिस्पर्धा छ ।

गुल्मी–२ मा नेकपा एमालेका सचिव गोकर्ण विष्टले अग्रता लिएका छन् । एकीकृत समाजवादीकी रामकुमारी झांक्रीलाई पराजित गर्दै विष्टको जित निश्चित जस्तै छ ।

अर्घाखाँचीमा नेकपा एमालेका टोपबहादुर रायमाझीले अग्रता कायम राखेका छन् । नेपाली काँग्रेसकी पुष्पा भुसाल दोस्रो स्थानमा छन् । यहां  रायमाझीको जित निश्चित जस्तै छ ।

पाल्पा–१ मा नेकपा एमालेका नारायण आचार्यले अग्रता कायम राखेका छन् । नेपाली काँग्रेसका ज्ञानबहादुर गाहा दोस्रोमा छन् । एमालेका आचार्यको जित निश्चित जस्तै छ ।

पाल्पा–२ मा नेकपा एमालेका ठाकुर गैरेले अग्रता लिएका छन् । नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेय दोस्रो स्थानमा छन् ।

रुकुम पूर्वमा नेकपा माओवादी केन्द्रका नेता पूर्णबहादुर घर्तीले अग्रता लिएका छन् । एमालेका कैलाशकुमार मल्ल दोस्रो स्थानमा छन् । यहां माओवादीका घर्तीले जित्ने निश्चित छ ।

रोल्पामा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनः अघि छन् । नेकपा एमालेका पुर्ण बुढामगर दोस्रो स्थानमा छन् । यहां माओवादीका पुनले जित्ने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission